Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • न्यून मतदानको संकेत
न्यून मतदानको संकेत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ५, २०७९
Hardik health
आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । तर, अपेक्षाकृत मतदाताले मतदानमा सहभागिता जनाएनन् । निर्वाचन आयोगले करिब ७० प्रतिशत मतदान हुने अपेक्षा गरेको थियो । उक्त अपेक्षा करिब ६१ प्रतिशतमा सीमित भएको प्रारम्भिक विवरण छ । यो १५ वर्षयताकै न्यून हो । यसले चुनावप्रति मतदाताको आकर्षण किन घटिरहेको छ भन्ने गम्भीर प्रश्न जन्माएको छ । त्यसो त गत स्थानीय तहको निर्वाचनमा पनि अपेक्षाकृत मतदान हुन सकेको थिएन । मुलुकमा व्यवस्था फेरिए पनि अवस्था नफेरिएकोप्रति आमजनता निराश बनेका छन्, जुन यो निर्वाचनको सहभागिताले पनि प्रस्ट पारेको छ । प्रमुख दलहरुले चुनावमा गरेका वाचाअनुरुप काम नगर्नु यसको मुख्य कारण देखिन्छ । अघिल्लोपटकको चुनावमा दलहरुले स्थिर सरकार र मुलुकको समृद्धिको नारा अघि सारेका थिए । जनताले सोही विश्वासमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनलाई झण्डै दुई तिहाइको अवस्थामा पु¥याइदिएको थियो । तर, उक्त दलभित्रको किचलोले गर्दा तीन वर्षमै सरकार परिवर्तनमात्र भएन दुई–दुई पटक संसद् विघटन गरियो । विकास र समृद्धिको नारा नारामै सीमित रह्यो । जसकारण जनतामा वितृष्णा बढेको बुझ्न सकिन्छ । यसपालिको निर्वाचनमा ठूला दलहरुलाई जनताले ठूलो झापट दिने लक्षण देखिन्छ । परम्परागत दलहरुबाट वाक्क भएका मतदाता विकल्पको खोजीमा रहेको कुरा स्थानीय तह निर्वाचनमा पनि देखिएको थियो । उक्त निर्वाचनमा केही मुख्य स्थानहरुमा स्वतन्त्र उम्मेदवारहरुको सफलतासँगै मतदाता वैकल्पिक शक्तिको खोजीमा थप हौसिएका थिए । जनताले खोजेजस्तो उपयुक्त विकल्प नभए पनि केही नयाँ दलले यो अवसरको भरपुर उपयोग गर्ने सम्भावना बढेको छ । अबको संसद्मा केही नयाँ दलको प्रवेश हुने निश्चित जस्तै देखिन्छ । यद्यपि, मत परिणाम आइनसकेकोले यसको ठोकुवा गर्न सकिन्न । तर पनि परम्परागत दलहरुका लागि यसपालि अनपेक्षित नतिजा प्राप्त हुने देखिन्छ । यो निर्वाचनको सम्भावित परिणामले एकातिर दलहरुलाई सच्चिनका लागि पाठ सिकाउने देखिन्छ भने अर्कोतिर मतदाताको चेतना बढ्दै गएको पुष्टि गर्दछ । विगतमा जस्तो निरन्तर एउटै पार्टीलाई मत दिने प्रवृत्तिमा सुधार आएको संकेत यसले गर्दछ, जुन सकारात्मक छ । त्यसो त नयाँ मतदाताहरुको भूमिका पनि यसमा महत्वपूर्ण रहेको छ । विशेषगरी युवा मतदाताहरुले खोजी गरिरहेको विकल्पको परिणामको रुपमा पनि यसलाई लिन सकिन्छ ।मतदान सम्पन्न भएर मत गणनाको क्रम सुरु हुँदै छ । जनताले अभिव्यक्त गरेका मत बन्द बाकसबाट खोल्दै जाँदा त्यसबाट परिणाम कस्तो निस्कन्छ, त्यो प्रतीक्षाकै विषय बनेको छ । अबको केही दिनभित्रै नतिजा बाहिर आउनेछ । परिणाम जस्तोसुकै आए पनि, जुन दलले बढी सिट जिते पनि वा जुन दलले जति सिट गुमाए पनि अब सबैले यो निर्वाचनको परिणामलाई गतिलो पाठको रुपमा लिएर अगाडि बढ्ने अपेक्षा छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP