Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचन सुरक्षा बढाऊ
निर्वाचन सुरक्षा बढाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २, २०७९
Hardik health
दुई दिनपछि २ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा छ । गएरातिदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू गरेको हो, जुन बिहीबार राति १२ बजेदेखि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाइँदैन । सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतमा पनि निर्वाचन प्रचार तथा मतदातालाई प्रभावित पार्ने खालका सामग्री प्रकाशन÷प्रसारण गर्न पाइँदैन । आयोगले मौन अवधिमा तोकिएका प्रतिबन्ध पालना नगर्नेमाथि कारबाही गर्ने स्पष्ट पारिरहेको छ । मतदानको दिन नजिकिँदै गर्दा मतदाताहरु उत्साहित छन् । आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुन्ने अवसर हो यो । मुलुक र जनताको भविष्य निर्धारण गर्ने अवसर पनि । त्यसैले मतदाता आफूले चाहेको उम्मेदवारलाई विजयी गराउन तयार भएका छन् । तर, हरेक निर्वाचनमा सुरक्षाको विषयलाई लिएर मतदाता सशंकित हुने गर्दछ । यसपालि सरकारले निर्वाचन सुरक्षाका लागि पर्याप्त व्यवस्था गरेको बताइरहेको छ । बिहीबारमात्रै गृहमन्त्री बालकृष्ण खाणले निर्धक्कसँग मतदानमा सहभागी हुन मतदातासमक्ष अपिल गरेका छन् । यसपालि आजसम्म विगतको निर्वाचनमा जस्तो अप्रिय घटना घटेको छैन । यद्यपि, चुनाव केन्द्रित सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको र मतदातालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्न सकिने अवस्था सिर्जना गरेको सरकारी दाबीलाई देशका विभिन्न ठाउँमा घटेका घटनाहरूले खण्डित गरेको छ । बुधबार प्रदेश १ को पहाडी जिल्ला भोजपुरको पौवादुङ्मा गाउँपालिका–२ मा बम विष्फोट भयो । बुधबार नै चितवन–२ को पुरानो मेडिकल कलेज रोडमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भयो । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको गाडी तोडफोड भएको थियो । दार्चुला, गोरखालगायत जिल्लामा विभिन्न पार्टीका कार्यकर्ताबीच कुटपिटका घट्ना भए । यी घटनाले सुरक्षा सतर्कता थप बढाउनुपर्ने दबाब सरकारलाई दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले स्थानीय चुनावमा ७० वटा घटना भएको र यसपटक धेरै कम हुनुले चुनाव शान्तिपूर्ण रूपमा हुने भन्दै मतदातालाई भयरहितरूपमा मतदान केन्द्र पुगेर मत जाहेर गर्न आग्रह गरे । उनले चुनाव बहिष्कार गर्ने घोषणा गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका नेता कार्यकर्ताहरूलाई उच्च निगरानीमा राखेकाले चुनावमा केही नहुने दाबी गरे । उनका अनुसार चुनावको दिन हवाई गस्तीसमेत हुनेछ । विष्फोटक पदार्थ निष्क्रिय पार्न ‘डिस्पोजल’ टोली परिचालन गरिएको छ । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी तीन लाखको संख्यामा सुरक्षाकर्मी परिचालित छन् । गृह मन्त्रालयका अनुसार नेपाली सेनाका ७१ हजार, नेपाल प्रहरीका ७१ हजार ६९३ र सशस्त्र प्रहरीका ३५ हजार जनशक्ति चुनावमा खटाइएको छ । यस्तै, म्यादी प्रहरी एक लाख १५ हजार जना भर्ना गरी खटाइएको छ । साथै, राष्ट्रिय अनुसन्धान मातहतका सुरक्षाकर्मी चुनावमा खटिएका छन् । अहिलेसम्म केही सामान्य घटनाबाहेक निर्वाचन शान्तिपूर्ण छ । अब मतदान हुने दिनसम्म यसलाई कायम राख्न सरोकारवाला सबै निकाय सक्रिय हुनुपर्छ । जनताले भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्था बनाऔं । मतदातालाई कुनै किसिमले प्रलोभनमा पार्ने वा डर, धाक, धम्की दिई दबाबमा पार्ने कार्य भए तत्काल कारबाहीको व्यवस्था गरौं ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP