Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निरन्तर सुधारको खाँचो
निरन्तर सुधारको खाँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १, २०७९
लगातार ओरालो लाग्दै अएको अर्थतन्त्रमा सुधार देखिएको छ । नकारात्मक बनिरहेका आर्थिक सूचकहरुमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै आर्थिक सूचकहरुमा सुधार आएको उल्लेख गरेको छ । लगातार घाटामा रहेको सोधनान्तर स्थिति बचतमा आएको छ । विदेशी मुद्राको सञ्चिति पनि बढेको छ । व्यापार घाटाको आकडा घटेको छ भने मुलुकमा भित्रिने रेमिट्यान्स करिब १७ प्रतिशतले बढेको छ । यी सूचकहरुले अर्थतन्त्रमा सुधारको सकारात्मक संकेत देखाएको छ । त्यसो त वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषण तथा आयातमा गरिएको कडाइका कारण शोधनान्तर स्थितिमा सुधार आएको अर्थविद्हरुको भनाइ छ । लामो समयदेखि शोधनान्तर घाटा गएपछि सरकारले विभिन्न वस्तुको आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले पनि आयात घटाउने नीतिगत व्यवस्था लागू गरेको छ । यही कारण पछिल्ला महिनामा शोधनान्तर स्थितिमा सुधार हुँदै गएको हो । यद्यपि, देशबाट बाहिरिनेभन्दा भित्रिने रकम बढेसँगै सरकारले राहतको श्वास फेर्न पाएको छ ।चालु आवको तीन महिनामा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको असोज मसान्तसम्ममा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा नौ करोड १८ लाखले बचतमा छ ।यता चालु खाता भने अझै घाटामै रहेको छ । तर, घाटाको आकडा भने उल्लेख्य घटेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।केही वस्तुको आयातमा गरेको कडाइ गरेको परिणाम विदेशी मुद्राको सञ्चितिमा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ । गत आवको सोही अवधिको तुलनामा कूल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको छ । यसँगै मुलुकको वस्तु आयात गर्न सक्ने क्षमतामासमेत सुधार भएको छ । केन्द्रीय बैंकका अनुसार बाह्य क्षेत्रमा केही सुधार भएको पाइएको हो । अघिल्लो आवको अन्त्यमा विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर थियो । पछिल्लो तीन महिनामा दुई खर्ब ८१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८ प्रतिशतले बढी हो । अमेरिकी डलरमा आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि भने अझै अनियन्त्रित रहेको छ । पछिल्लो महिनाको मूल्यवृद्धि ८.५० प्रतिशत कायम भएको छ ।आर्थिक सूचकहरुमा आएको केही सुधारलाई सकारात्मक रुपमा लिनुपर्छ । तर, यो सुधारको क्रम जारी रहनेमा अझै ढुक्क भइहाल्ने स्थिति छैन । किनकि, यो सुधार पर्याप्त छैन र यसलाई निरन्तरता चुनौती कायमै छ । त्यसैले आगामी चुनौती पहिल्याउँदै कडा नीति अवलम्बन गर्न जरुरी छ । चुनौतीको बेवास्ता नगरियोस् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
राजनीतिमा वर्षैभरि गाईजात्रा
राजनीतिमा वर्षैभरि गाईजात्रा आइतबार, साउन २५, २०८२
अभिमुखीकरण तालिममा बेथिति
अभिमुखीकरण तालिममा बेथिति शुक्रबार, साउन २३, २०८२
वैकल्पिक दलमा पनि पुरानै रोग !
वैकल्पिक दलमा पनि पुरानै रोग ! बिहीबार, साउन १५, २०८२
मधेसको समस्या सम्बोधनमा जुटौं 
मधेसको समस्या सम्बोधनमा जुटौं  बुधबार, साउन १४, २०८२
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल मंगलबार, साउन १३, २०८२
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस्
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस् सोमबार, साउन १२, २०८२
भ्रष्टाचारको थलो स्थानीय तह !
भ्रष्टाचारको थलो स्थानीय तह ! आइतबार, साउन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP