Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • असान्दर्भिक नीति पुनरवलोकनमा ढिलाइ नगर
असान्दर्भिक नीति पुनरवलोकनमा ढिलाइ नगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २९, २०७९
Hardik health
काठमाडाैं -  सरकारले बनाउने जुनसुकै ऐन कानुन तथा नीतिहरु समसापेक्ष बनाउँदै लैजानुपर्छ । तर, नेपालमा निर्णायक तहमा बसेकाहरुको ध्यान त्यसमा पुगेको हुँदैन । वर्षौं पहिले बनेका ऐन कानुन, नीतिहरु असान्दर्भिक बनिसकेका हुन्छन् । किनभने, विश्व परिदृश्य हरेक दिन, हरेक सेकेण्डमा परिवर्तन भइरहेको हुन्छ । उक्त परिवर्तनसँगै मुलुकले लिने नीतिलाई पनि त्यसअनुकूल बनाउनुपर्ने आवश्यकता हुन्छ । नेपालका शासकहरुको ध्यान यस्तोमा किन जाँदैन भन्ने प्रश्न सधैं उठिरहेकै हुन्छ । तर, पनि समय र विश्वको परिवर्तित परिदृश्यअनुसार उनीहरु चल्न सकेका छैनन् । यसको उदाहरणको रुपमा लिन सकिन्छ, वैदेशिक रोजगार नीति–२०६८ । वैदेशिक रोजगार नेपालीहरुका लागि बाध्यात्मक अवस्था बनिरहेकोमा दुई मत छैन । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न नसकेको सरकारले वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न ११ वर्षअघि यो नीति ल्याएको थियो । त्यसयताको अवधिमा श्रम बजारका आयामहरुमा व्यापक परिवर्तन आइसकेको छ । प्रविधिको विकाससँगै वैदेशिक रोजगारीमा नयाँ–नयाँ अवसरहरुसँगै चुनौतीहरु थपिएका छन् । तर, सरकारले बनाएको वैदेशिक रोजगार नीतिमा कुनै परिवर्तन गरिएको छैन । राष्ट्रिय योजना आयोगको एक अध्ययनले नै यो असान्दर्भिक भइसकेको पुष्टि गरिदिएको छ । आयोगले वैदेशिक रोजगार नीति–२०६८ समय सान्दर्भिक नभएको भन्दै परिमार्जन गर्नुपर्ने सुझाव दिएको छ । आयोगको ‘वैदेशिक रोजगार नीति–२०६८ को पुनरवलोकन अध्ययन प्रतिवेदन २०७९’ मा २०६८ को पृष्ठभूमिमा उल्लिखित विषय सन्दर्भहरु हाल असान्दर्भिक रहेको उल्लेख गरेको छ । प्रतिवेदनले उक्त असान्दर्भिक नीति परिमार्जन गर्नुपर्ने औंल्याएको हो । हालसम्मका श्रम नीति र कानुनहरुले श्रमिकको आवागमन र हक अधिकार सुनिश्चित गर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अबको नीति प्रविधि, अन्तर्राष्ट्रिय श्रमबजार र आवागमनमा आएका परिवर्तनहरुलाई ध्यान दिएर परिमार्जन गर्नुपर्ने सुझाव दिइएको छ । स्वरुपमा हालको नीति ठीकैजस्तो देखिए पनि सारमा यसको परिमार्जन अपरिहार्य भइसकेको र यस नीतिले समस्या तथा चुनौतीहरु पहिल्याउन सहयोग पु¥याएको बताइएको छ । वैदेशिक रोजगारीबाट दिगो विकासको परिकल्पना गरिएको भन्दै यसलाई अबको नीतिमा निरुत्साहित गर्नुपर्छ भन्ने अर्थ लाग्नेगरी देशभित्रै रोजगारी खोजी गर्ने विषयलाई जोड दिनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।पुनरवलोकन अध्ययन प्रतिवेदनले तत्कालका लागि रेमिट्यान्सका लोभमा वैदेशिक रोजगारी राम्रै देखिए पनि दिगो विकासको दृष्टिले राम्रो नभएको निष्कर्ष निकालेको छ । तर, स्वदेशमै रोजगारी उपलब्ध नभएसम्म विदेशमा काम गर्न जानुपर्ने बाध्यतालाई नकार्न सकेको छैन । आयोगको प्रतिवेदनमा वर्तमान नीतिका कमजोरीहरु, सच्याउनुपर्ने विषयहरु, थप गर्नुपर्ने विषयहरु, र हटाउनुपर्ने विषयहरुलाई व्याख्यात्मकरुपमा उल्लेख गरिएको छ । सम्भावित गन्तव्य मुलुकको श्रमबजार सर्वेक्षण गरी भाषा तथा सीप विकास गरेरमात्रै वैदेशिक रोजगारीमा पठाउने विषयलाई प्राथमिकताकासाथ नयाँ नीतिमा राख्नु उपयुक्त हुने पुनरवलोकन अध्ययन प्रतिवेदनको निष्कर्ष छ । आयोगले दिएका यी सुझावहरुलाई आत्मसात् गरी तत्काल वैदेशिक रोजगार नीति पुनरवलोकन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अग्रसरता लिनुपर्छ । यस्ता नीतिहरुलाई समय सान्दर्भिक बनाउन अति आवश्यक हुने हुँदा यसमा ढिलाइ गरिनुहुन्न ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP