Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • औपचारिकतामा सीमित नहोस् मतदाता शिक्षा
औपचारिकतामा सीमित नहोस् मतदाता शिक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २७, २०७९
Hardik health
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान गर्ने दिन आउन अब सात दिनमात्र बाँकी छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको अन्तिम तयारीमा निर्वाचन आयोग लागेको छ । दल तथा उम्मेदवारहरु निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । मतदानको मिति नजिकिँदै जाँदा देशभर निर्वाचनको माहोल तातेको छ । सबैको ध्यान अहिले निर्वाचनमा केन्द्रित भएको छ ।निर्वाचन आयोगले अन्य तयारीसँगै मतदाता शिक्षा पनि सञ्चालन गरिरहेको छ । यसमा स्थानीय तहहरुलाई पनि परिचालन गरिएको आयोगको भनाइ छ । मतदातालाई निर्वाचनमा सहभागी गराउन आयोगले विभिन्न अभियान चलाइरहेको देखिन्छ । सामाजिक सञ्जालदेखि सबैखाले सञ्चारमाध्यममार्फत आयोगले प्रचारप्रसार गरिरहेको छ । निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाकै लागि भनेर आयोगले ठूलो रकम खर्च गरिरहेको छ । कलाकार, उद्योगी व्यवसायी तथा विभिन्न पेसाका व्यक्तिहरुका साथै विभिन्न संघसंस्थाहरुलाई पनि आयोगले निर्वाचन प्रचारका लागि प्रयोग गरिरहेको देखिन्छ ।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बदर मतको संख्या निकै उच्च बनेको थियो । त्यसको मुख्य कारण मतदाता शिक्षाको कमी हुनु थियो । अर्को कारण, मतपत्र ठूलो हुँदा मतदातालाई आफूले मत हाल्ने चुनाव चिह्न खोज्नै समय लागेको थियो । जसकारण बदर मतको संख्या बढेको थियो । आयोगले त्यसलाई शिक्षाको रुपमा लिएर यस पटक मतपत्रमा सुधार गरेको छ । उम्मेदवार भएका दलको मात्र चुनाव चिह्न राख्ने व्यवस्था गरेको छ, जुन सकारात्मक छ । तर, अझै पनि मतदाता अलमलमा पर्नसक्ने स्थिति हटेको छैन । किनकि, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ हुँदै छ । जसका लागि फरक–फरक मतपत्रमा मतदान गर्नुपर्छ । साथै, प्रत्यक्ष र समानुपातिकको मतपत्र पनि छुट्टा–छुट्टै हुन्छ । यसरी मतदाताले चारवटा मतपत्रमा मत खसाल्नुपर्ने हुन्छ । त्यसबारे मतदातालाई राम्रोसँग पहिले नै जानकार बनाउन आवश्यक छ । यसका लागि मतदाता शिक्षा आवश्यक पर्दछ । आयोगले मतदाता शिक्षामा ठूलो रकम खर्च गरे पनि प्रभावकारी नहुने विगतको अनुभवले देखाउँदै आएको छ । आयोगका पदाधिकारीहरुले यस पटक मतदाता शिक्षालाई नतिजामुखी बनाउने बताइरहे पनि धेरै क्षेत्रमा अझैसम्म त्यस्ता कार्यक्रम पुग्न नसकेको देखिन्छ । यसले मतदाता शिक्षालाई औपचारिकता दिएर टार्ने विगतको प्रवृत्ति पुनः दोहोरिने हो कि भन्ने आशंका जन्माएको छ । आयोगका आयुक्तहरुले भनेजसरी मतदातासम्म शिक्षा पुग्न सकेको छैन । आयोगले यसमा तत्काल सुधार गरी अब बाँकी रहेको एक हप्ताको समयमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन जरुरी छ । यस पटकको चुनावमा बदर मत शून्यतर्फ लैजान आयोगको ध्यान जानुपर्छ । होइन भने मतदाता शिक्षाको नाममा गरिएको खर्च खेर जाने निश्चित छ ।राजनीतिक दलहरुले पनि मतदातालाई शिक्षा दिन भूमिका खेल्नुपर्दछ । आफ्नो पक्षमा मत माग्ने मात्रै नभई मतदान गर्ने तरिकाबारे सबै मतदातालाई प्रशिक्षित गर्नु दलहरुको पनि कर्तव्य हो । त्यसैले दलहरुको ध्यान यसतर्फ जानुपर्छ । त्यसैगरी, सामाजिक संघसंस्थाले पनि मतदाता शिक्षा सञ्चालनमा सहयोग गर्नुपर्दछ । निर्वाचन आयोग, स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्थालगायत सबैले आ–आफ्नो ठाउँबाट मतदाता शिक्षालाई प्रभावकारी बनाउन भूमिका खेल्नुपर्छ । यस पटक विगतको निर्वाचनमा जस्तो मतदाता शिक्षाको कमी महसुस हुन नदिऔं ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP