Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जोखिमको बेवास्ता नगराैँ
जोखिमको बेवास्ता नगराैँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २५, २०७९
Hardik health
नेपालमा यस वर्ष सबैभन्दा उच्च बनेको डेंगु संक्रमणको क्रम अझै रोकिएको छैन । वर्षायाम सकिएसँगै केही कम भएको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो तीन दिनमा ९१४ नयाँ संक्रमित थपिएसँगै बुधबारसम्म डेंगु संक्रमितको संख्या ५१ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । तीन दिनमा थप दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै डेंगुबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५७ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ३९ हजार ६२४ जना डेंगुका संक्रमित छन् । लुम्बिनी प्रदेशमा चार हजार ९१८, प्रदेश १ मा दुई हजार ८५, गण्डकी प्रदेशमा एक हजार ७२१, सुदूरपश्चिम प्रदेशमा ८९६ र कर्णाली प्रदेशमा ६७६ जना संक्रमित भइसकेका छन् । यस्तै डेंगुबाट धेरै संक्रमित भएका १० जिल्लामा काठमाडौंमा १३ हजार ७८७, ललितपुरमा नौ हजार ५२२, भक्तपुरमा पाँच हजार ४८९, मकवानपुरमा पाँच हजार ३४७, चितवनमा दुई हजार ६२७, दाङमा दुई हजार ३८८, धादिङमा एक हजार ४११ र रूपन्देहीमा एक हजार १९५ संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ । नेपालमा यस वर्ष सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका हुन् । असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । चिकित्सकहरूका अनुसार पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गर्दछ । वर्षायाममा कुनै समय एक हप्तामा पाँच हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । पछिल्लो समय मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएकोले डेंगुको संक्रमण केही कम हुँदै गएको देखिएको थियो । तर, तीन दिनयता फेरि संक्रमण बढेको तथ्यांकले डेंगु संक्रमणको जोखिम अझै कायम रहेको देखाउँछ । त्यसैले सतर्कता र रोकथामको कार्यलाई अझै निरन्तरता दिन आवश्यक छ नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, २०१० मा ९१७ जना, २०१३ मा ६८६ जना, २०१६ मा एक हजार ५२७ जना, २०१७ मा दुई हजार १११ जना, २०१८ मा ८११ जना र २०१९ मा डेंगु बढेको पाइन्छ । तीमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार ९९२ जनामा डेंगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेंगुको संक्रमण कम देखिएको थियो । सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी देखिएका थिए । यो वर्ष डेंगुको संक्रमण ह्वात्तै बढेर संक्रमितको संख्या ५१ हजार पार गरिसकेको छ । यस कारण डेंगु संक्रमणको जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता प्रस्ट्याउँदछ । चिसो मौसममा संक्रमण केही घटे पनि जोखिम कम भइनसकेको चिकित्सकहरूले बताइरहेका छन् । त्यसैले डेंगु संक्रमण रोकिएको भनेर ढुक्क हुने अवस्था छैन । संक्रमणको लहर फेरि दोहोरिनसक्नेतर्फ सरोकारवाला सबै सचेत बन्न जरुरी छ । संक्रमणको जोखिमलाई कसैले बेवास्ता नगरौं ।  
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP