Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शुभकामना
शुभकामना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ७, २०७९
Hardik health
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आगमन भइसकेको छ । आइतबार यमपञ्चकको पहिलो दिन काग तिहार मनाएर तिहारलाई स्वागत गरिसकिएको छ । आज दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पूजा गरेर मनाइँदै छ । यसपटक कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको हो । यमपञ्चकको महवपूर्ण दिन भाइटीका कात्तिक १० गते परेको छ । यसअघि कात्ति ९ गते नेवार समुदायले मनाउने म्हपूजा परेको छ । सोही दिन नेपाल सम्वत्को नयाँ वर्षसमेत परेको छ । तिहार सकेलगत्तै कात्तिक १३ गते छठ पर्व मनाइँदै छ । दसैंको १५ दिनपछि आउने चाड तिहार कात्र्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्र्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । हिन्दू धर्मावलम्बीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामका साथ मनाउँछन् । हिन्दूहरुले मात्र नभई अन्य धर्मावलम्बीका मानिसहरुले पनि तिहार पर्वलाई उत्तिकै उत्साहका साथ मानाउने गरेका छन् ।तिहारको साँस्कृतिक एवं धार्मिक दुवै महत्व रहेको छ । दक्षिण एसियाका धेरै देश विशेषगरी नेपाल, भारत, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाउने प्रचलन रहेको छ । तिहारमा काग, कुकुर, गाइ, गोरु तथा धनधान्यकी देवता लक्ष्मीको पूजा गरिन्छ ।  यसले विभिन्न पशुपक्षीप्रतिको सद्भाव बढाउने काम गर्दछ । यस्तै दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिने चलन छ । यो पर्वले दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध र आत्मीयतालाई प्रगाढ बनाउने गर्दछ । त्यही कारण तिहार हिन्दू धर्मावलम्बीहरुमाझ मात्र सीमित नभई सबै जातजाति, समुदाय, धर्मावलम्बीको प्रिय पर्व बनेको छ । यता नेवार समुदायले मनाउने म्हपूजा (अफ्नै शरीरको शुद्धीका लागि गरिने पूजा)ले पनि पछिल्लो समय व्यापकता पाउँदै गएको छ । तराई क्षेत्रमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यका तथा पहाडी जिल्लाहरुसम्म फैलिएको छ । यसले राष्ट्रिय पर्वको मान्यता पाइसकेको छ । यहीबीचमा परिवर्तन हुने नेपाल सम्वत्को आफ्नो छुट्टै महत्व रहेको छ ।यी पर्वहरुले नेपालीहरुबीच रहेको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउन ठूलो भूमिका खेल्दै आएको छ । बहुजातीय, बहुसा“स्कृतिक मुलुक नेपालमा विभिन्न जाति समुदायले मनाउने चाडपर्वमा अरु सबैले साथ दिँदै आएका छन् । यो नै नेपालीहरुका लागि एक गर्व गर्नलायक विषय बनेको छ । एकले अर्कोको चाडलाई सम्मान गर्दै मनाउनु साँच्चिकै सुन्दर पक्ष हो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ । सबैको चाडबाडलाई उत्तिकै सम्मान र माया गर्नुपर्छ । चाडबाडका बेला विभिन्न सतर्कता अपनाउन जरुरी छ । घरको सुरक्षादेखि स्वास्थ्य तथा यात्राका क्रममा विशेष सतर्कता र सावधानी अपनाउनुपर्छ । पर्वको उत्साहको बेला पहिले नै होस् पुर्‍याइएन भने ठूलो जनधनको क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । रमाइलो गर्ने क्रममा मादकपदार्थ सेवन गरेर जथाभावी गर्नु हुँदैन । जुनसुकै चाडबाड सभ्य रुपमा मनाउन जरुरी छ । तिहारलगायत पर्वको महत्वलाई जोगाइराख्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । घरघरमा भित्रिएको तिहार, छठ, नेपाल सम्वत्लगायत चाडपर्व भव्यताका साथ मनाऔं । यी पर्वले देश विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि ल्याओस् । सुस्वास्थ्य अनि दीर्घायु कायम होस् । सम्पूर्णमा हार्दिक शुभकामना ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP