Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • उपभोक्तामाथिको ठगी नियन्त्रण गर
उपभोक्तामाथिको ठगी नियन्त्रण गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक ४, २०७९
Hardik health
नेपालको संविधानमा उपभोक्ताको हकलाई मौलिक हकको रुपमा स्थापित गरिएको छ । संविधानको धारा ४४ मा उपभोक्ताको हकसम्बन्धी व्यवस्था गरेको छ । उक्त धाराको उपधारा (१) मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भनी उल्लेख गरिएको छ । यस्तै, उपधारा (२) मा गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने भनी प्रस्ट लेखिएको छ ।संविधानमा उल्लिखित उपभोक्ताको हक कार्यान्वयनका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ समेत जारी गरिएको छ । उपभोक्ताको हक संरक्षणका लागि छुट्टै निकायसमेत गठन गरिएको छ । यसर्थ संविधानतः मौलिक हकको रुपमा स्थापित उपभोक्ताको हक कार्यान्वयनका लागि कुनै समस्या छैन । तर, व्यवहारमा यो कार्यान्वयन हुन सकेको छैन । उपभोक्ताले न त गुणस्तरीय वस्तु पाएका छन् न त गुणस्तरीय सेवा नै । सरकारी निकायले प्रभावकारी काम गर्न नसक्दा उपभोक्ता हरेक पाइलामा ठगिन बाध्य छन् । हुन त सरकारी निकायबाट बेलाबेला बजार अनुगमन हुने गरेको छ । विशेषगरी चाडपर्वको समयमा बजार अनुगमनको ‘नाटक मञ्चन’ हुने गर्दछ । अरुबेला यस्तो कार्य छिटफुटमात्र हुने गरेका छन् । हालै काठमाडौं महानगरपालिकाले राजधानीका मिठाइ पसल, रेस्टुरेण्ट तथा थकाली भान्साघरहरुको अनुगमन गरेको थियो । उक्त अनुगमनका क्रममा भान्साको सरसफाइमा समस्या देखिएको महानगरको अनुगमन टोलीले बताएको थियो । अधिकांश रेस्टुरेण्ट तथा भान्साघरहरुले म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग गरेको पाइएको थियो । राजधानीमा नाम चलेकै रेस्टुरेण्ट तथा भान्साघर, मिठाइ पसलमा सरसफाइमा लापारवाही गर्दै उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको हो । ‘अनुगमन गरिएका सबैको भान्सामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन् । परिकार बनाउने कच्चा पदार्थहरु चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरुलाई खास चासो देखिएन । भान्सामा काम गर्नेहरुको व्यक्तिगत सफाइ कमजोर छ । उनीहरुले एप्रोनको सही प्रयोग गरेका छैनन्,’ अनुगमन टोलीको निष्कर्ष थियो । यस्तै, फ्रिजमा राखिने वस्तुको व्यवस्थापन पनि कमजोर पाइएको, खाद्य अनुज्ञापत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुहरुको प्रयोग देखिएको थियो । द बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटिएको थियो भने थकाली भान्साघरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटिएको थियो । यस्तै नाम चलेका सपिङ मल तथा सुपरमार्केटहरुमा पनि बेलाबेला गुणस्तरहीन वस्तु फेला परेका समाचारहरु आउने गरेका छन् । तर, यी बजार अनुगमन नियमित हुन नसक्दा उपभोक्तामाथिको ठगी अनियन्त्रित बनेको छ । उपभोग्य वस्तुमा मात्रै हैन विभिन्न सार्वजनिक सेवामासमेत उपभोक्ता ठगिँदै आएका छन् । उपभोक्ताको हकविपरीत कार्य गर्ने व्यवसायीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसक्दा यस्तो कार्य नियन्त्रण चुनौतीपूर्ण बनेको हो । सरोकारवाला मन्त्रालयका मन्त्री र निकायका अधिकारीहरुका साथै उपभोक्ताको हित संरक्षण गर्न भनी स्थापना भएका संघसंस्थाका पदाधिकारीहरुले उपभोक्ताको हकबारे चर्का भाषण र प्रतिबद्धता जनाउने गरे पनि व्यवहारमा देखिएको छैन । संविधानले स्थापित गरेको हक कार्यान्वयन गर्न सरकारले प्रभावकारी रुपमा आफ्नो सरोकारवाला निकायलाई परिचालन गर्न आवश्यक छ । उपभोक्तालाई सचेत बनाउँदै गैरकानुनी कार्य गरी उपभोक्तामाथि ठगी गर्ने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । उपभोक्तामाथि भइरहेको ठगी नियन्त्रणमा सरोकारवाला सबैको ध्यान जाओस् ।  
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP