Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • फितलो व्यवस्थापनको परिणाम
फितलो व्यवस्थापनको परिणाम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १, २०७९
Hardik health
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकिएको छ । यात्रु नभएको बताउँदै जजिरा एयरवेजले दैनिक हुँदै आएको उडानलाई सातामा तीनपटक गर्ने जानकारी दिएको छ । जजिराले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि उक्त विमान हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुलगायत अन्य यात्रुसमेत प्रभावित भए । यात्रुहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन। तीन दिनसम्म जम्मा भएका यात्रुहरूमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए । उनले अक्टोबर महिनामा जजिराले नियमित उडान गर्न नसक्ने बताउँदै अक्टोबरपछि उडान नियमित हुने आश्वासन पाएको बताए । विमाननस्थलका प्रमुखले नयाँ जहाजको समस्या बताइरहँदा जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नुपरेको बताएका छन् । पहिला सातामा तीनवटा उडान गर्दा राम्रै यात्रु पाएको तर, दैनिक उडान गर्दा समस्या भएको उनले बताए । उनका अनुसार अब पहिलेझैं सातामा तीन उडान हुने छन् । नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे । उनका अनुसार माग नभई खाली विमान उडाउन सकिने अवस्था छैन । आफ्नो खर्च पनि नउठ्नेगरि विमान नउडाउने उनी बताउँछन् । जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरूको पनि उत्तिकै दोष रहेको छ । तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन । गौतमबुद्ध विमानस्थलका प्रमुख दाहालले यात्रुहरू अहिले पनि श्रम, रोजगार, मेडिकललगायत कारण काठमाडौंमै जानुपरेको समस्याका कारण पनि विमानस्थल सञ्चालनमा कठिनाइ छ ।निकै तामझामका साथ विमानस्थल उद्घाटन गरिएको थियो । तर, सरकारी व्यवस्थापन फितलो हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ । एकातिर राज्यको अर्बौं लगानी भइसकेको छ भने अर्कोतिर यात्रुहरुले पाउने सस्तो र सहज सेवाबाट पनि वञ्चित हुनुपर्ने अवस्था छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुलाई उडान सस्तो पर्छ । तर, श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र मेडिकललगायत काम लागि काठमाडौं आउनुपर्दा वैदेशिक रोजगारमा जानेहरु काठमाडौंबाटै उड्न बाध्य छन् । यो फितलो व्यवस्थापनको परिणाम हो । राज्यले यसतर्फ समयमै ध्यान दिनुपर्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP