Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • समानुपातिकको बन्दसूची सच्याऊ
समानुपातिकको बन्दसूची सच्याऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ५, २०७९
Hardik health
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोगले निर्धारण गरेको समय असोज २ र ३ गते दलहरुले बन्दसूची बुझाएका हुन् । तर, दलहरुले बुझाएको सूचीले समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि नै प्रश्न खडा गरिदिएको छ । दलहरुले पटक–पटक निर्वाचन लडेका शीर्ष नेताहरुलाई समेत समानुपातिकको सूचीमा राखेकाले यस्तो प्रश्न खडा भएको हो । समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत सहजरुपमा निर्वाचन लड्नसक्ने तथ यसअघि पटक–पटक जितिसकेका व्यक्तिहरुलाई बन्दसूचीमा समावेश गरेका छन् । शीर्ष नेताहरुलाई सुरक्षित रुपमा प्रतिनिधिसभामा पु¥याउन दलहरुले समानुपातिक प्रणालीको दुरुपयोग गरेका छन् । नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरेको छ । संविधानमा यसबारे स्पष्ट व्याख्या नगरिए पनि समानुपातिक प्रणाली पटक–पटक चुनाव लडेका नेताहरुलाई सुरक्षित रुपमा संसद्मा लैजानका लागि होइन । यो कुरा दलहरुले बुझेको भए पनि त्यसलाई लत्याएर गलत प्रयोग गरेका छन् । खासमा समानुपातिक निर्वाचन प्रणाली संसद्लाई समावेशी बनाउने उद्देश्यले अंगीकार गरिएको हो । संसद्मा देशको समावेशी अनुहार देखियोस् भन्ने हो । लैंगिक, सामाजिक, सा“स्कृतिक, धार्मिक, जातीय जनसंख्याको हिसाबले संसद् समावेशी देखियोस् भन्ने हो । तर, दलहरुको अहिलेको प्रवृत्ति ठीक त्यसको उल्टो देखिन्छ । यस्तो प्रवृत्तिले संसद्लाई समावेशी बनाउन सक्दैन । प्रतिनिधिसभामा रहने कूल २७५ सदस्यमध्ये ६० प्रतिशत प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । जसअनुसार १६५ जना प्रत्यक्ष निर्वाचन लडेर प्रतिनिधिसभामा पुग्छन् । बा“की ४० प्रतिशत अर्थात् ११० जना समानुपातिकतर्फबाट चयन हुने गर्दछ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट संसद्मा प्रतिनिधित्व हुन नसक्ने जाति, समुदायका व्यक्ति तथा महिलालाई सहभागी गराउन समानुपातिक प्रणालीको व्यवस्था गरिएको हो । आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४८ दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । समानुपातिक प्रणालीमा मतदाताहरूले राजनीतिक दललाई मत दिने छन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट सांसद निर्वाचित हुन्छन् । आयोगले यही असोज ९ गते राजनीतिक दलहरुलाई आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका नाम सच्याउनका लागि पत्राचार गर्ने र १६ गतेभित्र सच्याएर ल्याउन समय दिनेछ । त्यसरी सच्याएर आएको नामावली नै अन्तिम हुनेछ । दलहरुले अहिले बुझाएको बन्दसूची संशोधन गरेर गल्तीलाई सच्याउने अवसर छ । समानुपातिक निर्वाचन प्रणालीको मर्म र उद्देश्यलाई आत्मसात् गर्ने हो भने दलहरुको अहिलेको सूची सच्याउनै पर्छ । पटक–पटक चुनाव लडेका र अहिले जित्ने सुनिश्चित नभएका नेताहरुलाई संसद्मा सुरक्षित गर्न समानुपातिकमा राखिनु गल्ती भएको दलहरुले स्वीकार गर्नैपर्छ । समानुपातिक प्रणालीको मूल मर्मलाई आत्मसात् नगर्ने हो भने यो राखिराख्नुको औचित्य छैन । यदि, समानुपातिक प्रणाली हटाउनुपर्ने अवस्था आयो भने त्यो मुलुकको लागि दुर्भाग्य नै हुनेछ । किनकि, पटक–पटकको संघर्षबाट आएको परिवर्तनले उक्त निर्वाचन प्रणाली ल्याएको हो । यसमा हजारौं जनताको बलिदान भएको छ । दलका नेतृत्व तहका नेताहरुले यो कुरालाई मनन् गर्नैपर्छ । अन्यथा फेरि अर्को संघर्ष सुरु हुने निश्चित छ । निर्वाचन आयोगले पनि यसमा कडाइ गर्नुपर्ने देखिन्छ । कानुनको अभाव भए तत्काल कानुन बनाएर समानुपातिक निर्वाचन प्रणाली कार्यान्वयनमा आयोगले अग्रसरता लिन जरुरी छ । संसद्लाई साँच्चिकै समावेशी बनाउन सरोकारवाला सबैको ध्यान पुगोस् ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP