Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • फेरि बेथिति नदोहोरियोस्
फेरि बेथिति नदोहोरियोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ४, २०७९
Hardik health
वैदेशिक रोजगार नेपाली युवाहरुका लागि बाध्यात्मक बन्दै आएको कुरा सबैलाई जगजाहेर नै छ । मुलुकभित्र रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरु विदेशिनुपरिरहेको अवस्था वर्षाैंदेखि चल्दै आएको छ । यो क्रम अझै केही वर्ष निरन्तर चल्ने निश्चित छ । त्यसो त वैदेशिक रोजगार नेपालमा विदेशी मुद्रा भित्र्याउने प्रमुख माध्यम बनिरहेको अवस्था छ । वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको छ । निरन्तर ठूलो व्यापार घाटा बेहोर्दै आएको नेपाललाई रेमिट्यान्सबाट भित्रिने रकमले विदेशी मुद्रा सञ्चितिमा त्राण भरिरहेको छ । यसरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि सरकारले ८०० भन्दा बढी म्यानपावर कमपनीहरुलाई अनुमति दिएको तथ्यांक छ । अनुमति लिएको अधिकांश म्यानपावर कम्पनीहरु सञ्चालनमा रहेका छन् । युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउने तिनै म्यानपावरहरुबाट ठगी कार्य नहोस् र युवाहरुले सहज रुपमा रोजगार गन्तव्य मुलुकमा जान पाओस् भन्ने कार्यको नियमन तथा अनुगमन गर्ने कार्यको जिम्मेवारी वैदेशिक रोजगार विभागलाई दिइएको छ । त्यस्ता कम्पनीहरुले विभिन्न जिल्लामा शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर युवाहरुलाई विदेश पठाउने कार्य गर्दै आएकामा केही कम्पनीका शाखा कार्यालयहरुबाट ठगी कार्य भएको भन्दै विभागले यसअघि शाखा तथा सम्पर्क कार्यालयहरु बन्द गराएको थियो । र, शाखा कार्यालय खोल्नका लागि अनुमति बन्द गरेको थियो । तर, विभागले आइतबार एक सूचना जारी गरी म्यानपावर कम्पनीलाई देशभित्र शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिने जनाएको छ । सूचनामा जनाइएअनुसार कुनै पनि म्यानपावर कम्पनीले स्वदेशमा शाखा कार्यालय खोल्न चाहेमा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४(२) तथा नियमावली २०६४ को नियम ४७ (२) बमोजिम विभागमा निवेदन दिन सकिनेछ । यसका लागि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाले स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ को प्रक्रिया पूरा गरी निवेदन पेस गर्न विभागले आग्रह गरेको छ । शाखा कार्यालय सञ्चालनका लागि म्यानपावर कम्पनीले वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजतपत्र लिएको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्ने विभागले जनाएको छ । यसैगरी एउटा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले बढीमा छ वटासम्म शाखा कार्यालय खोल्न पाउने छन् । तर, विभागले एक प्रदेशमा एकभन्दा बढी शाखा खोल्न नपाइने उल्लेख गरेको छ । विभागले तोकेको मापदण्डअनुसार वार्षिकरुपमा तीन हजार जना कामदार पठाउने म्यानपावरले तीन वटासम्म, पाँच हजार जना पठाउने कम्पनीले पाँच वटासम्म र पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनीले बढीमा छ वटासम्म शाखा कार्यालय खोल्न अनुमति पाउने छन् । प्रस्तावित शाखा कार्यालयको भौतिक पूर्वाधार निरीक्षण तथा प्रतिवेदन विभागबाट तोकिएपछि मात्र गर्नुपर्ने उल्लेख गरिएको छ । म्यानपावर कम्पनीलाई शाखा खोल्न अनुमति दिने विभागको पछिल्लो निर्णयलाई सकारात्मक रुपमा लिन सकिन्छ । यसरी शाखामार्फत सेवा विस्तार गर्दा सम्बन्धित क्षेत्रका युवाहरुले त्यही“बाट वैदेशिक रोजगारीका लागि प्रक्रिया अगाडि बढाउन सहज हुनेछ । तर, विगतमा जस्तो शाखा वा सम्पर्क कार्यालयमार्फत हुने ठगीका घटनाहरु फेरि नदोहोरिएला भन्न सकिन्छ । यसतर्फ सरोकारवाला निकाय सचेत बन्नुपर्छ । शाखा कार्यालय सञ्चालनका लागि अनुमति दिएसँगै त्यसको पर्याप्त अनुगमन र नियमनका लागि विभागले आफ्नो संयन्त्र परिचालन गर्नुपर्छ । त्यस्ता घटनामा संलग्न भएको पाइए तत्काल कडा कदम विभागले चाल्नुपर्छ । वैदेशिक रोजगार व्यवसायीहरुले पनि शाखा खोल्ने अनुमतिलाई अवसरको रुपमा सदुपयोग गर्नुपर्छ । व्यवसायलाई मर्यादित बनाउने पहिलो जिम्मेवारी व्यवसायीकै हो । त्यसैले वैदेशिक रोजगार व्यवसायलाई बद्नाम हुन नदिने गरी शाखा कार्यालयमार्फत सेवा विस्तार गर्न ध्यान पुगोस् । शाखामार्फत फेरि बेथिति नदोहोरियोस् ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP