Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पूर्ण कार्यान्वयनको पर्खाइमा संविधान
पूर्ण कार्यान्वयनको पर्खाइमा संविधान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ३, २०७९
Hardik health
आज संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइ“दै छ । २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजातिलगायत रुष्ट छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् । तथापि, केही मधेसवादी दलमा भने विरोधाभाष देखिएको छ । संविधानको विरोध गरिरहेका उनीहरू यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् । संविधान जारी भएपछिका सात वर्ष नेपालको राजनीतिक इतिहासका केही महŒवपूर्ण अध्यायसहितका वर्ष रहे । आमजनताको सहभागितामा निर्वाचित संविधानसभाले संविधान जारी गरिरह“दा एउटा हिस्सा सडकमा आन्दोलनको रा“को सल्काइरहेको थियो । एकातिर दीपावली मनाइरहने र अर्कोतिर ‘ब्ल्याक आउट’ गर्ने काम भयो । एउटा सार्वभौम देशको संविधानसभाले संविधान जारी गरेकै कारण देशले चार महिना लामो भारतीय नाकाबन्दी सामना गर्नुपरेको तीतो इतिहासका साक्षी पनि भए, नेपाली जनता । संविधानले परिकल्पना गरेको संघीय नेपालको परिकल्पनाअनुरूप तीनै तहका निर्वाचन सम्पन्न भए । र, यी तीन तहका सरकारमध्ये स्थानीय सरकारले पा“च वर्षको पहिलो कार्यकाल सकेर गत वैशाख ३० गते निर्वाचन भई दोस्रो कार्यकालमा हि“डिरहेका छन् । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आउ“दो मंसिर ४ गतेका लागि तोकिसकेको छ । प्रदेश र स्थानीय तहका सरकारले क्रमशः आफ्नो भूमिका स्थापित गर्दै लगेका छन् । यद्यपि, केन्द्रीयतावादी मानसिकताका कारण जुन गति र रफ्तारमा शक्तिको विन्यास र संविधानले परिकल्पना गरेका सिद्धान्तको प्रभावकारी कार्यान्वयन हुनुपर्ने थियो, त्यस्तो हुन सकेको छैन । अझै पनि कतिपय संस्था र संरचना बनेका छैनन् । जनताले मौलिक हकका रूपमा प्राप्त गर्नुपर्ने अधिकारको सूची लामो भए पनि त्यसको उपभोगका कानुनी व्यवस्था अझै बन्दोबस्त भएका छैनन् । नया“ संविधानअनुसार भएको पहिलो निर्वाचनबाट प्रदेश र संघीय संसद्मा बहुमत स्थापित गरेर सरकार बनाएको नेकपा तीन वर्षमै छिन्नभिन्न भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था नगरेको अधिकार प्रयोग गरेर दुईपटक प्रतिनिधिसभा विघटन गरिदिए । यद्यपि, दुवैपटकको उनको विघटन सर्वोच्च अदालतले बदर गरिदियो । प्रतिपक्षको जनादेश पाएको कांग्रेस सत्ताको नेतृत्व गर्ने अवस्थामा अँइपुग्यो । दलहरु छिन्नभिन्न हुने क्रम जारी रह्यो । जसको फाइदा कांग्रेसले लियो । दलहरूको भूमिका भने संविधानलाई एउटा गतिशील दस्तावेजका रूपमा ग्रहण गरेर यसका मूलभूत सिद्धान्तअनुरूप अघि बढ्ने र राजनीतिक परिवर्तनलाई आमसाधारण नागरिकको आर्थिक सामाजिक अवस्थामा रूपान्तरण गर्नमा ध्यान दिनुको साटो सत्तालिप्साका अनेक खेलमा लिप्त भए । संविधानअनुसार प्रतिनिधिसभामा पराजित उम्मेदवार प्रतिनिधिसभाको त्यो कार्यकालभर संसद् प्रवेश गर्न नपाउने भने पनि तत्कालीन नेकपाले वामदेव गौतमलाई मनोनयन र नारायणकाजी श्रेष्ठलाई निर्वाचनमार्फत् राष्ट्रिय सभा छिरायो । जुन संविधानको खिलापमा थियो । त्यतिमात्र होइन संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा प्रधानन्यायाधीशविरुद्धको महाभियोगमा अनिर्णित हु“दै सकियो । प्रतिनिधिसभाको कार्यकाल सकिनु केही घण्टा अघि शनिबार राति महाभियोग सिफारिस समितिले राणालाई महाभियोग लगाउन सिफारिस त ग¥यो । तर, त्यसमा पनि एमाले र लोसपाको विमति रह्यो । त्यसपछि उनीविरुद्धको महाभियोग अन्योलमा परेको छ । अर्को संसद्ले स्वावितत्व ग्रहण गर्ने, नगर्नेबारे कानुनविदहरुका आफ्नै तर्क छन् । समग्रमा संविधान जारी भएपछिका सात वर्ष अलमलै बितेका छन् । संविधानले परिकल्पना गरेका धेरै काम हुन सकेका छैन । अब राजनीतिक दल र सरकार यसमा चनाखो बनुन् । संविधानको व्यवस्था अनुसार देश निर्वाचनमा होमि“दै छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न होस् । सबल र जनमुखी सरकार बनोस् । जसले संविधानले प्रदत्त गरेका नागरिक अधिकारलाई पूरा गर्न सकोस् । नेपाललाई समृद्ध बनाउने महाभियानलाई सफल बनाओस् । सबैलाई अपनत्व हुने व्यवस्था कार्यान्वयन होस् । सबैलाई संविधान दिवसको हार्दिक शुभकामना !
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP