Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जनतालाई दुःख नदेऊ
जनतालाई दुःख नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २९, २०७९
Hardik health
चारदिने भ्रमणका लागि जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालमा छन् । सोमबार आइपुगेका उनी बिहीबार मात्र फर्किने छन् । नेपाल भ्रमणका क्रममा उनले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतस“ग छुट्टाछुट्टै भेट गरिसकेका छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । नेपालमा रहँदा ली नेतृत्वको टोलीको राम्रै स्वागत, सत्कार भएको छ । सभामुख सापकोटाले सोमबार उनीहरुका लागि सोल्टी होटलमा रात्रिभोज नै गरे । आफ्नो कार्यकाल सकिनुको पूर्वसन्ध्यामा सापकोटाले लीलाई नेपाल भ्रमण बोलाएर राम्रै सत्कार गरिरहेका छन् । जाँदाजाँदै छिमेकी देशबाट उच्चस्तरको भ्रमण गराउने उनको रहर पूरा भएको छ । सायद, उनी मनमनै गद्गद् भइरहेका पनि होलान् । भ्रमणका दौरान नेपालको संघीय संसद्स“ग केही समझदारी पनि भएका छन् । जसमा बिआरआईलगायत समेटिएको छ । जसमा सापकोटा र लीले हस्ताक्षर गरेका छन् । तर, दुःखको कुरा लीको भ्रमणका क्रममा काठमाडौंवासीले फेरि उही नियति भोग्नुपर्‍यो, जुन देश तथा विदेशका अन्य भिआइपीहरुको भ्रमणमा भोग्ने गरेका थिए । लीको भ्रमणका क्रममा उनको स्वागतदेखि भेटघाटका बेला काठमाडौंका सडकलाई सुनसान पारियो । निजी तथा सार्वजनिक सवारीलाई ‘डाइभर्ट’ गरियो । सुरक्षा जाँचमा कडाइ गरिनुसम्मलाई त स्वाभाविकै रुपमा लिन सकिन्थ्यो तर, बाटै बन्द गर्ने कुरा पक्कै पनि स्वाभाविक होइन । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ । यदि, सरकारले आलोचनालाई मनन् गरेन भने बुधबार र बिहीबार पनि नागरिकले सडकमा फेरि उही दुःख व्यहोर्नुपर्ने निश्चित छ । अरू त अरू बिरामी बोकेका एम्बुलेन्स पनि जाममा परेको कहालीलाग्दो दृश्यले सत्ताको हृदय पग्लिन सकेन । सडकमा बजिरहेको एम्बुलेन्सको एकोहोरो पीडायुक्त कर्कश ध्वनीलाई भिआइपीको सवारीका साइरनले ओझेल पार्ने काम गरियो । एम्बुलेन्सभित्र छटपटाइरहेका बिरामीको क्रन्दनलाई सत्ताले सुन्नै चाहेन । के सत्ता यतिविघ्न हृदयविहीन हुन सक्छ ? यतिविघ्न श्रवनशक्ति गुमाउन सक्छ ? एकपटक होइन हरेकपटक यस्ता भ्रमणमा हुने सवारी र सास्तीलाई सत्ताले कहिले मनन् गर्छ ? जनताको पीडामा संवेदनाहीन हुनलाई नै उनीहरु भिआइपी भएका हुन् ? वा, भिआइपी हुनलाई संवेदनाविहीन हुनैपर्छ ? हामीलाई हाम्रो सुरक्षा प्रणालीप्रति विश्वास छ । हाम्रा अतिथिलाई हामीबाट कुनै खतरा छैन । जसका लागि पूरा सडक सुनसान बनाउन परोस् । के नेपालीहरु त्यति नामुद अपराधी, हत्यारा भइसके ? जो कुनै विदेशी पाहुनाको सवारीमा सडकमा निस्किनै नमिल्ने ? के हाम्रो देश त्यति कमजोर भइसक्यो ? हाम्रो सुरक्षा प्रणाली त्यति निकम्मा भइसक्यो ? हाम्रो गुप्तचर निकाय यति निरीह भइसक्यो ? नागरिकका मनमा यस्तै आक्रोशको आगो दन्किरहेको छ । पाहुना भनेका भगवान हुन् भन्ने नेपाली उक्तिलाई नागरिकले पक्कै मनन् गरेका छन् । चिनिया“ राष्ट्रपतिको नेपाल भ्रमणका बेला हातमा पुष्पगुच्छा लिएर सडकमा उत्रिएका जनताको हार्दिक र प्रेमिल व्यवहारले त्यसलाई पुष्टि गरिसकेको छ । तर, विडम्बना ! पटक–पटक सवारीका नाममा नागरिकको स्वाभिमानमा अभिमानको बुट बजारिन्छ । स्वतन्त्रमाथि डण्डा चलाइन्छ । के कोही पाहुनाको आगमनमा यो देशका निमुखाहरुले अस्पताल पुग्नै नपाई बाटैमा मुर्नपर्ने हो ? हालै बेलायतमा भएको भिआइपीको सवारी एकदम सामान्य थियो । सडकमा अन्य निजी तथा सार्वजनिक सवारीसाधनहरु गुडिरहेकै थिए । त्यहा“का राजकुमारको सवारी त्यही“ भइरहेको थियो । सबै सामान्य थियो । भिआइपी सवारीको कुनै नेपाली संस्करण त्यहा“ देखिएको थिएन । जबसम्म राज्यलाई आफ्नो सुरक्षा प्रणालीप्रति विश्वास हुँदैन, जबसम्म नागरिकको भरोसा हु“दैन तब यस्ता घिनलाग्दा हर्कत भइरहन्छन् । तर, याद गर्नु जनतामा आक्रोशको राप जम्मा भइरहेको छ । कुन दिन विद्रोहको ज्वालामुखी विष्फोट हुन्छ टुंगो छैन । सत्ता सञ्चालकहरुले त्यसअघि नै आफ्नो बुद्धिको बिर्को खोले राम्रो हुनेछ । अन्यथा नागरिक विद्रोहको भुंग्रोमा नपर्लान् भन्न सकिन्न ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP