Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कानुनलाई ध्यान दिऔँ
कानुनलाई ध्यान दिऔँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २४, २०७९
Hardik health
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन् । अन्य समय हुन्थ्यो भने उनी मैैदानमा उत्रिन्छन्, उत्रिँदैनन् ? मैदानमा उत्रिए भने उनले कति विकेट लिन्छन् ? भन्ने आमचासो हुन्थ्यो । तर, यसपटक माहोल फरक छ । उता उनी बेञ्चमा मात्र सीमित भइरहेका छन् भने यता उनीविरुद्ध नेपालमा गम्भीर जाहेरी दर्ता भएको छ । एक १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले भदौ ५ गते राति बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा जाहेरी दिएका छन् । ती किशोरीको जाहेरीसँगै प्रहरीले सन्दीपविरुद्ध अनुसन्धान अघि बढाएको छ । सन्दीप र ती किशोरीले खाजा खाएको भनिएको नगरकोटको होटल र काठमाडौं आएर बसेको (जुन होटलमा सन्दीपले ती किशोरीलाई बलात्कार गरिएको भनिएको छ) होटल पुगेर प्रहरीले सिसिटिभी फुटेज हेर्ने, होटलका कर्मचारीसँग सोधपुछ गर्नेलगायतका काम पनि गरिसकेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ । अदालतको अनुमतिसँगै प्रहरीले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनी काठमाडौं आएलगत्तै पक्राउ गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ । जब सन्दीपमाथि बलात्कारजस्तो गम्भीर र संगीन आरोप लाग्यो नेपाली समाज विभक्त भएको छ । सार्वजनिक व्यक्तित्व बनाएकादेखि सामान्य नागरिक पनि पक्ष, विपक्षमा उत्रिएका छन् । कतिले सन्दीपका पक्षमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् भने कतिले पीडित किशोरीको पक्षमा आवाज उठाउँदै सन्दीपलाई हदैसम्मको कारबाही हुनुपर्ने आवाज उठाइरहेका छन् । सन्दीपले आफ्नो स्टारडमको गलत फाइदा उठाएको व्याख्या पनि गरिरहेका छन् । खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्ना टिप्पणी सार्वजनिक गरिरहेका छन् । कतिले सन्दीपलाई बलात्कारी नै करार गरिसके भने कतिले पीडित भनिएकी किशोरीमाथि नै प्रश्न उठाएका छन् । उनीहरूको तर्क छ– ती किशोरीले सन्दीपलाई ‘फसाइन्’ । घटना भएको हो कि होइन ? भएको हो भने जाहेरीमा उल्लेख गरिएअनुसार नै हो या फरक हो ? अथवा, १७ वर्षीया भनिएकी किशोरी नाबालिग नै हुन् कि होइनन् ? यी सबै कुरा अनुसन्धानबाट खुल्लान् । उनी नाबालिग भए प्रहरीले त्यही अनुसार अनुसन्धान गर्दै सोही अनुसारको कानुन आकर्षित हुनेगरी मुद्दा चलाउला । प्रतिवेदन तयार पर्ला । उनी नाबालिग होइनन् भन्ने प्रमाण भेटिए त्यहीअनुसार मुद्दा चलाउला । तर, बिर्सिन नहुने कुरा के हो भने भर्खर घटना सार्वजनिक भएको छ । यसमाथिको सम्पूर्ण कानुनी प्रक्रिया बाँकी नै छ । प्रहरीको अनुसन्धान, अनुसन्धान प्रतिवेदनसहित सरकारी वकिल कार्यालयमा फाइल, अदालतमा मुद्दा दर्ता, वादी र प्रतिवादीको बयान बाँकी नै छ । यी सबै कुरा हेरेर, सुनेर अदालतले दोषी भए÷नभएको निक्र्योल गर्ने हो । जुन प्रक्रियामा पुग्ने पहिलो बिन्दु भर्खर सुरु हुँदै छ । तर, हामी एक थरीले सन्दीपलाई पूर्ण दोषी देखिसक्यौं भने अर्को थरीले पीडित भनिएकी बालिका, उनको परिवार, उनको मानसिक स्वास्थ्यलगायतमा आघात पुग्नेगरी निम्नस्तरको टिप्पणी गरिरहेका छौं । कानुनका दृष्टिले यी दुवै गतिविधि वाञ्छनीय र स्वीकार्य छैनन् । बलात्कारजस्तो संवेदनशील मुद्दा भएकाले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि दबाब बढाउन सकिन्छ तर, आफैं घटनाको प्रत्यक्षदर्शी भएजस्तो वा आफैं न्यायाधीश भएजस्तोगरी अभिव्यक्ति दिनु अस्वस्थकर मात्र होइन गैरकानुनी पनि हो । यस्ता संवेदनशील मुद्दामा लेख्दा, बोल्दा ध्यान पुर्‍याऔँ। घटनाको अनुसन्धान र कानुनी प्रक्रियालाई प्रभाव पार्नेगरी कसैले नि आफूलाई प्रस्तुत नगरौँ । कानुनलाई पनि ध्यान दिऔँ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP