Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • राजधानीमा ‘कसुर’ विमोचन
राजधानीमा ‘कसुर’ विमोचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २६, २०७९
1 dr upadhaya book kasur
Hardik health
काठमाडौं - विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा.उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि निर्देशक/लेखक तथा वशिष्ट कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, स्रष्टा डा.उपाध्याय, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसालले संयुक्त रूपमा कृतिको विमोचन गरका हुन्। उक्त कृतिमा संमीक्षात्मक टिप्पणी राख्दै श्रेष्ठले ‘कसुर’ सामाजिक उपन्यास रहेको बताए। उनले हाम्रै समाजमा रहेका विभिन्न घटनाक्रमलाई स्रष्टा उपाध्यायले यो उपन्यासमार्फत उजागर गरेको बताउनुभयो । उपन्यासमा जनकपुरदेखि, काठमाडौंका विभिन्न ठाउँ र चीनसम्मका स्थान र पात्रलाई समावेश गरिएको भन्दै उपन्यासलाई पाठकले मन पराउनेमा आफू विश्वस्त रहेको जिकिर गरे यस्तै स्रष्टा लेकालीले कृतिमा सामाजिक विषयवस्तु रहेको र पछिल्लो समय शैक्षिक परामर्शको नाममा खुलेका ‘कन्सल्ट्यान्सी’का बदमासीका बारेमा पनि उल्लेख गरेको बताए । गीतकार देवकोटाले डा.उपाध्यायको मूल लेखन गीत नै भए पनि उनकाे लगातार उपन्यास पनि पाठकमाझ आइरहेको र डा.उपाध्याय बहुप्रतिभाका धनी रहेको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि विशिष्ट कलाकार निरौलाले डा.उपाध्यायका कर्महरूको प्रशंसा गर्दै उनको लेखन कार्य अझ मौलाउँदै जाओस् भन्दै उपन्यास कसुर फिल्म बन्न सक्ने खालको कृति भएको टिप्पणी गरे । स्रष्टा उपध्यायले लेख्दै जाँदा १४औं उपन्यास पाठकमाझ आइपुगेको बताउँदै नयाँ उपन्यासको तयारीमा पनि आफू रहेको जानकारी गराए । डा.उपाध्यायले भन्नुभयो, ‘बाल्यकालदेखि वृद्धावस्थासम्म जानी–नजानी व्यक्तिबाट अनेकौं कसुर हुने गर्दछन् । केही कसुरका लागि उसले सामान्यदेखि गम्भीर प्रकृतिका सजाय पाउने गर्छन भने केहीमा समाजले नजर अन्दाजसमेत गरिदिन्छ । तर, कुनै कसुर यस्ता हुन्छन् जसबाट जिन्दगीभर पश्चातापको आहालमा डुब्नुबाहेक अर्को विकल्प हुन्न । आधुनिक पुस्तामा महत्वकांक्षाको प्रवाह अत्यन्त तीव्र छ । यसलाई नियन्त्रित राख्दै प्रतिस्पर्धा गर्नेहरू जीवनको हरेक क्षेत्रमा सफलता हाँसिल गर्छन् । तर, चूक गर्नेहरूका सारा उपलब्धि एउटा गल्ती खेल खत्तममा परिणत हुन्छ’, यस्तै यस्तै सेरोफेरोमा यो उपन्यास रहेको छ । उनले भने, ‘कसुरले निश्चित रूपमा तपाईंको मन–मस्तिष्कमा मेरो प्रयासप्रति गहिरो स्नेहको बिरुवा रोप्ने आशा एवं विश्वास लिएको छ ।’ कार्यक्रमका अन्य अतिथिले डा.उपाध्यायलाई १४औं उपन्यास कृतिका लागि बधाई तथा शुभकामना दिँदै उपन्यासमा हाम्रो सामाजिक परिवेश, समाजमा घटने घटनाक्रम, माया प्रेम, दाजुभाइको ममता, घातअन्र्तघातका साथै सामाजिक सन्देश प्रस्तुत गरिएको बताएका थिए । नारायणप्रसाद भण्डारीको भाषाविन्यास रहेको यो कृतिलाई शिखा बुक्स बागबजारले प्रकाशन गरेको हो । ज्ञानज्योति बुक्स पब्लिकेशन प्रा.लि.वितरक रहेको १७२ पृष्ठको उपन्यास कसुरलाई पैँतीस खण्डमा विभाजन गरिएको छ । सञ्चारकर्मी नरेश भट्टराईले सहजीकरण गरेको कार्यक्रममा गीतसंगीत, चलचित्र, सहित्य र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । गीतसंगीत तथा विविधबाट डा.उपाध्यायले ११० विश्व रेकर्ड रेकर्ड कायम गर्नुभएको छ । यतिधेरै विश्व रकेर्ड कायम गर्ने डा.उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा.उपाध्यायका २८ एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ छन् । यस्तै, उनकाे यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP