Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
साहित्य
  • Home
  • साहित्य
  • राजधानीमा ‘कसुर’ विमोचन
राजधानीमा ‘कसुर’ विमोचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २६, २०७९
1 dr upadhaya book kasur
Hardik health
काठमाडौं - विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा.उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि निर्देशक/लेखक तथा वशिष्ट कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, स्रष्टा डा.उपाध्याय, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसालले संयुक्त रूपमा कृतिको विमोचन गरका हुन्। उक्त कृतिमा संमीक्षात्मक टिप्पणी राख्दै श्रेष्ठले ‘कसुर’ सामाजिक उपन्यास रहेको बताए। उनले हाम्रै समाजमा रहेका विभिन्न घटनाक्रमलाई स्रष्टा उपाध्यायले यो उपन्यासमार्फत उजागर गरेको बताउनुभयो । उपन्यासमा जनकपुरदेखि, काठमाडौंका विभिन्न ठाउँ र चीनसम्मका स्थान र पात्रलाई समावेश गरिएको भन्दै उपन्यासलाई पाठकले मन पराउनेमा आफू विश्वस्त रहेको जिकिर गरे यस्तै स्रष्टा लेकालीले कृतिमा सामाजिक विषयवस्तु रहेको र पछिल्लो समय शैक्षिक परामर्शको नाममा खुलेका ‘कन्सल्ट्यान्सी’का बदमासीका बारेमा पनि उल्लेख गरेको बताए । गीतकार देवकोटाले डा.उपाध्यायको मूल लेखन गीत नै भए पनि उनकाे लगातार उपन्यास पनि पाठकमाझ आइरहेको र डा.उपाध्याय बहुप्रतिभाका धनी रहेको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि विशिष्ट कलाकार निरौलाले डा.उपाध्यायका कर्महरूको प्रशंसा गर्दै उनको लेखन कार्य अझ मौलाउँदै जाओस् भन्दै उपन्यास कसुर फिल्म बन्न सक्ने खालको कृति भएको टिप्पणी गरे । स्रष्टा उपध्यायले लेख्दै जाँदा १४औं उपन्यास पाठकमाझ आइपुगेको बताउँदै नयाँ उपन्यासको तयारीमा पनि आफू रहेको जानकारी गराए । डा.उपाध्यायले भन्नुभयो, ‘बाल्यकालदेखि वृद्धावस्थासम्म जानी–नजानी व्यक्तिबाट अनेकौं कसुर हुने गर्दछन् । केही कसुरका लागि उसले सामान्यदेखि गम्भीर प्रकृतिका सजाय पाउने गर्छन भने केहीमा समाजले नजर अन्दाजसमेत गरिदिन्छ । तर, कुनै कसुर यस्ता हुन्छन् जसबाट जिन्दगीभर पश्चातापको आहालमा डुब्नुबाहेक अर्को विकल्प हुन्न । आधुनिक पुस्तामा महत्वकांक्षाको प्रवाह अत्यन्त तीव्र छ । यसलाई नियन्त्रित राख्दै प्रतिस्पर्धा गर्नेहरू जीवनको हरेक क्षेत्रमा सफलता हाँसिल गर्छन् । तर, चूक गर्नेहरूका सारा उपलब्धि एउटा गल्ती खेल खत्तममा परिणत हुन्छ’, यस्तै यस्तै सेरोफेरोमा यो उपन्यास रहेको छ । उनले भने, ‘कसुरले निश्चित रूपमा तपाईंको मन–मस्तिष्कमा मेरो प्रयासप्रति गहिरो स्नेहको बिरुवा रोप्ने आशा एवं विश्वास लिएको छ ।’ कार्यक्रमका अन्य अतिथिले डा.उपाध्यायलाई १४औं उपन्यास कृतिका लागि बधाई तथा शुभकामना दिँदै उपन्यासमा हाम्रो सामाजिक परिवेश, समाजमा घटने घटनाक्रम, माया प्रेम, दाजुभाइको ममता, घातअन्र्तघातका साथै सामाजिक सन्देश प्रस्तुत गरिएको बताएका थिए । नारायणप्रसाद भण्डारीको भाषाविन्यास रहेको यो कृतिलाई शिखा बुक्स बागबजारले प्रकाशन गरेको हो । ज्ञानज्योति बुक्स पब्लिकेशन प्रा.लि.वितरक रहेको १७२ पृष्ठको उपन्यास कसुरलाई पैँतीस खण्डमा विभाजन गरिएको छ । सञ्चारकर्मी नरेश भट्टराईले सहजीकरण गरेको कार्यक्रममा गीतसंगीत, चलचित्र, सहित्य र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । गीतसंगीत तथा विविधबाट डा.उपाध्यायले ११० विश्व रेकर्ड रेकर्ड कायम गर्नुभएको छ । यतिधेरै विश्व रकेर्ड कायम गर्ने डा.उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा.उपाध्यायका २८ एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ छन् । यस्तै, उनकाे यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP