Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
साहित्य
  • Home
  • साहित्य
  • गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन
गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २०, २०७९
Pustak Bimochan
Hardik health
काठमाडौं- कवि पुष्पराज केसीका गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमबीच वरिष्ठ पत्रकार र समालोचकहरूले कवितासङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, वरिष्ठ पत्रकारहरु शम्भु श्रेष्ठ, राजकुमार बानियाँ, ईश्वरी वाग्ले, अग्रज व्यक्तित्व श्यामबहादुर खत्री र कवि पुष्पराज केसीले संयुक्त रुपमा कवितासङ्ग्रहको विमोचन गरेका हुन् । कवितासङ्ग्रह ब्रदर्श बुक्सले प्रकाशन गरेको हो । ललितपुर महालक्ष्मी ८ विष्णुडोलका केसीको कवितासङ्ग्रहले जन्मभूमिप्रतिको प्रेम, प्रकृतिप्रेम देखि राजनीतिक विसंगतिप्रति तीखो व्यङ्ग्य गरेको छ । उनले समाजभित्र गुम्सिएका कथा व्यथालाई सरल भाषामा लयवद्ध तरिकाले सृजना गरेको वरिष्ठ समालोचक राजकुमार बानियाँले बताए । बाँनियाले कवि केसीले आफ्ना अनुभव, भोगाई र संघर्षलाई समेत कवितामार्फत् प्रस्तुत गरेको भन्दै भविष्यमा कृतिहरू सृजनाका लागि प्रेरित हुने सफलताको कामना गरे । समालोचक बानियाँले कविता मौलिक र लयले भरिएको टिप्पणी गरे । कविले आफ्नो जन्मथलोलाई अगाध स्नेह गर्ने कवितामार्फत् प्रकट गरेको बताए । जन्मथलो विष्णुडोल गाउँ र वरपरको समाजको बारेमा पनि कविताले धेरै व्यक्त गरेको टिप्पणी गरे । कवि केसीले छोटो कविता लेखेको र पढ्न पनि सरल रहेको टिप्पणी गरे । कवितामा प्रकृतिप्रेम, राजनीतिप्रति व्यङ्ग्य र विद्रोहभाव रहेको बताए । कवितासङ्ग्रहमा खण्डहरु छुट्याएको भए राम्रो हुन्थ्यो भन्ने सुझाव दिए । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले कवितामा धेरै वेदनाहरु पोखिएको बताए । स्वच्छ मनले पञ्चायतकालदेखि कम्युनिस्ट राजनीतिमा लागेकाहरु पछिल्लो घटनाक्रमले विद्रोहभाव जाग्नु स्वाभाविक भएको बताए । नेताहरु बिग्रिएको र भ्रष्टाचारमा लागेकाले देश गम्भीर अवस्थामा पुगेको बताए । गुम्सिएका व्यथाहरुमा विद्रोहको भाव प्रकट गरेको टिप्पणी गरे । आफूले लामो समयदेखि केपी शर्मा ओलीसँग संगत गरेको सुनाए । उनले प्रचण्ड जस्तो अस्थिर मान्छेसँग एकता गर्दा विचार पु¥याउन भनेको खुलासा गरे । कविताले कम्युनिस्ट राजनीतिको धेरै यथार्थ खोलेको टिप्पणी गरे । गोर्वाचोभले सोभियत संघ विघटन गरेको जस्तै केपी ओलीले कम्युनिस्ट पार्टी विघटन गरेको तर्क गरे । उनले भने,‘देश छिमेकी चीन र भारत दुवैले विश्वास नगर्ने अवस्थामा पुगेको छ ।’वरिष्ठ पत्रकार एवं रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले केसीले कवितासङ्ग्रहमार्फत् आफ्नो भावना प्रकट गर्न सकेको टिप्पणी गरे । उनले कवितासङ्ग्रह यो युगको कथा व्यथा समेत भएको बताए । कवितासङ्ग्रह समयसापेक्ष भएको भन्दै भविष्यमा थप कृतिहरु सृजना गर्ने प्रेरणा मिलोस् भनी शुभकामना दिए । उनले कवि केसी समाजसेवी भएको र समाजको हितमा सधै लागिपर्ने स्वभावको व्यक्तित्वका रुपमा आफूले चिनेको बताए । आफू कवि पुष्पराज केसीको जन्मथलो विष्णुडोलमा पनि पुगेको र त्यो ठाउँ सृजनशीलहरुको थलो भएको बताए । वरिष्ठ पत्रकार ईश्वरी वाग्लेले कविता सरल र सहज भएको टिप्पणी गरे । इतिहास र वर्तमानलाई पनि । सत्ताप्रतिको आक्रोश कवितामार्फत् पोखिएको बताए । विभिन्न समयमा आएका भावनाहरु कवितामा समेटिएको टिप्पणी गरे । कविता लेख्ने जाँगर चल्नु नेपाली साहित्यका लागि लाभदायक हुने बताए । समाजमा लेखेर, बोलेर पनि विचार अभिव्यक्त भइरहनुपर्नेमा जोड दिए । वरिष्ठ पत्रकार समेत रहेका कवि छत्र कार्कीले स्रष्टाका रुपमा पुष्पराज केसीलाई पाउँदा खुशी लागेको बताए । केसीले कवितामार्फत् आजको परिवेशलाई स्पष्ट रुपमा व्यक्त गरेको बताए । कुनैपनि कृतिमा अझ सुधार गर्ने अवसर प्राप्त हुने बताए । अग्रज व्यक्तित्व श्यामबहादुर खत्रीले कवितासङ्ग्रह लेखेकोमा पुष्पराज केसीलाई बधाई तथा शुभकामना दिए । उनले भविष्यमा अझ सृजना गर्ने उत्साह प्राप्त हुने आशा व्यक्त गरे । कवि पुष्पराज केसीले केही कविता पढेर सुनाएका थिए । उनले कवितासङ्ग्रह सम्पादन गर्ने इन्द्रबहादुर खत्री तथा प्रकाशित गर्न प्रेरणा दिने सबैलाई धन्यवाद दिए ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP