Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन
गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २०, २०७९
Pustak Bimochan
Hardik health
काठमाडौं- कवि पुष्पराज केसीका गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमबीच वरिष्ठ पत्रकार र समालोचकहरूले कवितासङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, वरिष्ठ पत्रकारहरु शम्भु श्रेष्ठ, राजकुमार बानियाँ, ईश्वरी वाग्ले, अग्रज व्यक्तित्व श्यामबहादुर खत्री र कवि पुष्पराज केसीले संयुक्त रुपमा कवितासङ्ग्रहको विमोचन गरेका हुन् । कवितासङ्ग्रह ब्रदर्श बुक्सले प्रकाशन गरेको हो । ललितपुर महालक्ष्मी ८ विष्णुडोलका केसीको कवितासङ्ग्रहले जन्मभूमिप्रतिको प्रेम, प्रकृतिप्रेम देखि राजनीतिक विसंगतिप्रति तीखो व्यङ्ग्य गरेको छ । उनले समाजभित्र गुम्सिएका कथा व्यथालाई सरल भाषामा लयवद्ध तरिकाले सृजना गरेको वरिष्ठ समालोचक राजकुमार बानियाँले बताए । बाँनियाले कवि केसीले आफ्ना अनुभव, भोगाई र संघर्षलाई समेत कवितामार्फत् प्रस्तुत गरेको भन्दै भविष्यमा कृतिहरू सृजनाका लागि प्रेरित हुने सफलताको कामना गरे । समालोचक बानियाँले कविता मौलिक र लयले भरिएको टिप्पणी गरे । कविले आफ्नो जन्मथलोलाई अगाध स्नेह गर्ने कवितामार्फत् प्रकट गरेको बताए । जन्मथलो विष्णुडोल गाउँ र वरपरको समाजको बारेमा पनि कविताले धेरै व्यक्त गरेको टिप्पणी गरे । कवि केसीले छोटो कविता लेखेको र पढ्न पनि सरल रहेको टिप्पणी गरे । कवितामा प्रकृतिप्रेम, राजनीतिप्रति व्यङ्ग्य र विद्रोहभाव रहेको बताए । कवितासङ्ग्रहमा खण्डहरु छुट्याएको भए राम्रो हुन्थ्यो भन्ने सुझाव दिए । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले कवितामा धेरै वेदनाहरु पोखिएको बताए । स्वच्छ मनले पञ्चायतकालदेखि कम्युनिस्ट राजनीतिमा लागेकाहरु पछिल्लो घटनाक्रमले विद्रोहभाव जाग्नु स्वाभाविक भएको बताए । नेताहरु बिग्रिएको र भ्रष्टाचारमा लागेकाले देश गम्भीर अवस्थामा पुगेको बताए । गुम्सिएका व्यथाहरुमा विद्रोहको भाव प्रकट गरेको टिप्पणी गरे । आफूले लामो समयदेखि केपी शर्मा ओलीसँग संगत गरेको सुनाए । उनले प्रचण्ड जस्तो अस्थिर मान्छेसँग एकता गर्दा विचार पु¥याउन भनेको खुलासा गरे । कविताले कम्युनिस्ट राजनीतिको धेरै यथार्थ खोलेको टिप्पणी गरे । गोर्वाचोभले सोभियत संघ विघटन गरेको जस्तै केपी ओलीले कम्युनिस्ट पार्टी विघटन गरेको तर्क गरे । उनले भने,‘देश छिमेकी चीन र भारत दुवैले विश्वास नगर्ने अवस्थामा पुगेको छ ।’वरिष्ठ पत्रकार एवं रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले केसीले कवितासङ्ग्रहमार्फत् आफ्नो भावना प्रकट गर्न सकेको टिप्पणी गरे । उनले कवितासङ्ग्रह यो युगको कथा व्यथा समेत भएको बताए । कवितासङ्ग्रह समयसापेक्ष भएको भन्दै भविष्यमा थप कृतिहरु सृजना गर्ने प्रेरणा मिलोस् भनी शुभकामना दिए । उनले कवि केसी समाजसेवी भएको र समाजको हितमा सधै लागिपर्ने स्वभावको व्यक्तित्वका रुपमा आफूले चिनेको बताए । आफू कवि पुष्पराज केसीको जन्मथलो विष्णुडोलमा पनि पुगेको र त्यो ठाउँ सृजनशीलहरुको थलो भएको बताए । वरिष्ठ पत्रकार ईश्वरी वाग्लेले कविता सरल र सहज भएको टिप्पणी गरे । इतिहास र वर्तमानलाई पनि । सत्ताप्रतिको आक्रोश कवितामार्फत् पोखिएको बताए । विभिन्न समयमा आएका भावनाहरु कवितामा समेटिएको टिप्पणी गरे । कविता लेख्ने जाँगर चल्नु नेपाली साहित्यका लागि लाभदायक हुने बताए । समाजमा लेखेर, बोलेर पनि विचार अभिव्यक्त भइरहनुपर्नेमा जोड दिए । वरिष्ठ पत्रकार समेत रहेका कवि छत्र कार्कीले स्रष्टाका रुपमा पुष्पराज केसीलाई पाउँदा खुशी लागेको बताए । केसीले कवितामार्फत् आजको परिवेशलाई स्पष्ट रुपमा व्यक्त गरेको बताए । कुनैपनि कृतिमा अझ सुधार गर्ने अवसर प्राप्त हुने बताए । अग्रज व्यक्तित्व श्यामबहादुर खत्रीले कवितासङ्ग्रह लेखेकोमा पुष्पराज केसीलाई बधाई तथा शुभकामना दिए । उनले भविष्यमा अझ सृजना गर्ने उत्साह प्राप्त हुने आशा व्यक्त गरे । कवि पुष्पराज केसीले केही कविता पढेर सुनाएका थिए । उनले कवितासङ्ग्रह सम्पादन गर्ने इन्द्रबहादुर खत्री तथा प्रकाशित गर्न प्रेरणा दिने सबैलाई धन्यवाद दिए ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP