Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • र्‍याफ्टिङका लागि नेपालमा जस्तो खोला अरू देशमा छैन- कायकर हरि
र्‍याफ्टिङका लागि नेपालमा जस्तो खोला अरू देशमा छैन- कायकर हरि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ४, २०७९
hari ale _dine
[caption id="attachment_36067" align="alignright" width="469"] हरिबहादुर आले मगर, कायकर[/caption] हरिबहादुर आले मगर, एक कायकर तथा र्‍याफ्टिङ गाइड हुन् । धादिङको त्रिशूली किनारमा घर भएका उनको बाल्यकाल त्यहीँ बित्यो । खोलासँगै रम्दै हुर्किएका आलेले खोलासँगको सम्बन्धलाई अहिलेसम्म तोडेका छैनन् । खोलालाई नै आफ्नो पेसा बनाएर अझ त्यो सम्बन्धलाई दिगो बनाएका छन् । नेपालका खोलाहरुमा मात्र नभई विदेशमा पनि उनी कायक, र्‍याफ्टिङ गाइडको काम गरिरहेका छन् । सन् २०१९ मा आयोजित पहिलो र्‍याफ्टिङ च्याम्पियनसिपमा भाग लिएकामध्ये एक हुन् आले । त्यतिखेर उनको टिम राष्ट्रिय च्याम्पियन बनेको थियो । उनले हिमालयन ह्वाइट वाटर च्यालेञ्ज, राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि भाग लिएका छन् । र्‍याफ्टिङ क्षेत्रमा उनले बटुलेको अनुभवमा केन्द्रित रहेर गरेको कुराकानीः खोला किनारमा हुर्किनुभएका यहाँले खोला क्षेत्रलाई नै पेसा बनाएर लाग्नुभएको छ, कति भयो यसरी लाग्नुभएको ? त्रिशूली खोलाको किनारमा घर भएकोले खोला किनारमै हुर्किएँ । हिँड्न, पौडिनसक्ने भएदेखि नै खोलासँग मेरो सम्बन्ध गाँसियो । जतिखेर पनि पानीमा खेल्ने हुनाले यसैमा भिजियो । म सानो छँदै त्रिशूलीमा व्यावसायिक र्‍याफ्टिङ हुन्थ्यो । गाइडको काम गरेको देख्दा रमाइलो लाग्थ्यो । चिनेकै दाइहरु गाइड थिए, उहाँहरुको लाइफस्टाइल (जीवनशैली) देखेर म पनि त्यो पेसाप्रति प्रभावित भएँ । उहाँहरुबाट नै यस क्षेत्रमा लाग्न प्रेरित भएँ । जब काम गर्ने उमेर भयो, खोलालाई नै आफ्नो पेसा बनाउन थालेँ । खोलामै काम गर्न थालेको करिब १२ वर्ष बितिसक्यो । यहाँले व्यावसायिक रुपमा अँगाल्दै आउनुभएको र्‍याफ्टिङ र कायक पेसालाई कसरी चिनाउनुहुन्छ ? र्‍याफ्टिङ भनेको टिम वर्क हो । खोलाको छालमाथि तरिँदै समँहमा रमाइन्छ । जसलाई पानी र आउटडोरको ज्ञान छैन, उनीहरुले गर्ने हो । उनीहरुलाई र्‍याफ्टिङ गाइडले ‘अन द स्पट’ पानीमा रम्न, तैरिन, र्‍याफ्टिङ गर्न सिकाउँछन् । थोरै समयमा नै खोलामा रमाउन सकिन्छ । कायक भनेको एक जना मात्र रहने हो । यसमा समय लाग्छ । यो स्वयंमा निहीत रहन्छ । यो चाहिँ जुन ठाउँ, खोला रमाइलो हुन्छ, त्यसैमा रम्न सकिन्छ । यसमा स्किल चाहिन्छ । यो विशेष ताल, बग्ने नदीमा गर्ने गरिन्छ । यो जहाँ, जसरी मन लाग्छ, त्यहीँ सिक्ने हो । सिंगल आफैंमात्र जान सकिन्छ, तर यसको स्किल हामीले सिक्नैपर्ने हुन्छ ।                         कायक हाल नेपालमा चार दिन लगाएर सिकाइन्छ । यसमा ¥याफ्टिङमा भन्दा अलि रिस्क (जोखिम) हुन्छ । आधारभूत कुराहरु सिक्दै विभिन्न स्टेजमा बढ्दै जाने हो । ‘सरभाइब’ गर्न सिकाउँछ यसले । कायक पल्टियो भने कसरी बच्ने भन्ने ज्ञान, स्किल सिक्न आवश्यक छ । यसमा गाडीमा जस्तो ब्रेक हुँदैन, त्यसैले कुन ठाउँमा कसरी रोक्ने ? कुन ठाउँ सुरक्षित वा खतरायुक्त हो भन्ने कुरा बुझ्नुपर्छ । कायकको प्रशिक्षण बेसिक, इन्टरमिडियट र एडभान्स लेबलका हुन्छन् । अहिले कुन संस्थासँग आबद्ध भएर काम गरिरहनुभएको छ ? यस क्षेत्रमा सुरुआतको दिनदेखि एउटै कम्पनीसँग आबद्ध भएर रहिनँ । आफ्नो गिअर (उपकरण) भएकाले जता बोलाउँछन् उतै गएँ । कहिलेकाहीँ साथीहरुको मागिन्थ्यो र गइन्थ्यो । एनआर (नेपाल र्‍याफ्टिङ) कम्पनीमा करिब छ महिना काम गरेँ । त्यहाँ काम गर्दा अनुभव बटुल्न पाएँ । त्यसपश्चात् पोखरामा बसेर धेरै वर्ष काम गरेँ । भारतको विभिन्न ठाउँमा पनि काम गरेँ । धेरै कम्पनीसँग विभिन्न स्थान र परिवेशमा अनुभव बटुल्न पाएँ । फ्रिलान्सरको रुपमा काम गरेँ । नेपालका लगभग ५० प्रतिशत कम्पनीहरुसँग आबद्ध भएर काम गरेको अनुभव छ । [caption id="attachment_36082" align="alignnone" width="640"] सर्भाइब गर्न सिकाउँदै[/caption] राष्ट्रिय र अन्तर्राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपमा पनि भाग लिनुभयो, कस्तो रह्यो अनुभव ? नेपालमा र्‍याफ्टिङ रेस’ हुने गथ्र्यो तर, आधिकारिकरुपमा राष्ट्रिय च्याम्पियनसिप भएको थिएन । सन् २०१७ मा जापानमा जब अन्तर्राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप हुने जानकारीमा आयो तब हाम्रो युवा जमात मिलेर भाग लिने जमर्को गर्‍यौँ । हामीले छ जनाको टिम बनायौँ ।अन्तर्राष्ट्रियर्‍याफ्टिङच्याम्पियनसिपका लागि राष्ट्रिय च्याम्पियन हुनु आवश्यक थियो । साथीहरुसँग खोलामा दुई महिना अभ्यास गर्‍यौँ । फेब्रुवरीमा राष्ट्रिय च्याम्पियनसिप भयो । त्यसमा हामी राष्ट्रिय च्याम्पियन भयौँ । निकै उत्साहित भयौँ, नेपालको पहिलो र्‍याफ्टिङ च्याम्पियन हुन पाउँदा । हामीले कडा मिहेनत गरेका थियौँ । त्यसपश्चात् हामी सबै पुनः आफ्नै काममा व्यस्त भयौँ । कामका लागि कोही नेपालमै बसे भने कोही भारत गए । कोही जापान, आइसल्याड गए । म चाहिँ स्वीट्जरल्याण्ड गएँ । २०१७ को सेप्टेम्बर पहिलो साता हाम्रो टिम पुनः जम्मा भयो । र, अभ्यास सुरु गर्‍यौँ । सेप्टेम्बर अन्तिममा जापानमा अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन गयौँ । जापान हाम्रो लागि एकदम नौलो ठाउँ बन्यो । खेलमा भाग लिन जाँदा हामीलाई विशेषतः खानाको समस्या भयो, जसले हामी अलि अस्वस्थ भयौँ । तर, एक/दुई दिनमा हामीलाई सहज भयो । त्यहाँको खोला राम्रो थियो । अन्तर्राष्ट्रिय च्याम्पियनसिप भएकाले कडा नियमहरु थिए । नयाँ–नयाँ नियमहरु पालना गर्न हामीलाई सुरुमा गाह्रो भएको थियो ।अन्तर्राष्ट्रियस्तरको गेममा हुनुपर्ने अभ्यास नभएकाले हामीमा कन्फिडेन्सको कमी महसुस भएको थियो । नेपालको पहिलो अन्तर्राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियन भएकोले पनि होला हामी अलि हच्कियौँ । तर, हामीले एउटा गेममा चाहिँ राम्रो खेल्यौँ । सक्दो राम्रो प्रदर्शन गरे पनि हामीले खेलमा जित हात पार्न सकेनौँ । यद्यपि, हामीले त्यहाँबाट धेरै कुरा सिक्न पायौँ । कतिलाई जापान कस्तो छ भन्ने थाहा थिएन र हामीले त्यो कुराको पनि अनुभव बटुल्न पायौँ । समग्रमा हामीलाई के लाग्यो भने खेलाडी हुनु र एउटा गाइड हुनुमा फरक पर्दो रहेछ । आर्थिक पाटोबाट हेर्ने हो भने केही संस्थाको साथमा अग्रजहरुको सहयोग र आफ्नै खर्चमा जापानमा पुगेका थियौँ । अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिएपछिका उपलब्धिहरु के–के रहे ? छोटो समयमा हामी अभ्यास गरेर त्यहाँसम्म पुग्नु राम्रो हो । एउटा र्‍याफ्टिङ गाइड र एथलेट भएर सहभागी हुनुचाहिँ अलि फरक रहेछ । योजना र रणनीतिलाई अगाडि राख्नुपर्ने रहेछ भन्ने कुरा त्यहाँ सिक्यौँ । प्रतिबद्धताका साथ खेलाडीहरु अगाडि बढ्ने हो भने नेपाललाई वल्र्ड च्याम्पियन बन्न खासै गाह्रो नहुने देखियो । यससँग सम्बन्धित संस्थाहरुले अलि चासो देखाए भने सम्भावना धेरै देखिन्छ । हाल नेपालमा र्‍याफ्टिङ खेलाडीहरु प्रशस्त भेटिन्छन् । हरेक वर्ष प्रतियोगिताहरु हुने गर्छ । प्रतिस्पर्धीहरु बढेका छन्, यो राम्रो पक्ष हो । नेपालमा ह्वाइट वाटर च्यालेञ्ज भनेर प्रतियोगिता हुने गर्दछ, जहाँ १२ वटा टिम सहभागी हुने गर्छन् । जबकि, पहिले जम्मा तीन–चार वटामात्र हुने गर्दथ्यो । परिर्वतन त यो क्षेत्रमा धेरै नै भएको छ । युवाहरुको आकर्षण यस क्षेत्रमा बढेको पाइन्छ । नेपालमा के र्‍याफ्टिङलाई अझ प्रवद्र्धन गर्न सकिने सम्भावना कतिको देख्नुहुन्छ ? नेपालमा प्रशस्त मात्रामा खोलाडीहरु जन्मिएका छन् । त्यसैले यो क्षेत्रलाई अगाडि बढाउन सकिन्छ । सरकार र यससँग सम्बन्धित संस्थाहरुले चासो दिएर खेलाडीहरुलाई प्रोत्साहन गर्ने हो भने नेपालमा र्‍याफ्टिङ क्षेत्रलाई अब्बल बनाउन सकिन्छ । खोलाको हिसाबमा हेर्ने हो भने पनि नेपाल यस्तो देश हो जहाँ कहिल्यै नसुक्ने खोलाहरु छन् । प्राकृतिक खोलामा रमाउन र एक्सपिडिसन गर्न नेपाल एकदमै राम्रो देशमा पर्ने गर्दछ । नेपालको जस्तो अरू देशमा खोलाहरु छैनन् । त्यसैले सरकार र सम्बन्धित निकायले विभिन्न योजना र अभियानसहित यो क्षेत्रको प्रवद्र्धन गर्न जरुरी छ । यो क्षेत्रको विकास प्रवद्र्धनका लागि कसले के–के काम गर्नुपर्छ ? नेपालमा र्‍याफ्टिङ काम गर्न अप्ठ्यारो होइन तर, सुधार गर्नुपर्ने धेरै ठाउँ छन् । नेपालको मौसम स्थिर नभएकोले हामी मौसममा अपडेट हुनुपर्दछ । खोला संवेदनशील भएकाले मौसमको पँर्वानुमान र यसको बहावलाई बुझ्नु जरुरी छ ।नेपालमा कम्पनीहरु धेरै छन् । एकअर्कामा प्रतिस्पर्धा बढ्दो छ । कति कम्पनीहरुले आवश्यक ज्याकेट कमसल खालका उपलब्ध गराइरहेका हुन्छन् । खोलामा जाँदा चाहिने गुणात्मक उपकरणहरु पर्याप्त छैन । यस्ता कुरामा ध्यान दिन जरुरी छ । काम गर्ने प्रक्रिया हेर्ने हो भने विभिन्न देशको आ–आफ्नै प्रक्रिया हुन्छ । त्यस्तो खालको एउटा सिस्टम बनाउन नेपालमा आवश्यक देखिन्छ । अर्को भनेको सर्टिफाइड कम्पनीहरुलाई अगाडि बढाउनुपर्छ । यस्तै, गुणात्मक गाइडहरु पर्याप्त छैनन्, जुन यो क्षेत्रलाई अगाडि बढाउन अति आवश्यक छ । लाइसेन्स प्राप्त गाइडहरुलाई प्रोत्साहन गर्नुपर्दछ । लाइसेन्स नभएकालाई पनि लिन प्रेरित गर्नुपर्दछ । यसको मूल्य मान्यताको बारेमा जान्न आवश्यक छ । नेपालमा यससम्बन्धी थुप्रै संघसंस्थाहरु छन् । तर, अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । सेवाभन्दा पनि पैसा असुल्ने काम बढी गरिएको छ । गुणात्मक सेवाको कमी छ । ठँलो समस्या भनेको क्वालिटी कन्ट्रोल कसले गर्ने भन्ने कुरा खड्किरहेको छ । नारा (नेसनल एसोसिएसन अफ र्‍याफ्टिङ) नेपाल र गाइडका संस्थाहरु पनि छन् । यिनीहरुले आफ्नो पाटोमा काम गरिरहेका छन् तर अझै पर्याप्त भएको छैन । बढ्दो सहरीकरणका कारण खोलाहरु मासिँदै गएका छन् । कतै धेरै जनघनत्व भएकाले खोला अतिक्रमण भइरहेका छन् त कतै सरकार र आमजनताको चासोको कमीले गिटी बालुवा उत्खनन् गर्ने कार्यले खोलाको रुप नै बिगारिसकेका छन् । जताततै ड्याम बनाउने प्रवृत्तिले पनि खोलाको स्वरुप बदलिएको छ । जब म सन् २०११ यस क्षेत्रमा करिअर बनाउन सकिन्छ भनेर हेरियो र अहिले हेर्दा विकासले अतिक्रमण भएको हो कि ? कुन खोलामा व्यावसायिक ¥याफ्ट गर्न मिल्छ भन्ने वर्गीकरण नभएकाले पनि समस्या भएको छ । सम्भावना भएका खोलालाई एउटा नीति नियम बनाएर संरक्षण गर्न सक्नुपर्छ । नेपालका खोलाहरु एकदमै राम्रा छन् । नेपालमा बसेर यो क्षेत्रमा काम गर्न मज्जा आउँछ । किनभने, नेपालको यो प्राकृतिक खोलामा रम्नुमा छुट्टै मज्जा छ । एक्सपिडिसन गर्न हाम्रो नेपाल एकदमै राम्रो देशमा पर्ने गर्दछ । तपाईं विदेश यात्रामा पनि गइरहनुहुन्छ, यहाँचाहिँ कुन–कुन समयमा काम गर्नुहुन्छ ? जुन महिनामा नेपालको मनसुन सुरु हुने भएर म स्वीट्जरल्याण्डमा काम गर्न जान्छु । त्यहाँ लगभग तीन महिना बस्छु । सेप्टेम्बरको अन्त्यमा नेपाल आउँछु । त्यहाँ यो महिनाको अन्त्यबाट पानी हुँदैन तर नेपालमा १२ महिना नै पानी हुने गर्दछ । [caption id="attachment_36073" align="alignnone" width="640"] स्वीट्जरल्याण्ड[/caption] नेपालको खोला ठूलो भए पनि केही खोलामा मात्र र्‍याफ्ट गर्ने गरिन्छ । खोलाको बहाव ठूलो हुने भएकाले यो समयमा र्‍याफ्टिङ बन्द नै हुने गर्छ । त्यसपछि तीन महिनासम्म विदेशीहरु आउँछन् । लगत्तै जाँडो महिना सुरु हुन्छ । त्यो समयमा कमै काम हुने गर्दछ । किनभने, हामीसँग राम्रो गिअर नभएकाले यो समयमा र्‍याफ्टिङ गर्दैनौँ । बाँकी समयमा हामी व्यस्त नै हुन्छौँ । यो क्षेत्र आम्दानीको हिसाबमा चाहिँ कस्तो हुन्छ ? यति नै भन्नेचाहिँ हुँदैन । म फ्रिलान्सर भएर काम गर्छु । सरदर दैनिक २५ सयदेखि सुरु हुन्छ । ट्रिप कस्तो किसिमको हुन्छ वा कामको प्रेसर र प्रक्रिया हेरेर थप पनि हुन्छ । नेपालमा लगभग म १५० दिनसम्म काम गर्ने गर्छु । विदेश (स्वीट्जरल्याण्ड)मा पनि काम गर्छु । त्यहाँ आधारभूत तलब तोकिएको हुन्छ । हालसम्ममा यति कमाए भन्ने छैन । जति काम गरिन्छ त्यहीअनुसार कमाइ हुने गर्दछ । यो क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट कुन हिसाबले भन्ने हुन्छ । नेपालको एउटा इतिहास लेख्न सहयोग गर्न सक्यौँ । विभिन्न चुनौतीहरु देख्यौँ, भेट्यौँ । तर, रमाइलो र भागीदार बन्न पाउँदा भोलिका दिनमा हाम्रो पछिल्लो पुस्ताले नेपालीले यो गरेका रहेछन् भन्ने पढ्न पाऊन् । व्यक्तिगत हिसाबले म सन्तुष्ट छु । पारिवारिक दृष्टिकोणले हेर्ने हो भने उहाँहरु सन्तुष्ट हुनुहुन्न । किनभने, यो क्षेत्र भनेको निकै जोखिमपूर्ण छ । तर, म नेपालको खोलानाला जोगाउन पनि यो क्षेत्रलाई अगाडि बढाउनुपर्छ भन्ने चाहन्छु । -दिपा सुनुवार  (तस्विरहरु  हरि आलेकाे facebook बाट साभार)
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०९:२६
#हरि_कायकर
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अन्तर्वार्ता
‘लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ’
‘लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ’ आइतबार, जेठ १८, २०८२
चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई
चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई शुक्रबार, वैशाख २६, २०८२
राजनीतिमा आउने नभएकाे र निर्देशनमा पनि नलाग्ने : हरिवंश आचार्य
राजनीतिमा आउने नभएकाे र निर्देशनमा पनि नलाग्ने : हरिवंश आचार्य मंगलबार, वैशाख १६, २०८२
नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे
नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे शुक्रबार, वैशाख ५, २०८२
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल बुधबार, चैत २७, २०८१
 प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन
 प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन आइतबार, फागुन ४, २०८१
संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह सोमबार, पुस २९, २०८१
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP