Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मानवले निम्त्याएको दुर्घटना
मानवले निम्त्याएको दुर्घटना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २३, २०७९
Hardik health
आइतबार विश्व वातावरण दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर यो दिवस मनाइँदै आएको छ । बढ्दो वातावरण विनासलाई न्यूनीकरण गरी पृथ्वीलाई जोगाउनु यसको मुख्य उद्देश्य रहेको छ । मानवलाई यो जगतकै सर्वश्रेष्ठ प्राणी मानिन्छ । तर, यही मानवका कारण पृथ्वीको आयु छोट्टिँदै गइरहेको छ । जतिजति मानिसको जनसंख्या बढ्दै गयो त्यत्ति प्रकृतिको विनास हुने क्रम बढ्यो । वनजंगल र प्राकृतिक स्रोतमाथिको दोहन बढ्दै गयो । आज पनि यो क्रम जारी नै छ । अर्कोतर्फ मानवले गरेका विभिन्न प्रविधिहरुको विकासले पनि वातावरण विनासमा सहयोगी भूमिका खेल्दै आएका छन् । प्रविधि र भौतिक पूर्वाधार विकासमा विश्वका राष्ट्रहरुबीच चलेको होडबाजीले यसमा थप बल मिल्यो । उद्योग, कलकारखानाको संख्या बढ्दै जाँदा त्यसले जलवायु प्रदूषण उच्च बिन्दुमा पुर्‍यायो । विशेषगरी औद्योगिक राष्ट्रहरुबाट उत्सर्जन हुने कार्बन जलवायु प्रदूषणको मुख्य कारक बनेको छ । यस्तो प्रदूषणले पृथ्वीको तापमान बढाउ“दै जोखिमतर्फ धकेलिरहेको छ । जलवायु प्रदूषणको असर विश्वभर परेको छ । त्यसमा नेपाल पनि अछुतो छैन । औद्योगिक राष्ट्रले थुपारेको कार्बन कहरमा नेपालजस्ता साना देशहरू जलवायु परिवर्तनको उच्च जोखिममा परेका छन् । हरेक वर्ष हिमनदी फुट्ने, हिमपहिरोे आउने र तल्लो तटीय क्षेत्र प्रभावित हुने गरेको छ । यस क्षेत्रका बासिन्दाले हरेक वर्ष हरेक वर्ष जलवायु परिवर्तनले निम्त्याएको विपत्तिको सामना गरिरहनु परेको छ । विभिन्न अध्ययनअनुसार नेपालको दूधकोशी, तमोर, कालीगण्डकी, अरुण, मुगु कर्णाली, सुनकोशी, भोटेकोशी, अरुण र त्रिशूलीजस्ता नदीमा पनि बाढीपहिरोे र हिमताल विष्फोट भएर आउने सम्भावना बढी देखिन्छ । नेपालको उत्तरी क्षेत्रमा मात्रै तीन हजार बढी हिमताल छन् । हिमनदीमा देखापरेको परिवर्तन र त्यसको निम्त्याएको जोखिम विनासकारी हुने कुरामा कुनै दुईमत छैन । एक अन्तर्राष्ट्रिय अध्ययनअनुसार सन् १९७५ देखि २००० को बीचमा प्रत्येक वर्ष औसतमा चार अर्ब टन बरफ पग्लिएको थियो भने, सन् २००० देखि २०१६ को बीचमा त्यसको मात्रा दोब्बर भएर आठ अर्ब टन पुगेको छ । अन्टार्टिकादेखि उत्तरी धुव्रसम्म पनि हिउँ र बरफको पग्ने क्रम असाध्यै बढेर गएको छ । जलवायु परिवर्तनका कारण संसारभर नै तापक्रममा वृद्धि भएको छ । पूर्वमा बर्मादेखि पश्चिममा इरानसम्मको उत्तरी क्षेत्रमा हिमाल र हिमशृंखला छन् । हिन्दूकुश क्षेत्रमा लामो समयदेखि वातावरण र जलवायुको क्षेत्रमा अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका अनुसार माथिल्लो हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको प्रभावले बाढीपहिरोेको वितण्डा मच्चाउन थालेको छ । गत वर्ष नेपालको मेलम्चीमा आएको बाढीपहिरोले सरकारी तथा निजी सम्पत्तिलाई बगरमा परिणत गर्नुको पछाडि पनि सोही कारण रहेको जानकारको भनाइ छ । हिमाली क्षेत्रमा सन् १९५० पछि नयाँ हिमताल बन्ने, हिमपहिरोे खस्ने, हिमनदी विस्तारित हुने क्रम बढेर गएको छ । सगरमाथा आरोहणमा जाने आरोहीअनुसार खुम्बु हिमनदीमा देखिएको परिवर्तन सबैभन्दा डरलाग्दो छ । इसिमोडका अनुसार कोशी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रमा मात्रै २१ ताल असाध्यै जोखिमपूर्ण अवस्थामा छन् । ती ताल विष्फोट भएको अवस्थामा तल्लो तटीय क्षेत्रका सयौँ बस्ती, जलविद्युत् आयोजना, सडक पूर्वाधारलगायत सम्पत्ति क्षणभरमा नै स्वाहा हुने खतरा उत्तिकै छ । त्यसकारण जलवायुजन्य यता विपत्तिबाट जोगिनका लागि अनुकूलनका योजना निर्माण गर्नु नै उपयुक्त हुन्छ । मावन सिर्जित कारणले नै दिनानुदिन प्रकृति र वातावरणमा गम्भीर असर गरिरहेकाले सबैभन्दा पहिले हामी नै सचेत हुन जरुरी छ । कार्बन उत्सर्जन हुने गतिविधि न्यूनीकरण गर्नुपर्छ । वृक्षारोपणलाई कर्मकाण्डी मात्र बनाउनु हुँदैन । वर्षमा एकदिन वातावरण दिवस मनाउने तर, बाँकी दिन वातावरण संरक्षण केही नगर्नु हामी आफैंले दुर्घटना निम्त्याउनु हो । यसर्थ, वातावरण र प्रकृति संरक्षणमा आजदेखि जुटौं । जलवायु परिवर्तनका कारण हुने विपत्तिबाट जोगिऔं र जोगाऔं ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP