Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महत्वाकांक्षी बजेट
महत्वाकांक्षी बजेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १६, २०७९
Ncell
Hardik health
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरे । कूल विनियोजनमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी, प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुट्याइएको छ । अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइने भनिएको छ । त्यस्तै, वैदेशिक ऋणबाट दुई खर्ब ४२ अर्ब २६ करोड र दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कूल चार खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने बजेटमा उल्लेख छ । विनियोजित बजे सबैभन्दा बढी सामान्य सार्वजनिक सेवा क्षेत्रमा ३१.९७ प्रतिशत रहेको छ । आर्थिक मामिलामातर्फ २६.०२ प्रतिशत, सामाजिक सुरक्षातर्फ ११.३४ प्रतिशत, शिक्षातर्फ १०.९८, स्वास्थ्यतर्फ ६.८७, आवास तथा सामुदायिक सुविधातर्फ ४.९४, सार्वजनिक शान्ति सुरक्षातर्फ ३.६५, रक्षातर्फ ३.०९, वातावरण संरक्षणतर्फ ०.६१ र मनोरञ्जन, संस्कृति तथा धर्मतर्फ ०.५४ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटमा ४६ अर्ब ५४ करोड ३९ लाख बजेट अबण्डा (कहा“ खर्च गर्ने भन्ने नखुलाइएको) राखिएको छ । विविध खर्च शीर्षकमा एक अर्ब ६४ करोड चार लाख र भइपरी आउने चालु खर्चतर्फ ४४ अर्ब ९० करोड ५५ लाख रुपैया“ बजेट राखिएको छ । यी शीर्षकमा राखिएको बजेट सरकारले पछि रकमान्तर गरेर खर्च गर्नुपर्छ । खर्चको कार्यक्रम नखुलाई राखिएको यस्तो बजेटलाई अपारदर्शी मानिन्छ । बजेटमा केही राम्रा प्रावधान समेटिए पनि समग्रमा यो बजेट महत्वाकांक्षी छ । यो हालसम्मकै ठूलो आकारको बजेट हो । कतिपय पूरा नहुने विषय पनि समेटिएका छन् । यो सरकारको आयु आउँदो मंसिरसम्म मात्र हो । अर्थात् संविधानअनुसार मंसिरभित्र प्रतिनिधिसभाको निर्वाचन हुनेछ । त्यसपछि नयाँ सरकार आउनेछ । यसर्थ, यो सरकारलाई चुनावी सरकार पनि भन्न सकिन्छ । तर, सरकारले पूर्णकालीन सरकारका रूपमा बजेट ल्याएको छ । प्रतिपक्ष दलका नेताहरुले चुनावलाई प्रभाव पार्नेगरी पनि बजेट ल्याएको आरोप लगाएका छन् । प्रतिपक्षले जुनसुकै बजेटको पनि आलोचना गर्ने हुँदा यो आरोपलाई स्वाभाविक मान्न सकिन्छ । तर, केही हदसम्म उनीहरुको आरोप सत्य देखिन्छ । अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न ऋणकै भर पनुपर्ने अवस्था छ । १२ खर्ब ४० अर्ब राजस्व र ५५ अर्ब ११ करोड वैदेशिक अनुदानबाट स्रोत जुटाउँदा पनि बजेटमा अपुग हुने रकम पूर्तिका लागि वैदेशिक दुई खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक दुई खर्ब ५६ अर्ब गरी कूल चार खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने बजेटमा उल्लेख छ । यसले ‘ऋण गरेर घिउ खाने’ नेपाली उखानलाई चरितार्थ गर्ने हो कि भन्ने चिन्ता देखिन्छ । सरकारले आफूले ल्याएको बजेटलाई कार्यान्वयन गर्न के–के गर्न सकिन्छ भन्ने विषयलाई खासै ध्यान दिएको पाइ“दैन । आफ्ना सीमा र प्राथमिकतालाई पनि नजरअन्दाज गरेको जस्तो देखिन्छ । तसर्थ, बजेट ल्याउनुमात्र ठूलो कुरा होइन, त्यसलाई कार्यान्वयन गर्नु प्रमुख विषय हो भन्ने कुरालाई आत्मसात् गरेको देखिँदैन । बजेटमा राखिएको आठ प्रतिशत आर्थिक वृद्धि र सात प्रतिशतमा मूद्रास्फिति सीमित गर्ने लक्ष्य भेट्टाउन निकै चुनौतीपूर्ण देखिन्छ । आगामी छ महिनापछि निर्वाचनमार्फत सरकार परिवर्तन हुने भएकोले समेत यो बजेट पूर्ण कार्यान्वयन हुनेमा आशंका देखिन्छ । यद्यपि, सरकारले आर्थिक वर्षको सुरुआतबाटै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक छ । सरकारको ध्यान यसतर्फ जाओस् ।  
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
दूरी घटाउने प्रधानमन्त्रीको कदम
दूरी घटाउने प्रधानमन्त्रीको कदम आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP