Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • समृद्धिको संकल्प पूरा होस्
समृद्धिको संकल्प पूरा होस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १५, २०७९
Ncell
Hardik health
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत ७५२ स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ । बाजुराको बूढीगंगामा भने विवाद भएपछि निर्वाचन आयोगले फेरि मतदान गर्न भनेको छ । आयोगले बाजुराका सिडिओ, डिएसपी र सशस्त्रका डिएसपीलाई जिम्मेवारीबाट हटाएर नयाँ कर्मचारी पठाउन पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ । बूढीगंगामा मतदान भएर अन्तिम नतिजा आएपछि यसपटकको स्थानीय निर्वाचन मैझारो हुनेछ । यसपटकको निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्न पुगेको छ भने महानगरतर्फ एमाले शून्य भएको छ । २०७२ सालमा नया“ संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको हो । मुलुक संघीय संरचनामा गएपछि बनेको स्थानीय तहको संरचनामा पहिलो पा“च वर्षको कार्यकाल अभ्यास भइसकेको छ । नयाँ संरचना र नयाँ अभ्यास भएको कारण पहिलो कार्यकालको सुरुआती वर्षहरु केही अलमलमा बिते । कानुन, कर्मचारी तथा भौतिक पूर्वाधारको अभाव, संघबाट हुनुपर्ने अधिकार प्रत्यायोजनमा भएका अलमल तथा कानुनी अस्पष्टतालगायत कारणले स्थानीय तहको कामले गति लिन केही वर्ष लाग्यो । तर, विस्तारै कानुन बनाउँदै, कर्मचारी समायोजन, भौतिक पूर्वाधार व्यवस्थापन तथा अष्पस्ट कानुनहरु सुधार गर्दै स्थानीय तहलाई स्थापित गर्ने काम पा“च वर्षको अवधिमा भएका छन् । अब निर्वाचित भएर आएका जनप्रतिनिधिले त्यस्तो अलमलमा समय बिताउनुपर्ने छैन । नेपालको संविधान २०७२ ले तीन तहको सरकार परिकल्पना गरेअनुसार स्थानीय तह आफैंमा स्वायत्त सरकार हो । त्यसैले स्थानीय तह विगतमा जस्तो संघ वा प्रदेशको एकाइ होइन । अहिलेको स्थानीय तहले आफैं नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने, कानुन निर्माण गरी स्थानीय सत्ता सञ्चालन गर्ने अधिकार पाएको छ । यद्यपि, संघ र प्रदेशस“गको समन्वयमा गर्नुपर्ने कामहरु संविधान र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा उल्लेख गरिएको छ, त्यसलाई पालना गर्नुपर्छ । विगतमा केन्द्रिकृत शासन प्रणालीका कारण विकासमा भएका असमानता, सबै जनताले राज्यको सेवा सुविधा पाउन नसक्ने विभेद्को अवस्थालगायतलाई चिर्दै राज्यशक्ति र स्रोतको विकेन्द्रिकरण गर्न मुलुकलाई संघीय संरचनामा लगिएको हो । यो परिवर्तनका लागि जनताले ठूलो बलिदान गरे । हजारौंले ज्यान गुमाए । हजारौं घाइते, अपांग भए । यी कुरालाई बिर्सनु हुँदैन । संघीय संरचनामा स्थानीय तह आफैंमा महत्वपूर्ण छ । जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार हो । विगतमा स्थानीय निकाय हुँदा त्यहाँबाट जनताले सीमित सेवाहरु मात्र पाउाथे । अहिले अधिकांश सेवाहरु स्थानीय तहबाटै जनताले पाएका छन् । पाँच वर्षको अवधिमा स्थानीय तहको सुशासन, विकास र जनतालाई प्रदान गर्ने सेवामा ठूलो परिवर्तन आएको छ । जनताबाट चुनिएका जनप्रतिनिधिहरुले उदाहरणीय काम पनि गरेका छन् । जसले संघीयताको जग स्थापित गर्ने आधार खडा गरेको छ । केही स्थानीय तहमा भएका गलत अभ्यासहरुले प्रश्न पनि उठाएको छ । भ्रष्टाचार, बेरुजुलगायत बढ्नु, जनप्रतिनिधिहरु काममा भन्दा विवादमा अल्झिनु आदि कारण समग्र स्थानीय तहको छविमा नै दाग लगाउने काम भएका छन् । यसबाट पाठ सिकेर मतदाताले नया“ प्रतिनिधि चुनेका छन् र, चुनिएका जनप्रतिनिधिले पनि अब समृद्धिको संकल्पलाई पूरा गर्नुपर्छ । ठूला–ठूला महत्वाकांक्षी योजना र सपनाभन्दा नागरिकको दैनिकीस“ग जोडिएका विषयलाई पहिलो प्राथमिकता दिनुपर्छ । जनतालाई स्थानीय सरकार भनेको हाम्रो सरकार हो भन्ने प्रत्याभूति दिलाउनुपर्छ । चुनावअघि गरिएका वाचाहरूलाई पूरा गर्ने समय आएको छ । जसरी वाचा गर्न सहज थियो, त्यसलाई कार्यान्वयन गर्न उत्तिकै चुनौतीपूर्ण छ । यी तमाम चुनौतीलाई पार गर्दै निर्वाचित जनप्रतिनिधिले आफ्नो पाँच वर्षे कार्यकाललाई अब्बल र उदाहरणीय बनाउन सकून्, समृद्धिको संकल्प पूरा गर्न सकून् । हार्दिक शुभकामना !
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
दूरी घटाउने प्रधानमन्त्रीको कदम
दूरी घटाउने प्रधानमन्त्रीको कदम आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP