Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • घोषणामा मात्रै सीमित नहोस् कार्यक्रम
घोषणामा मात्रै सीमित नहोस् कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ११, २०७९
Hardik health
सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । सरकारले यसपटक पनि महत्वाकांक्षी र लोकप्रिय कार्यक्रम समेट्ने कोसिस गरेको छ । आउँदो चुनावलाई लक्षित गरेर केही ‘पपुलिस्ट’ कार्यक्रम पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएका छन् । शिक्षक दरबन्दीमा पुनरवलोकन, दिवा खाजा कक्षा ८ सम्म विस्तार गर्ने, गैरसरकारी संस्था नियमन गर्ने कानुन बनाउने, लैंगिक तथा यौनिक अल्पसंख्यकको हित संरक्षणका लागि समन्वय एकाइ बनाउने, सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने, सुर्खेतको भेरीगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाउने, डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने, काठमाडौं–निजगढ द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय नीति तथा कार्यक्रममा अटाएका छन् । लुम्बिनी, पशुपति, जनकपुरधामलाई धार्मिक पर्यटनका रूपमा विकास गर्ने, ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गर्ने, दुई वर्षभित्र भूमि समस्या समाधान गर्ने, कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधनमा जोड्न ‘फार्म टु इण्डस्ट्री’, गुणस्तरीय बीउ विकासमा आत्मनिर्भर बनाउने, बोझिला संस्थानहरू खारेज गर्ने, सबै अस्पतालमा अनिवार्य विद्युतीय मेडिकल रेकर्ड बनाउने विषय समेटिएका छन् । यस्तै, नागरिकता विधेयक छिट्टै टुंग्याइने, २०८९ भित्र दिगो विकासको लक्ष्य प्राप्त गर्ने, माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्ने, स्याटेलाइट र प्रिन्टिङ प्रेस परियोजना अघि बढाउने, फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई प्राविधिक सहयोग गर्ने, कृषिलाई आर्थिक वृद्धि र रोजगारीको बलियो आधार बनाउने, सरकारी कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू गर्ने, कृष्णप्रसाद भट्टराई आमस ञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा ल्याइने, प्रांगारिक मलमा अनुदान र सि“चाइमा विद्युत् महसुल छुट दिने, चक्रपथबाहिर र भक्तपुरमा पनि मेलम्चीको पाइप विस्तार गर्ने, राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका योजनालाई बजेट नदिने विषय पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएका छन् । संघीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकता दिने, सबै प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने, शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन कानुनी सुधार र संस्थागत प्रबन्ध मिलाउने, बालश्रम रोक्न सरकारी र निजी प्रतिष्ठानमा ‘श्रम अडिट’ अनिवार्य गर्ने, सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइने विषय पनि नीति तथा कार्यक्रममा अटाएका छन् । यी विषय कार्यान्वयनमा आए भने साँच्चिकै देश कायापलट हुनेछ । देशको आर्थिक वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीमा उल्लेख्य प्रगति हुने देखिन्छ । विडम्बना हरेक वर्ष घोषणा हुने यस्ता सुन्दर र महत्वाकांक्षी योजना कार्यान्वयनमा भने सरकार सधैँ उदासीन बन्ने गरेको छ । सरकार परिवर्तनपिच्छे अघिल्लो सरकारले ल्याएका नीति तथा कार्यक्रम ओझेलमा पर्छन् । राजनीतिक दलहरूको अनुचित स्वार्थको कोपभाजनमा पर्ने गर्छन् यस्ता कार्यक्रम । त्यसकारण नीति तथा कार्यक्रम सुन्दर बनाएर मात्र हुँदैन । मुख्य कुरा त्यसको कार्यान्वयन हो । यसलाई व्यवहारमा उतार्नु हो । जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी लागू गर्नु हो । यसमा अब सरकार चुक्नु हुँदैन । नीति तथा कार्यक्रममा समेटिएका योजनालाई जीवन्त बनाउन आवश्यक बजेटको व्यवस्था गरी कार्यान्वयनमा लैजानुपर्छ । नीति तथा कार्यक्रममा समेटिएका विषय कार्यान्वयनका लागि आगामी बजेटमा के–कस्तो व्यवस्था गर्छ, त्यो हेर्न बाँकी नै छ । संविधानमा भएको व्यवस्था बमोजिम सरकाले जेठ १५ मा आगामी आवको बजेट ल्याउनेछ । सरकारलाई हाम्रो आग्रह– नीति तथा कार्यक्रममा समेटिएका विषय घोषणामा मात्रै सीमित हुने प्रवृत्ति तोडियोस् ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP