Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मूल्यवृद्धि फिर्ता लेऊ
मूल्यवृद्धि फिर्ता लेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १०, २०७९
Hardik health
महँगीले आमसर्वसाधारणको ढाड सेकिरहेका बेला सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । इन्धनमा मूल्य बढाएर नागरिकको दैनिकीलाई झन् कष्टकर बनाउने काम सरकारले गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि गरेपछि यसको चर्को विरोध भइरहेको छ । विभिन्न राजनीतिक दलनिकट विद्यार्थी र युवा संघ/संगठनले आन्दोलनका कार्यक्रम तय गरेका छन् । नागरिक तहबाट पनि सरकारको यो कदमको चर्को विरोध भइरहेको छ । निरन्तर मूल्यवृद्धि गरिरहेको सरकारले यसपटक पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँले मूल्य बढायो । हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य पनि प्रतिलिटर १० रुपैयाँले बढायो । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजन गरिएको नेपाल आयल निगम बताउँछ । मूल्य बढाउँदा पनि पेट्रोलमा मासिक एक अर्ब, डिजेलमा तीन अर्ब ४० करोड र एलपी ग्यासमा तीन अर्ब रुपैयाँ घाटा हुने देखिएको निगमको भनाइ छ । केही दिन पहिले मात्र भारत सरकारले इन्धनमा लगाएको कर कटाएर मूल्य घटायो । जसले त्यहा“का जनतालाई राहतको अनुभूति भयो । नेपालमा पनि सरकारले त्यही उपाय अवलम्बन गर्छ कि भन्ने आमजनमा झिनो आशा थियो । तर, हाम्रो सरकारले यसतर्फ सोचेन । बरु एकैपटक इन्धनमा भारी मूल्यवृद्धि गर्‍यो । इन्धनमा गरिएको मूल्यवृद्धिले केवल यसका उपयोगकर्तालाई मात्र असर गर्दैन । यसले चौतर्फी असर गर्छ । हरेक नागरिकको दैनिकीमा प्रत्यक्ष असर गर्छ । इन्धनको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुमा पनि मूल्य बढ्छ । यसै त अहिले पनि दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य तिर्न बाध्य भइरहेका उपभोक्ता सरकारको यो निर्णयबाट थप मारमा पर्ने निश्चित छ । न्यून आय भएका, दैनिक मजदुरी गरी गुजारा चलाउने मानिसका लागि झनै कठिन हुने छन् आगामी दिनहरू । जसले उनीहरूको दैनिकी कष्टकर मात्र होइन, बाँच्नै मुस्किल हुनेछ ।सरकार भनेको जनताको अभिभावक हो । जनताका समस्यालाई सरकारले उचित सम्बोधन गर्ने, जनताको दैनिकीलाई सहज, सरल र सुविधायुक्त बनाउने दायित्व सरकारको हो । नेपालको संविधान गास, बास र कपासलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । तर, यस्तो लाग्छ सरकार यस्ता विषयमा कानमा तेल हालिरहेको छ । भर्खरै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भयो । अधिकांश तहको अन्तिम परिणाम आइसकेको छ । निर्वाचित जनप्रनिधिले जिम्मेवारी सम्हालिरहेका छन् । विभिन्न ‘पपुलिस्ट’ निर्णय पनि गरिरहेका छन् । वास्तवमा स्थानीय सरकारलाई गाउँका सिंहदरबार पनि भनिन्छ । जनताको पहिलो र नजिकको सरकारका रूपमा स्थानीय सरकार रहेका छन् । एकपछि अर्को गर्दै भइरहेको मूल्यवृद्धि र त्यसले नागरिकको जीवनमा पारिरहेको असरबारे सरकारले सोच्नैपर्छ । नागरिकलाई सरकारको प्रत्याभूति गराउनैपर्छ । सरकारको नेतृत्वकर्ता र सत्तारुढ दलका नेतृत्वले पनि यस विषयमा ध्यान दिनैपर्छ । सरकार ‘जनतामारा’ हुनु हुँदैन । देश आर्थिक संकटमा गइरहेका बेला नागरिकलाई राहत दिने वा संकट समाधानका लागि विकल्प खोज्नुपर्ने बेला एकपछि अर्को गर्दै भइरहेको मूल्यवृद्धिले सरकारको असली चित्र देखाएको छ । सरकार जनता र जनजीविकाप्रति कति उदासीन छ भन्ने एउटा तीतो यथार्थ यो पनि हो । हामी सरकारलाई जोडदार माग गर्दछौं-आमनागरिकको दैनिकीलाई सजिलो बनाऊ । तत्काल मूल्यवृद्धि फिर्ता लेऊ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP