Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मूल्यवृद्धि फिर्ता लेऊ
मूल्यवृद्धि फिर्ता लेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १०, २०७९
Ncell
Hardik health
महँगीले आमसर्वसाधारणको ढाड सेकिरहेका बेला सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । इन्धनमा मूल्य बढाएर नागरिकको दैनिकीलाई झन् कष्टकर बनाउने काम सरकारले गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि गरेपछि यसको चर्को विरोध भइरहेको छ । विभिन्न राजनीतिक दलनिकट विद्यार्थी र युवा संघ/संगठनले आन्दोलनका कार्यक्रम तय गरेका छन् । नागरिक तहबाट पनि सरकारको यो कदमको चर्को विरोध भइरहेको छ । निरन्तर मूल्यवृद्धि गरिरहेको सरकारले यसपटक पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँले मूल्य बढायो । हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य पनि प्रतिलिटर १० रुपैयाँले बढायो । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजन गरिएको नेपाल आयल निगम बताउँछ । मूल्य बढाउँदा पनि पेट्रोलमा मासिक एक अर्ब, डिजेलमा तीन अर्ब ४० करोड र एलपी ग्यासमा तीन अर्ब रुपैयाँ घाटा हुने देखिएको निगमको भनाइ छ । केही दिन पहिले मात्र भारत सरकारले इन्धनमा लगाएको कर कटाएर मूल्य घटायो । जसले त्यहा“का जनतालाई राहतको अनुभूति भयो । नेपालमा पनि सरकारले त्यही उपाय अवलम्बन गर्छ कि भन्ने आमजनमा झिनो आशा थियो । तर, हाम्रो सरकारले यसतर्फ सोचेन । बरु एकैपटक इन्धनमा भारी मूल्यवृद्धि गर्‍यो । इन्धनमा गरिएको मूल्यवृद्धिले केवल यसका उपयोगकर्तालाई मात्र असर गर्दैन । यसले चौतर्फी असर गर्छ । हरेक नागरिकको दैनिकीमा प्रत्यक्ष असर गर्छ । इन्धनको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुमा पनि मूल्य बढ्छ । यसै त अहिले पनि दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य तिर्न बाध्य भइरहेका उपभोक्ता सरकारको यो निर्णयबाट थप मारमा पर्ने निश्चित छ । न्यून आय भएका, दैनिक मजदुरी गरी गुजारा चलाउने मानिसका लागि झनै कठिन हुने छन् आगामी दिनहरू । जसले उनीहरूको दैनिकी कष्टकर मात्र होइन, बाँच्नै मुस्किल हुनेछ ।सरकार भनेको जनताको अभिभावक हो । जनताका समस्यालाई सरकारले उचित सम्बोधन गर्ने, जनताको दैनिकीलाई सहज, सरल र सुविधायुक्त बनाउने दायित्व सरकारको हो । नेपालको संविधान गास, बास र कपासलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । तर, यस्तो लाग्छ सरकार यस्ता विषयमा कानमा तेल हालिरहेको छ । भर्खरै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भयो । अधिकांश तहको अन्तिम परिणाम आइसकेको छ । निर्वाचित जनप्रनिधिले जिम्मेवारी सम्हालिरहेका छन् । विभिन्न ‘पपुलिस्ट’ निर्णय पनि गरिरहेका छन् । वास्तवमा स्थानीय सरकारलाई गाउँका सिंहदरबार पनि भनिन्छ । जनताको पहिलो र नजिकको सरकारका रूपमा स्थानीय सरकार रहेका छन् । एकपछि अर्को गर्दै भइरहेको मूल्यवृद्धि र त्यसले नागरिकको जीवनमा पारिरहेको असरबारे सरकारले सोच्नैपर्छ । नागरिकलाई सरकारको प्रत्याभूति गराउनैपर्छ । सरकारको नेतृत्वकर्ता र सत्तारुढ दलका नेतृत्वले पनि यस विषयमा ध्यान दिनैपर्छ । सरकार ‘जनतामारा’ हुनु हुँदैन । देश आर्थिक संकटमा गइरहेका बेला नागरिकलाई राहत दिने वा संकट समाधानका लागि विकल्प खोज्नुपर्ने बेला एकपछि अर्को गर्दै भइरहेको मूल्यवृद्धिले सरकारको असली चित्र देखाएको छ । सरकार जनता र जनजीविकाप्रति कति उदासीन छ भन्ने एउटा तीतो यथार्थ यो पनि हो । हामी सरकारलाई जोडदार माग गर्दछौं-आमनागरिकको दैनिकीलाई सजिलो बनाऊ । तत्काल मूल्यवृद्धि फिर्ता लेऊ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
दूरी घटाउने प्रधानमन्त्रीको कदम
दूरी घटाउने प्रधानमन्त्रीको कदम आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP