Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महिला प्रतिनिधित्व कमजोर
महिला प्रतिनिधित्व कमजोर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ८, २०७९
Hardik health
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणम आउने क्रममा छ । प्राप्त परिणाम अनुसार प्रमुख पदमा महिला एकदमै न्यून चुनिएका छन् । कुनै पनि राजनीतिक दलले उम्मेदवारी दिँदा प्रमुख या उप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राज्यको उपल्लो तह र नीति निर्माणको क्षेत्रमा महिलाको सहभागिता बढाउन यस्तो व्यवस्था गरिएको हो ।संविधानको धारा ३८ को ४ मा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिताको विषय उल्लेख छ । तर, पनि यसमा दलहरू अनुदार देखिए । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ७५३ पालिकामध्ये १८ वटा पालिकाको प्रमुखमा मात्र महिला चुनिएका थिए । बा“की ७३५ पालिकाको प्रमुखमा पुरुष चुनिए । वडाध्यक्षमा महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छैन । त्यसले महिला सहभागितालाई कतिसम्म रोक्छ भन्ने अघिल्लो निर्वाचनको परिणाम हेर्दा प्रष्ट भइन्छ । प्रतिनिधित्व अनिवार्य नभनिएको वडाअध्यक्षमा ६ हजार ४७३ मध्ये ६२ जना मात्रै महिला निर्वाचित भएका थिए । उम्मेदवार छान्दा नै वडामा महिलालाई सीमित अवसर दिइएको थियो ।अघिल्लो चुनावको तुलनामा यसपटक पालिका प्रमुखमा महिलाको संख्या केही बढेपनि सन्तोषजनक भने छैन । दलहरूबीचको तालमेलका कारण प्रमुख पदमा महिलालाई उम्मेदवारी पाउनै सकस भयो । पाएको ठाउँमा पनि पार्टीभित्रकै असहयोग र अन्य कारणले हार ब्यहोर्नु पर्‍यो । पछिल्लो मतपरिणाम अनुसार २२ जना महिला पालिका प्रमुखमा निर्वाचित भएका छन् । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेका छन् । उनले जिते यो संख्या बढ्ने छ । निर्वाचन आयोगको तथ्यांक अनुसार प्रदेश १ मा पा“च, मधेश प्रदेशमा तीन, बामगती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा दुई, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुईवटा पालिकाको प्रमुखमा महिला उम्मेदवार निर्वाचित भएका छन् । यो निर्वाचनमा एमालेले पालिका प्रमुखमा ५५ महिलालाई उम्मेदवारको रुपमा अघि सारेको थियो । जसमा नौ जनाले चुनाव जितेकी छन् । कांग्रेसले ३१, माओवादीले ४७, एकीकृत समाजवादीले ३५ जनता समाजवादी पार्टीले २४ र लोकतान्त्रिक समाजवादी पार्टीले आठ जना महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएको थियो । यसमध्ये कांग्रेसबाट आठ जना महिला पालिका प्रमुख निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट तीन, एकीकृत समाजवादीबाट एक र लोसपाबाट एक जना महिला पालिका प्रमुख निर्वाचित भएका छन् । तथ्यांक हेर्दा भन्न सकिन्छ, दलहरूले उम्मेदवारीमै महिलाको प्रतिनिधित्व कम गराए । दोस्रो, उम्मेदवार बनाएपनि जिताउन सकेनन् । नेपालका विभिन्न राजनीतिक प्रतिवर्तनमा अतुलनीय योगदान गरेका महिलाहरूलाई लोकतन्त्र र गणतन्त्रका लागि लडेका हौं भन्ने दलहरूले यसरी उपेक्षा गर्नु अशोभनीय मात्र होइन, संविधानकै खिल्ली उडाएको रूपमा बुझ्नुपर्छ । निर्वाचन हुनुअघि निर्वाचन आयोगले एक मात्र पदमा उम्मेदवारी दि“दा महिला अनिवार्य गर्नु भनेर दलहरूलाई भनेको थियो । तर, ठूला दल र तिनका प्रमुख नेताहरूको दबाबमा आयोगले यो निर्णय फिर्ता लियो । जसको परिणाम गठबन्धनबाट उम्मेदवारी दि“दा धेरै तहमा प्रमुख, उपप्रमुख मा पुरुष नै भए । स्वाभाविक रूपमा परिणाम पनि त्यही अनुसार आउने नै भइहाल्यो । समानता र समावेशिताका जति चर्का भाषण गरेपनि व्यहारमा देखिएन भने त्यो केवल राजनीतिक खपतका लागि मात्र हुन्छ भन्ने यो एउटा बलियो उदाहरण हो । दलहरू साँच्चिकै महिला प्रतिनिधित्वका विषयमा प्रतिबद्ध छन् भने आउँदा निर्वाचनमा यस्ता गल्ती गर्नै हुँदैन । हरेक पार्टीमा रहेका महिला नेताहरूले अब विद्रोहको विगुल फुक्नैपर्छ । संविधानमै गरिएको व्यवस्था कार्यान्वयनमा अनुदार देखिएका पार्टी र नेतृत्वलाई दबाब दिनैपर्छ यसका लागि अर्को आन्दोलन छेड्नुपर्ने भएपनि तयार हुनैपर्छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP