Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महिला प्रतिनिधित्व कमजोर
महिला प्रतिनिधित्व कमजोर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ८, २०७९
Ncell
Hardik health
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणम आउने क्रममा छ । प्राप्त परिणाम अनुसार प्रमुख पदमा महिला एकदमै न्यून चुनिएका छन् । कुनै पनि राजनीतिक दलले उम्मेदवारी दिँदा प्रमुख या उप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राज्यको उपल्लो तह र नीति निर्माणको क्षेत्रमा महिलाको सहभागिता बढाउन यस्तो व्यवस्था गरिएको हो ।संविधानको धारा ३८ को ४ मा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिताको विषय उल्लेख छ । तर, पनि यसमा दलहरू अनुदार देखिए । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ७५३ पालिकामध्ये १८ वटा पालिकाको प्रमुखमा मात्र महिला चुनिएका थिए । बा“की ७३५ पालिकाको प्रमुखमा पुरुष चुनिए । वडाध्यक्षमा महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छैन । त्यसले महिला सहभागितालाई कतिसम्म रोक्छ भन्ने अघिल्लो निर्वाचनको परिणाम हेर्दा प्रष्ट भइन्छ । प्रतिनिधित्व अनिवार्य नभनिएको वडाअध्यक्षमा ६ हजार ४७३ मध्ये ६२ जना मात्रै महिला निर्वाचित भएका थिए । उम्मेदवार छान्दा नै वडामा महिलालाई सीमित अवसर दिइएको थियो ।अघिल्लो चुनावको तुलनामा यसपटक पालिका प्रमुखमा महिलाको संख्या केही बढेपनि सन्तोषजनक भने छैन । दलहरूबीचको तालमेलका कारण प्रमुख पदमा महिलालाई उम्मेदवारी पाउनै सकस भयो । पाएको ठाउँमा पनि पार्टीभित्रकै असहयोग र अन्य कारणले हार ब्यहोर्नु पर्‍यो । पछिल्लो मतपरिणाम अनुसार २२ जना महिला पालिका प्रमुखमा निर्वाचित भएका छन् । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेका छन् । उनले जिते यो संख्या बढ्ने छ । निर्वाचन आयोगको तथ्यांक अनुसार प्रदेश १ मा पा“च, मधेश प्रदेशमा तीन, बामगती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा दुई, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुईवटा पालिकाको प्रमुखमा महिला उम्मेदवार निर्वाचित भएका छन् । यो निर्वाचनमा एमालेले पालिका प्रमुखमा ५५ महिलालाई उम्मेदवारको रुपमा अघि सारेको थियो । जसमा नौ जनाले चुनाव जितेकी छन् । कांग्रेसले ३१, माओवादीले ४७, एकीकृत समाजवादीले ३५ जनता समाजवादी पार्टीले २४ र लोकतान्त्रिक समाजवादी पार्टीले आठ जना महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएको थियो । यसमध्ये कांग्रेसबाट आठ जना महिला पालिका प्रमुख निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट तीन, एकीकृत समाजवादीबाट एक र लोसपाबाट एक जना महिला पालिका प्रमुख निर्वाचित भएका छन् । तथ्यांक हेर्दा भन्न सकिन्छ, दलहरूले उम्मेदवारीमै महिलाको प्रतिनिधित्व कम गराए । दोस्रो, उम्मेदवार बनाएपनि जिताउन सकेनन् । नेपालका विभिन्न राजनीतिक प्रतिवर्तनमा अतुलनीय योगदान गरेका महिलाहरूलाई लोकतन्त्र र गणतन्त्रका लागि लडेका हौं भन्ने दलहरूले यसरी उपेक्षा गर्नु अशोभनीय मात्र होइन, संविधानकै खिल्ली उडाएको रूपमा बुझ्नुपर्छ । निर्वाचन हुनुअघि निर्वाचन आयोगले एक मात्र पदमा उम्मेदवारी दि“दा महिला अनिवार्य गर्नु भनेर दलहरूलाई भनेको थियो । तर, ठूला दल र तिनका प्रमुख नेताहरूको दबाबमा आयोगले यो निर्णय फिर्ता लियो । जसको परिणाम गठबन्धनबाट उम्मेदवारी दि“दा धेरै तहमा प्रमुख, उपप्रमुख मा पुरुष नै भए । स्वाभाविक रूपमा परिणाम पनि त्यही अनुसार आउने नै भइहाल्यो । समानता र समावेशिताका जति चर्का भाषण गरेपनि व्यहारमा देखिएन भने त्यो केवल राजनीतिक खपतका लागि मात्र हुन्छ भन्ने यो एउटा बलियो उदाहरण हो । दलहरू साँच्चिकै महिला प्रतिनिधित्वका विषयमा प्रतिबद्ध छन् भने आउँदा निर्वाचनमा यस्ता गल्ती गर्नै हुँदैन । हरेक पार्टीमा रहेका महिला नेताहरूले अब विद्रोहको विगुल फुक्नैपर्छ । संविधानमै गरिएको व्यवस्था कार्यान्वयनमा अनुदार देखिएका पार्टी र नेतृत्वलाई दबाब दिनैपर्छ यसका लागि अर्को आन्दोलन छेड्नुपर्ने भएपनि तयार हुनैपर्छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
दूरी घटाउने प्रधानमन्त्रीको कदम
दूरी घटाउने प्रधानमन्त्रीको कदम आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP