Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • औपचारिकतामा सीमित नहोस् प्रि-बजेट छलफल
औपचारिकतामा सीमित नहोस् प्रि-बजेट छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ५, २०७९
Hardik health
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल सुरु भएको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको उक्त प्रस्तावमाथि बुधबारको बैठकबाट छलफल सुरु भएको हो । आज बिहीबार राष्ट्रियसभामा पनि छलफल गर्ने कार्यतालिका छ । बुधबार प्रतिनिधिसभा बैठकको छलफलमा भाग लि“दै सांसदहरुले अर्थमन्त्रीले पेस गरेको प्रस्तावमाथि आ-आफ्नो सुझाव राखे । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले भने छलफलमा दिएका सुझाव समेटिनेमा आशंका रहेको बताए । अर्थमन्त्रीले बजेट तयार पारिसकेको र औपचारिकताका लागि मात्रै छलफल चलाइएको उनको आरोप थियो । उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवादमा पुग्ने आधार नदेखिएको, सार्वजनिक स्वास्थ्य तथा शिक्षाको सवलीकरणलाई बेवास्ता गरिएको बताए । छलफलमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, डा.बाबुराम भट्टराई, नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल, माओवादी केन्द्रका सांसद हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राखेका थिए । नेपालको संविधानमा व्यवस्था भएबमोजिम जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा पेस गर्नुपर्छ । त्यसको १५ दिनअघि नै प्रि–बजेट छलफल सम्पन्न हुनुपर्ने थियो । तर, स्थानीय तह निर्वाचनका कारण मंगलबारबाट मात्रै संसद्को बजेट अधिवेशन सुरु भएको छ । अर्थमन्त्रीले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न बुधबार र बिहीबार (जेठ ४ र ५) को समय तोकिएको छ । बजेट तयारीका क्रममा संसद्मा प्रि–बजेट (बजेटपूर्व) छलफल अनिवार्य मानिन्छ । र, यस्तो छलफल बजेट निर्माणका लागि महत्वपूर्ण हुन्छ । जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको सुझाव बजेटमा समेट्नु अर्थमन्त्रीको दायित्व हुन्छ । बजेटलाई जनमुखी र सबैलाई स्वीकार्य बनाउनका लागि पनि यो निकै महत्वपूर्ण प्रक्रिया हो । तर, एमाले सांसद भट्टराई संसद्को रोस्ट्रमबाटै छलफल औपचारिकताका लागि मात्रै भएको भनी लगाएको आरोपले संसद्मा हुने उक्त छलफलमाथि नै प्रश्न उठाएको छ । सांसदहरुले राखेका सुझाव सबै समेटिन्छन् भन्ने होइन । तर, छलफलमा उठेका महत्वपूर्ण सुझावहरुलाई अर्थमन्त्रीले ग्रहण गर्नैपर्छ । किनभने, बजेट प्रस्तुत गर्दा भोलि सबैले स्वीकार गर्न सक्ने बनोस् । यसले भोलि संसद्बाट बजेट पारित गर्नदेखि प्रभावकारी कार्यान्वयनमा समेत मद्दत पुग्ने गर्दछ । त्यसैले संसद्मा गरिने प्रि-बजेट छलफललाई अर्थमन्त्रीले गम्भीरताका साथ लिनुपर्छ । संसद्मा हुने छलफल र त्यसबाट आउने सुझावहरु तथा जनता, निजी क्षेत्र तथा विभिन्न क्षेत्रबाट आउने सुझावलाई पनि बजेटमा सम्बोधन गर्नु अर्थमन्त्रीको कर्तव्य हुन आउँछ । हुन त अर्थ मन्त्रालयले बजेट निर्माणका क्रममा सबै क्षेत्रबाट सुझाव संकलन गरेको हुन्छ । ती सुझावहरुलाई आवश्यकताका आधारमा अर्थ मन्त्रालयले बजेटमा समेट्न सक्छ, समेट्नुपर्छ । एमाले सांसद भट्टराईले भनेजस्तो औपचारिकताका लागि मात्र छलफल सीमित नगरियोस् । अन्यथा संसद्मा पि–बजेट छलफल चलाउनुको औचित्य रहँदैन । यसमा अर्थमन्त्री र सरोकारवाला अधिकारीहरुको ध्यान जान अवश्यक छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP