Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • औपचारिकतामा सीमित नहोस् प्रि-बजेट छलफल
औपचारिकतामा सीमित नहोस् प्रि-बजेट छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ५, २०७९
Ncell
Hardik health
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल सुरु भएको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको उक्त प्रस्तावमाथि बुधबारको बैठकबाट छलफल सुरु भएको हो । आज बिहीबार राष्ट्रियसभामा पनि छलफल गर्ने कार्यतालिका छ । बुधबार प्रतिनिधिसभा बैठकको छलफलमा भाग लि“दै सांसदहरुले अर्थमन्त्रीले पेस गरेको प्रस्तावमाथि आ-आफ्नो सुझाव राखे । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले भने छलफलमा दिएका सुझाव समेटिनेमा आशंका रहेको बताए । अर्थमन्त्रीले बजेट तयार पारिसकेको र औपचारिकताका लागि मात्रै छलफल चलाइएको उनको आरोप थियो । उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवादमा पुग्ने आधार नदेखिएको, सार्वजनिक स्वास्थ्य तथा शिक्षाको सवलीकरणलाई बेवास्ता गरिएको बताए । छलफलमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, डा.बाबुराम भट्टराई, नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल, माओवादी केन्द्रका सांसद हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राखेका थिए । नेपालको संविधानमा व्यवस्था भएबमोजिम जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा पेस गर्नुपर्छ । त्यसको १५ दिनअघि नै प्रि–बजेट छलफल सम्पन्न हुनुपर्ने थियो । तर, स्थानीय तह निर्वाचनका कारण मंगलबारबाट मात्रै संसद्को बजेट अधिवेशन सुरु भएको छ । अर्थमन्त्रीले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न बुधबार र बिहीबार (जेठ ४ र ५) को समय तोकिएको छ । बजेट तयारीका क्रममा संसद्मा प्रि–बजेट (बजेटपूर्व) छलफल अनिवार्य मानिन्छ । र, यस्तो छलफल बजेट निर्माणका लागि महत्वपूर्ण हुन्छ । जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको सुझाव बजेटमा समेट्नु अर्थमन्त्रीको दायित्व हुन्छ । बजेटलाई जनमुखी र सबैलाई स्वीकार्य बनाउनका लागि पनि यो निकै महत्वपूर्ण प्रक्रिया हो । तर, एमाले सांसद भट्टराई संसद्को रोस्ट्रमबाटै छलफल औपचारिकताका लागि मात्रै भएको भनी लगाएको आरोपले संसद्मा हुने उक्त छलफलमाथि नै प्रश्न उठाएको छ । सांसदहरुले राखेका सुझाव सबै समेटिन्छन् भन्ने होइन । तर, छलफलमा उठेका महत्वपूर्ण सुझावहरुलाई अर्थमन्त्रीले ग्रहण गर्नैपर्छ । किनभने, बजेट प्रस्तुत गर्दा भोलि सबैले स्वीकार गर्न सक्ने बनोस् । यसले भोलि संसद्बाट बजेट पारित गर्नदेखि प्रभावकारी कार्यान्वयनमा समेत मद्दत पुग्ने गर्दछ । त्यसैले संसद्मा गरिने प्रि-बजेट छलफललाई अर्थमन्त्रीले गम्भीरताका साथ लिनुपर्छ । संसद्मा हुने छलफल र त्यसबाट आउने सुझावहरु तथा जनता, निजी क्षेत्र तथा विभिन्न क्षेत्रबाट आउने सुझावलाई पनि बजेटमा सम्बोधन गर्नु अर्थमन्त्रीको कर्तव्य हुन आउँछ । हुन त अर्थ मन्त्रालयले बजेट निर्माणका क्रममा सबै क्षेत्रबाट सुझाव संकलन गरेको हुन्छ । ती सुझावहरुलाई आवश्यकताका आधारमा अर्थ मन्त्रालयले बजेटमा समेट्न सक्छ, समेट्नुपर्छ । एमाले सांसद भट्टराईले भनेजस्तो औपचारिकताका लागि मात्र छलफल सीमित नगरियोस् । अन्यथा संसद्मा पि–बजेट छलफल चलाउनुको औचित्य रहँदैन । यसमा अर्थमन्त्री र सरोकारवाला अधिकारीहरुको ध्यान जान अवश्यक छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
दूरी घटाउने प्रधानमन्त्रीको कदम
दूरी घटाउने प्रधानमन्त्रीको कदम आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP