Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एमाले अवरोधको अर्थ
एमाले अवरोधको अर्थ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ४, २०७९
Ncell
Hardik health
देशमा हुने ठूल–ठूला राजनीतिक परिवर्तनहरुमा राजनीतिक दलहरुको योगदान छ । व्यवस्था परिवर्तनका लागि दलहरु एक ठाउँमा उभिने गरेका छन् । तर, सधैँ उनीहरु एक ठाउँ रहन सक्दैनन् । उनीहरुको आफ्नो राजनीतिक नीति, सिद्धान्त, विचार वा कुनै प्राविधिक कारण पनि एउटै हुन सक्दैनन् । तर, विडम्बना जब उनीहरु एक हुन सक्दैनन् वा अलग हुन्छन् त्यो बेला एक अर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिछन् । खासगरी सत्ता सञ्चालक दल र प्रतिपक्षबीच हार्दिकतापूर्ण सम्बन्ध नहुँदा महत‍्वपूर्ण विषयमा समस्या हुने गर्छ । यसको उदहारणको रुपमा लिन सकिन्छ गत भदौ २३ गतेदेखि नेकपा एमालेले निरन्तर गरिरहेको संसद् अवरोध, जसलाई मंगलबारदेखि पूर्णविराम लगाएको छ । संसद् भनेको जनताको आवाज मुखरित गर्ने थलो हो । जनताले चुनेर पठाएका सांसदले जनताको प्रतिनिधिका रुपमा उनीहरुका समस्या र अप्ठ्याराहरुलाई राख्ने गर्छन् । नीति, निर्माणका काममा सहभागिता जनाउने गर्छन् । जनताहरु पनि आफूले चुनेर पठाएको प्रतिनिधिले आफ्ना मुद्दा राख्यो राखेन, जनसरोकारका विषयलाई उठायो, उठाएन भनेर हेर्ने गर्छन् । त्यसको प्रतीक्षा गर्ने गर्छन् । तर, विगत लामो समयदेखिको अवरोधले यो अवसर प्राप्त भएन । प्रमुख प्रतिपक्ष एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोध थालेको थियो । उसले आफ्नो पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले सूचना जारी नगरेको, एमाले विभाजनमा भूमिका खेलेको जस्ता आरोप लगाउँदै संसद्मा निरन्तर अवरोध गर्‍यो । नाराबाजी गर्‍यो । जसका कारण राष्ट्रिय मुद्दा र जनजीविकाका सवालमा सदनमा बहस, छलफल हुन पाएन । एमालेको अवरोधबीच सरकारले केही कर्मकाण्ड त पूरा गर्‍यो तर, सदन जनताको हुन सकेन । यसमा सरकार र प्रतिपक्ष दुवैको उत्तिकै भूमिका देखिन्छ ।अहिले आएर आफ्ना मुद्दा सुनुवाइ नभएको अवस्थामै एमाले सदनको अवरोध हटाउन किन तयार भयो ? प्रश्न त्यहाँनेर छ । के एमाले गलेको हो ? वा, सत्ता गठबन्धनसँग कुनै अदृश्य सहमति गरेको छ ? वा, अवरोधको औचित्य सकियो ? पक्कै पनि एमालेले यसको जवाफ दिनुपर्छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मंगलबारको प्रतिनिधिसभा बैठकमा रोस्ट्रमबाट धारणा राख्दै अवरोध फिर्ता लिएको बताए । आफ्नो दललाई विभाजन गरेर जानेहरुलाई जनताले उचित ढंगले फैसला गरेको र जनताको त्यही फैसलालाई शीरोधार्य गर्दै अवरोध फिर्ता लिएको ज्ञवालीले बताए । मुलुक एउटा कोर्समा गइसकेको हुनाले अवरोधलाई हटाउने निर्णयमा पुगिएको उनले बताए । उनले मुलुक झण्डै-झण्डै राष्ट्रिय संकटतर्फ धकेलि“दै गरेकोले यस विषयमा छलफल गर्न एमालेले विरोधको स्वरूपलाई परिवर्तन गरेको बताए । के यतिले मात्र एमाले अवरोधको औचित्य पुष्टि हुन्छ ? पक्कै हुँदैन । एमाले अवरोध हटाउन बाध्य हुनुको एउटा कारण हुन् राष्ट्रपति । राष्ट्रपतिले यही जेठ ७ गते सदनका सरकारको नीति तथा कार्यक्रम पढ्ने तय भएको छ । राष्ट्रपति व्यक्ति मात्र नभएका संवैधानिक संस्था हुन् । त्यसैमा झन् अहिलेको राष्ट्रपति एमाले आफैंले अघि सारेर बनाएको हो । त्यसकारण पनि एमालेले सदन अवरुद्ध गरिराख्न उचित ठानेन होला । एकातिर लामो समयको अवरोधले जनताका आवाज रँख्न नपाउनु र अर्कोतिर राष्ट्रपति सदनमा उपस्थित हु“दा अवरोध जारी राख्नु राजनीतिक रुपमा मात्र नभएर नैतिक रुपमा पनि नसुहाउने भएकाले एमाले संसद्को अवरोध हटाउने निर्णयमा पुगेको बुझ्न सकिन्छ ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
दूरी घटाउने प्रधानमन्त्रीको कदम
दूरी घटाउने प्रधानमन्त्रीको कदम आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP