Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • न्यून मतदानको सन्देश
न्यून मतदानको सन्देश
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १, २०७९
Ncell
Hardik health
मुलुक संघीय संरचनामा गएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । विभिन्न आशंकलाई चिर्दै सरकारले तोकेकै समय यही वैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न गरेको हो । निर्वाचन केही छिटफुट् घटनाबाहेक समग्रमा शान्तिपूर्ण रुपमा नै सम्पन्न भयो । यद्यपि, केही मतदान केन्द्रहरुमा विभिन्न दल, उम्मेदवारलगायतको विवादका कारण निर्वाचन स्थगित हुन पुग्यो । केही स्थानमा दुईपक्षबीच झगडा हुँदा ज्यानै जाने घटना पनि भए । राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि लुम्बिनी प्रदेशबाहेकका छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ मतदान केन्द्रमा मतदान स्थगन भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन २०७९ मा यसपालि विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी, छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत गरी ३९० निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गरेका छन् । यसपालि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा थिए । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा थिए । देशभरका सबै स्थानीय तहमा एकैपटक गरिएको निर्वाचनमा मतदाताको सहभागिता भने न्यून देखिएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको छ । यो सहभागिता सन्तोषजनक नभएको राजनीति विश्लेषकहरुले बताएका छन् । सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं महानगरपालिकामा करिब ५० प्रतिशतको हाराहारीमा मात्र मतदान भएको छ । आयोगका अनुसार काठमाडौंमा ५२ प्रतिशतमात्र मत खसेको छ । अन्य महानगरहरुमा पनि मतदान सन्तोषजनक देखिँदैन । सहरी क्षेत्रमा भएको न्यून सहभागिताले मुलुकभरको समग्र मतदान न्यून देखिएको हो । यसरी मतदाताको सहभागिता न्यून हुनुलाई विभिन्न पक्षबाट विश्लेषण भइरहेको छ ।आवधिक निर्वाचन लोकतन्त्रको आधार मानिन्छ । जनताले आफ्नो जनप्रतिनिधि आफैंले चुन्न पाउने अधिकारको सदुपयोग निर्वाचनबाट गर्ने गर्दछ । तर, निर्वाचनमा मतदाताको न्यून सहभागिता हुनुले निर्वाचन प्रणालीमाथिकै विश्वसनीयता कम भएको ठहरिने विश्लेषकहरुको भनाइ छ । यसरी कम सहभागिता हुनुमा दलहरूसँग जनताको विश्वास घट्नु, जनप्रतिनिधिहरुप्रति वितृष्ण जाग्नु, मतदाता शिक्षाको कमी हुनुलगायत देखिन्छ । यसले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन सक्छ । त्यसैले राजनीतिक दलहरूले जनतालाई विश्वासमा लिन आफैंमा सुधार थाल्न आवश्यक छ । यसपटकको स्थानीय तह निर्वाचनमा भएको न्यून मतदानले दिएको सन्देशलाई दलहरुले गम्भीर रुपमा लिनैपर्छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
दूरी घटाउने प्रधानमन्त्रीको कदम
दूरी घटाउने प्रधानमन्त्रीको कदम आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP