Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मौन अवधिको बेवास्ता
मौन अवधिको बेवास्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २९, २०७९
Hardik health
भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबार रातिदेखि मौन अवधि लागू गरिसकेको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । मतदान केन्द्रको ३०० मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन निर्देशिकामा उल्लेख छ । यो अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न निषेध गरिएको छ । निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाइँदैन । तर, यो कुरा कार्यान्वयन भएको देखिएन । विभिन्न राजनीतिक दलका शीर्ष तहकै नेता, कार्यकर्ता, शुभेच्छुक, उम्मेदवारका शुभेच्छुकहरू सामाजिक सञ्जालमार्फत् भटाभट भोट मागिरहेका छन् । मतदाताको घरदैलोमा पुगेर मतदातालाई दबाब दिने, प्रभाव पार्ने र अनुचित लाभका लागि प्रलोभन र धम्की दिने गरेका घटना बाहिरिएका छन् । कतिसम्म भने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मत मागेको भिडियो नै सामाजिक सञ्जालमा राखे । तर, मौन अवधिको उल्लंघन गरेको भनेर व्यापक आलोचना भएपछि उनले त्यसलाई हटाए ।उनी एउटा उदाहरण मात्र हुन् । प्रविधिको विकाससँगै धेरैले सामाजिक सञ्जालमार्फत् मत मागिरहेका छन् । पैसा तिरेर ‘बुस्ट’ गरिएका सामग्री अहिले पनि सर्वत्र छन् । आयोगले मौन अवधिको उल्लंघन गरे कारबाही गर्ने त भनेको छ तर, अहिलेसम्म कसैलाई कारबाही गरेको छैन । त्यसले पनि मानिसहरूमा हौसला बढेको हुन सक्छ । त्यसकारण आयोगले यस्ता आचारसंहितालाई ‘कर्मकाण्डी’ बनाउनु हुँदैन । नेपालमा संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक स्थानीय निर्वाचन हुँदै छ । आवधिक निर्वाचन भनेको लोकतन्त्रको सौन्दर्य हो । अझ स्थानीय तहलाई ‘गाउँका सिंहदरबार’ पनि भन्ने गरिएको हु“दा नागरिकले आफ्नो सरकारको नेतृत्व आफैं चुन्ने अवसर दोस्रोपटक पाउँदै छन् । जुन समय संघारमा छ । बितेका पाँच वर्षमा नागरिकले स्थानीय तहलाई आफ्नो सरकारका रूपमा अनुभूत गर्न पाए, पाएनन् ? त्यो समीक्षाको विषय होला । तर, देश संघीयताको अभ्यासका चरणमा रहेकाले केही कमी कमजोरी पक्कै भएका होलान् । ती कमजोरीलाई अबको नेतृत्वले पक्कै सच्याउनेछ । सच्याउनुपर्छ । त्यसकारण पनि मतदाताले योग्य, सक्षम र सफल नेतृत्व चयनका लागि आफ्नो मतको सदुपयोग गर्नुपर्छ । यो बेला राजनीतिक दल, उम्मेदवार र तिनका समर्थहरू संयम हुन जरुरी छ । मतदातालाई डर, धाकधम्की वा प्रलोभन देखाउने काम गैरराजनीतिक मात्र होइन, गैरकानुनी पनि हो ।विगतबाट पाठ सिक्दै, सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाउनुपर्छ । कुनै अप्रिय घटना नघटोस् भन्नका लागि चनाखो हुनैपर्छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको प्रमुख जिम्मेवारी हुने भएकाले यसमा ध्यान दिनैपर्छ । शान्ति, सुरक्षामा खलल् नपुगोस् भन्नका लागि चनाखो हुनैपर्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP