Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मौन अवधिको बेवास्ता
मौन अवधिको बेवास्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २९, २०७९
Ncell
Hardik health
भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबार रातिदेखि मौन अवधि लागू गरिसकेको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । मतदान केन्द्रको ३०० मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन निर्देशिकामा उल्लेख छ । यो अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न निषेध गरिएको छ । निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाइँदैन । तर, यो कुरा कार्यान्वयन भएको देखिएन । विभिन्न राजनीतिक दलका शीर्ष तहकै नेता, कार्यकर्ता, शुभेच्छुक, उम्मेदवारका शुभेच्छुकहरू सामाजिक सञ्जालमार्फत् भटाभट भोट मागिरहेका छन् । मतदाताको घरदैलोमा पुगेर मतदातालाई दबाब दिने, प्रभाव पार्ने र अनुचित लाभका लागि प्रलोभन र धम्की दिने गरेका घटना बाहिरिएका छन् । कतिसम्म भने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मत मागेको भिडियो नै सामाजिक सञ्जालमा राखे । तर, मौन अवधिको उल्लंघन गरेको भनेर व्यापक आलोचना भएपछि उनले त्यसलाई हटाए ।उनी एउटा उदाहरण मात्र हुन् । प्रविधिको विकाससँगै धेरैले सामाजिक सञ्जालमार्फत् मत मागिरहेका छन् । पैसा तिरेर ‘बुस्ट’ गरिएका सामग्री अहिले पनि सर्वत्र छन् । आयोगले मौन अवधिको उल्लंघन गरे कारबाही गर्ने त भनेको छ तर, अहिलेसम्म कसैलाई कारबाही गरेको छैन । त्यसले पनि मानिसहरूमा हौसला बढेको हुन सक्छ । त्यसकारण आयोगले यस्ता आचारसंहितालाई ‘कर्मकाण्डी’ बनाउनु हुँदैन । नेपालमा संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक स्थानीय निर्वाचन हुँदै छ । आवधिक निर्वाचन भनेको लोकतन्त्रको सौन्दर्य हो । अझ स्थानीय तहलाई ‘गाउँका सिंहदरबार’ पनि भन्ने गरिएको हु“दा नागरिकले आफ्नो सरकारको नेतृत्व आफैं चुन्ने अवसर दोस्रोपटक पाउँदै छन् । जुन समय संघारमा छ । बितेका पाँच वर्षमा नागरिकले स्थानीय तहलाई आफ्नो सरकारका रूपमा अनुभूत गर्न पाए, पाएनन् ? त्यो समीक्षाको विषय होला । तर, देश संघीयताको अभ्यासका चरणमा रहेकाले केही कमी कमजोरी पक्कै भएका होलान् । ती कमजोरीलाई अबको नेतृत्वले पक्कै सच्याउनेछ । सच्याउनुपर्छ । त्यसकारण पनि मतदाताले योग्य, सक्षम र सफल नेतृत्व चयनका लागि आफ्नो मतको सदुपयोग गर्नुपर्छ । यो बेला राजनीतिक दल, उम्मेदवार र तिनका समर्थहरू संयम हुन जरुरी छ । मतदातालाई डर, धाकधम्की वा प्रलोभन देखाउने काम गैरराजनीतिक मात्र होइन, गैरकानुनी पनि हो ।विगतबाट पाठ सिक्दै, सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाउनुपर्छ । कुनै अप्रिय घटना नघटोस् भन्नका लागि चनाखो हुनैपर्छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको प्रमुख जिम्मेवारी हुने भएकाले यसमा ध्यान दिनैपर्छ । शान्ति, सुरक्षामा खलल् नपुगोस् भन्नका लागि चनाखो हुनैपर्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो मंगलबार, असोज ६, २०८३
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP