Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मतदाताको उत्साह मर्न नदिऔं
मतदाताको उत्साह मर्न नदिऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २८, २०७९
Ncell
Hardik health
स्थानीय तह निर्वाचन आउन अब मात्र दुई दिन बाँकी छ । वैशाख ३० गते शुक्रबार मतदान हुँदै छ । मंगलबार मध्यरात १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा निर्वाचन प्रचारका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुको निर्वाचन लक्षित कार्यक्रम रोकिएका छन् । निर्वाचन आयोगले यस अवधिमा निर्वाचन आचारसंहिता उल्लंघनका गतिविधि गरे तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न आयोगले सचेत गराउँदै आएको छ । त्यसो त यसपालिको निर्वाचनमा अहिलेसम्म कुनै पनि अप्रिय घटना घटेका छैनन् । केही स्थानमा दुईपक्षबीच झडपका घट्ना भए पनि गम्भीर प्रकृतिका घट्ना नभएको गृह मन्त्रालयको भनाइ छ । सरकारले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न चारवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग)लाई परिचालन गरेको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायले सरकारले तोकिदिएको जिम्मेवारीअनुसार कर्मचारी खटाएको छ । विगतलाई हेर्दा निर्वाचनलाई प्रभावित पार्ने अवाञ्छित गतिविधि मौन अवधिमा हुने गरेको छ । त्यसैले यो बेला सुरक्षा चुनौती हुने गर्दछ । मौन अवधिमा मतदातालाई अनुचित प्रलोभन, डर, धाक धम्की देखाउनेलगायतका अवाञ्छित गतिविधि हुने जोखिम रहन्छ । यसतर्फ सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायहरुको ध्यान जान जरुरी छ । मतदान गर्ने दिन नजिकिँदै गर्दा निर्वाचनको माहोल तातिएको छ । मतदाताहरु मतदानका लागि उत्साहित देखिएका छन् । मतदानका लागि उत्साहका साथ मतदाताहरु आफ्नो निर्वाचन क्षेत्रमा फर्कने लहर केही दिनयता ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा अस्थायी बसोबास गरिरहेका अधिकांश मतदाताहरु आ–आफ्नो मतदाता नामावली भएको ठाउ“मा फर्किएस“गै सहरी क्षेत्रको भीडभाड पातलिँदै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले दैनिक उपत्यकामा आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औसतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेको ट्राफिक प्रहरीको अनुमान छ । कार्यालयका अनुसार सोमबारको तथ्यांक हेर्दा उपत्यकाबाट सात हजार ९११ सवारीमार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिने संख्या भने ४२ हजार ५४४ छ । अघि–पछि दैनिक भित्रिने र बाहिरिने मानिसको संख्या बराबरजस्तै हुने गरेकामा अहिले भने १० देखि १५ हजार बढी बाहिरिएका छन् । अबको दुई दिन यो क्रम अझै बढ्ने छ । मतदाताको यो उत्साहलाई मर्न नदिन निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरण सम्पन्न गरिनु आवश्यक छ । जनताले आफूले रोजेको उम्मेदवारलाई ढुक्कसाथ मतदान गर्न पाउने वातावरण बनाउनुपर्छ । यसका लागि सरोकारवाला सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्छ । निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति गरी मतदाताको उत्साहलाई मर्न नदिऔं । मतदान गर्नबाट कोही मतदाता वञ्चित नहुने वातावरण सिर्जना गरौं ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो मंगलबार, असोज ६, २०८३
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP