Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मतदाताको उत्साह मर्न नदिऔं
मतदाताको उत्साह मर्न नदिऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २८, २०७९
Hardik health
स्थानीय तह निर्वाचन आउन अब मात्र दुई दिन बाँकी छ । वैशाख ३० गते शुक्रबार मतदान हुँदै छ । मंगलबार मध्यरात १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा निर्वाचन प्रचारका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुको निर्वाचन लक्षित कार्यक्रम रोकिएका छन् । निर्वाचन आयोगले यस अवधिमा निर्वाचन आचारसंहिता उल्लंघनका गतिविधि गरे तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न आयोगले सचेत गराउँदै आएको छ । त्यसो त यसपालिको निर्वाचनमा अहिलेसम्म कुनै पनि अप्रिय घटना घटेका छैनन् । केही स्थानमा दुईपक्षबीच झडपका घट्ना भए पनि गम्भीर प्रकृतिका घट्ना नभएको गृह मन्त्रालयको भनाइ छ । सरकारले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न चारवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग)लाई परिचालन गरेको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायले सरकारले तोकिदिएको जिम्मेवारीअनुसार कर्मचारी खटाएको छ । विगतलाई हेर्दा निर्वाचनलाई प्रभावित पार्ने अवाञ्छित गतिविधि मौन अवधिमा हुने गरेको छ । त्यसैले यो बेला सुरक्षा चुनौती हुने गर्दछ । मौन अवधिमा मतदातालाई अनुचित प्रलोभन, डर, धाक धम्की देखाउनेलगायतका अवाञ्छित गतिविधि हुने जोखिम रहन्छ । यसतर्फ सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायहरुको ध्यान जान जरुरी छ । मतदान गर्ने दिन नजिकिँदै गर्दा निर्वाचनको माहोल तातिएको छ । मतदाताहरु मतदानका लागि उत्साहित देखिएका छन् । मतदानका लागि उत्साहका साथ मतदाताहरु आफ्नो निर्वाचन क्षेत्रमा फर्कने लहर केही दिनयता ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा अस्थायी बसोबास गरिरहेका अधिकांश मतदाताहरु आ–आफ्नो मतदाता नामावली भएको ठाउ“मा फर्किएस“गै सहरी क्षेत्रको भीडभाड पातलिँदै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले दैनिक उपत्यकामा आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औसतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेको ट्राफिक प्रहरीको अनुमान छ । कार्यालयका अनुसार सोमबारको तथ्यांक हेर्दा उपत्यकाबाट सात हजार ९११ सवारीमार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिने संख्या भने ४२ हजार ५४४ छ । अघि–पछि दैनिक भित्रिने र बाहिरिने मानिसको संख्या बराबरजस्तै हुने गरेकामा अहिले भने १० देखि १५ हजार बढी बाहिरिएका छन् । अबको दुई दिन यो क्रम अझै बढ्ने छ । मतदाताको यो उत्साहलाई मर्न नदिन निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरण सम्पन्न गरिनु आवश्यक छ । जनताले आफूले रोजेको उम्मेदवारलाई ढुक्कसाथ मतदान गर्न पाउने वातावरण बनाउनुपर्छ । यसका लागि सरोकारवाला सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्छ । निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति गरी मतदाताको उत्साहलाई मर्न नदिऔं । मतदान गर्नबाट कोही मतदाता वञ्चित नहुने वातावरण सिर्जना गरौं ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP