Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ठगीधन्दा बन्द गर
ठगीधन्दा बन्द गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २५, २०७९
Hardik health
स्वदेशमा रोजगारीका अवसर नहुँदा मानिसहरू वैदेशिक रोजगारीमा जाने गर्छन् । यो क्रम कहिलेसम्म चल्ने थाहा छैन । स्वदेशमै रोजगारीका प्रशस्त अवसर हुँदा पक्कै पनि विदेशिने रहर कसैलाई हुने थिएन । रोजगारीका लागि विदेशिनु रहर नभएर कहर हो भन्न तथ्य जगजाहेर नै छ । स्वदेशमै रोजगारीको अवसर पाउ“दा आफ्नो परिवारसँग बसेर सुख, दुःख साट्दै दुई/चार पैसा भए पनि यतै कमाइ हुन्थ्यो । जसले गर्दा दैनिक जीविका त चल्थ्यो नै, आफ्ना सन्तान र परिवारबाट टाढिएर कैयौं टाढा समुद्रपारि पुग्नुपर्ने बाध्यता हुने थिएन । तर, बिडम्बना यही बाध्यतामाथि ठगीको घन बजारिदिन्छन् कोही । यसैको उदाहरणको रूपमा लिन सकिन्छ वैदेशिक रोजगार विभागले हालै वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता गरेका मुद्दा । कानुनविपरीत वैदेशिक रोजगारीमा पठाउने धन्दा चलाउँदै आएको इन्टरनेसनल एक्स्पो एण्ड ट्राभल सर्भिस प्रालिविरुद्ध विभागले बिहीबार मुद्दा दायर गर्‍यो । पर्यटन व्यवसाय सञ्चालन गर्न अनुमति पाएको उक्त कम्पनीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने नाममा विभिन्न व्यक्तिहरूबाट डेढ करोड रूपैयाँभन्दा बढी रकम लिएर ठगी गरेको पाइएको हो । विभागको अनुसन्धानबाट १२२ जनाबाट एक करोड ६४ लाख आठ हजार रूपैयाँ ठगी गरेको पुष्टि भएको छ । उक्त कम्पनीले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजत नलिई वैदेशिक रोजगार ऐन–२०६४ को दफा ४३ विपरीतको कसूर गरेको अभियोगसहित विभागले न्यायाधिकरणमा मुद्दा दायर गरेको हो । यसैगरी, वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा अर्का दुईजनाविरुद्ध पनि विभागले न्यायाधिकरणमा मुद्दा दर्ता गरेको छ । बिहीबार दायर गरिएको उक्त मुद्दामा कास्कीकी सदीक्षा गुरुङ र उनकी आमा खिनसोभा गुरुङले एक व्यक्तिबाट ४१ लाख ५० हजार रूपैयाँ ठगी गरेको उल्लेख छ । विभागका अनुसार विभागमा परेको जाहेरीमाथि अनुसन्धान गर्नेक्रममा अभियुक्त सदीक्षा गत चैत २४ गते पक्राउ परिसकेकी छन् । सदीक्षा र खिनसोभाले पोखराका कुमार गुरुङलाई क्यानडा पठाइदिने नाममा ४१ लाख ४२ हजार ५०० रूपैयाँ रकम लिएर ठगी गरेको विभागको अनुसन्धानले ठहर गरेको छ । विभागले ठगीको रकममा २० लाख ९१ हजार २५० रूपैया“ हर्जनासहित ६२ लाख ७३ हजार ७५० रूपैयाँ असुल तथा कानुनबमोजिम कारबाही गर्नुपर्ने मागदाबीसहित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको जानकारी दिएको छ । विभागले वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा जेनिअस एजुकेसन एण्ड कन्सल्टेन्सी सर्भिसेस प्रालिका सञ्चालक सुजन भट्टराईलगायतविरुद्ध पनि वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । शुक्रबार दायर गरिएको मुद्दामा भट्टराईसहितका अभियुक्तहरूले युरोपका पोर्चुगल, स्पेन, फ्रान्सलगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट करिब तीन करोड रूपैयाँ ठगी गरेको विभागले उल्लेख गरेको छ । यसरी वैदेशिक रोजगारमा जान चाहनेहरूलाई ठगी गर्नु कानुनी रूपमा दण्डनीय त हुँदै हो, यो अपराध पनि हो । यस्ता अपराध कर्म गर्नेलाई कानुनबमोजिम हदैसम्मको सजाय हुनैपर्छ । वैदेशिक रोजगारमा पठाउने नाममा कुनै पनि प्रकारको ठगीधन्दा चलाउनु अक्षम्य हो । यसमा सरकार, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार न्यायाधिकरण सचेत बन्नैपर्छ । केही व्यक्तिको अपराधकर्मका कारण सिंगो वैदेशिक रोजगार व्यवसाय बदनाम हुनु हुँदैन । हुन दिनु हुँदैन ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP