Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ठगीधन्दा बन्द गर
ठगीधन्दा बन्द गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २५, २०७९
Ncell
Hardik health
स्वदेशमा रोजगारीका अवसर नहुँदा मानिसहरू वैदेशिक रोजगारीमा जाने गर्छन् । यो क्रम कहिलेसम्म चल्ने थाहा छैन । स्वदेशमै रोजगारीका प्रशस्त अवसर हुँदा पक्कै पनि विदेशिने रहर कसैलाई हुने थिएन । रोजगारीका लागि विदेशिनु रहर नभएर कहर हो भन्न तथ्य जगजाहेर नै छ । स्वदेशमै रोजगारीको अवसर पाउ“दा आफ्नो परिवारसँग बसेर सुख, दुःख साट्दै दुई/चार पैसा भए पनि यतै कमाइ हुन्थ्यो । जसले गर्दा दैनिक जीविका त चल्थ्यो नै, आफ्ना सन्तान र परिवारबाट टाढिएर कैयौं टाढा समुद्रपारि पुग्नुपर्ने बाध्यता हुने थिएन । तर, बिडम्बना यही बाध्यतामाथि ठगीको घन बजारिदिन्छन् कोही । यसैको उदाहरणको रूपमा लिन सकिन्छ वैदेशिक रोजगार विभागले हालै वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता गरेका मुद्दा । कानुनविपरीत वैदेशिक रोजगारीमा पठाउने धन्दा चलाउँदै आएको इन्टरनेसनल एक्स्पो एण्ड ट्राभल सर्भिस प्रालिविरुद्ध विभागले बिहीबार मुद्दा दायर गर्‍यो । पर्यटन व्यवसाय सञ्चालन गर्न अनुमति पाएको उक्त कम्पनीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने नाममा विभिन्न व्यक्तिहरूबाट डेढ करोड रूपैयाँभन्दा बढी रकम लिएर ठगी गरेको पाइएको हो । विभागको अनुसन्धानबाट १२२ जनाबाट एक करोड ६४ लाख आठ हजार रूपैयाँ ठगी गरेको पुष्टि भएको छ । उक्त कम्पनीले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजत नलिई वैदेशिक रोजगार ऐन–२०६४ को दफा ४३ विपरीतको कसूर गरेको अभियोगसहित विभागले न्यायाधिकरणमा मुद्दा दायर गरेको हो । यसैगरी, वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा अर्का दुईजनाविरुद्ध पनि विभागले न्यायाधिकरणमा मुद्दा दर्ता गरेको छ । बिहीबार दायर गरिएको उक्त मुद्दामा कास्कीकी सदीक्षा गुरुङ र उनकी आमा खिनसोभा गुरुङले एक व्यक्तिबाट ४१ लाख ५० हजार रूपैयाँ ठगी गरेको उल्लेख छ । विभागका अनुसार विभागमा परेको जाहेरीमाथि अनुसन्धान गर्नेक्रममा अभियुक्त सदीक्षा गत चैत २४ गते पक्राउ परिसकेकी छन् । सदीक्षा र खिनसोभाले पोखराका कुमार गुरुङलाई क्यानडा पठाइदिने नाममा ४१ लाख ४२ हजार ५०० रूपैयाँ रकम लिएर ठगी गरेको विभागको अनुसन्धानले ठहर गरेको छ । विभागले ठगीको रकममा २० लाख ९१ हजार २५० रूपैया“ हर्जनासहित ६२ लाख ७३ हजार ७५० रूपैयाँ असुल तथा कानुनबमोजिम कारबाही गर्नुपर्ने मागदाबीसहित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको जानकारी दिएको छ । विभागले वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा जेनिअस एजुकेसन एण्ड कन्सल्टेन्सी सर्भिसेस प्रालिका सञ्चालक सुजन भट्टराईलगायतविरुद्ध पनि वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । शुक्रबार दायर गरिएको मुद्दामा भट्टराईसहितका अभियुक्तहरूले युरोपका पोर्चुगल, स्पेन, फ्रान्सलगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट करिब तीन करोड रूपैयाँ ठगी गरेको विभागले उल्लेख गरेको छ । यसरी वैदेशिक रोजगारमा जान चाहनेहरूलाई ठगी गर्नु कानुनी रूपमा दण्डनीय त हुँदै हो, यो अपराध पनि हो । यस्ता अपराध कर्म गर्नेलाई कानुनबमोजिम हदैसम्मको सजाय हुनैपर्छ । वैदेशिक रोजगारमा पठाउने नाममा कुनै पनि प्रकारको ठगीधन्दा चलाउनु अक्षम्य हो । यसमा सरकार, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार न्यायाधिकरण सचेत बन्नैपर्छ । केही व्यक्तिको अपराधकर्मका कारण सिंगो वैदेशिक रोजगार व्यवसाय बदनाम हुनु हुँदैन । हुन दिनु हुँदैन ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो मंगलबार, असोज ६, २०८३
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP