Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कुण्ठित नबनोस् प्रेस स्वतन्त्रता
कुण्ठित नबनोस् प्रेस स्वतन्त्रता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २१, २०७९
Ncell
Hardik health
मंगलबार नेपाल पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको दिवसका असवसरमा सम्झना गरिन्छ । नेपालमा पनि समाचार लेखेकै कारण केही पत्रकार मारिएको इतिहास छ । अर्कोतिर, पत्रकारहरूको हकहित, सुरक्षा र पारिश्रमिकका विषयमा पटक-पटक आन्दोलन, धर्ना र विरोध प्रदर्शन भइरहन्छन् । यो अवस्था आजपर्यन्त छ । समाचार लेखेकै कारण पत्रकारले धम्की खेप्नुपर्ने, ज्यानको सुरक्षामाथि खतरा हुने, अनावश्यक मुद्दा, मामिलामा फस्नुपरेका  कैयौं घटना छन् । डेकेन्द्र थापादेखि वीरेन्द्र साह, उमा सिंहलगायतका पत्रकारहरूले समाचार लेखेकै कारण ज्यान गुगाउनुपर्‍यो । संविधानसभाबाट जारी भएको नेपालको संविधान,२०७२ को प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको विषय उल्लेख छ । तर, यसको कार्यान्वयन फितलो देखिन्छ । कुनै दस्तावेजमा लेखेर मात्र प्रेस स्वतन्त्रता हुँदैन भन्ने कुरा पटक-पटकका घटनाक्रमले देखाइसकेका छन् । खासगरी, राजनीतिक दल, व्यापारिक घरना वा कुनै स्वार्थ समूहले पत्रकारहरूलाई सधैँ अप्रत्यक्ष/अप्रत्यक्ष प्रयोग गर्न खोजिरहेको देखिन्छ । प्रभावित पार्ने कोसिस गर्ने, अनुचित दबाब दिने, मानसिक तथा भौतिक यातना दिनेजस्ता गतिविधि भइरहेका हुन्छन् । कुनै पनि पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन, लेखन र प्रकाशन/प्रसारण गर्न पाउनुपर्ने हो । तर, हामीकहा“ अनेक किसिमका दबाब र धम्कीको सामना गर्नुपरेका घटना छन् । कतिपय अवस्थामा पत्रकारहरूका पनि गल्ती होलान् । उनीहरूले आचारसंहिताविपरीत काम गर्दा नियमन गर्ने, सजाय दिने कानुनी बाटो छ । त्यसको प्रक्रिया छ । त्यता नलागेर सीधै उसमाथि मानसिक र शारीरिक हमला गर्नु पक्कै पनि राम्रो होइन । पत्रकारको भूमिका भनेको समाजमा रहेको उपेक्षित वर्ग र समुदायका पक्षमा आवाज बुलन्द गर्नु हो । सीमान्तकृत समुदायका आवाजलाई नीति, निर्माताको तहसम्म पुर्‍याउन पुलको काम गर्ने हो । राज्य र सार्वजनिक ओहोदामा रहेका व्यक्तिबाट हुने अनियमितताका बारेमा लेख्ने, बोल्ने हो । अनियमितता हुन नदिने, भएमा त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नका लागि राज्यलाई घच्घच्याउने काम प्रेस जगतको हो । अर्थात्, ‘वाचडग’का रूपमा मिडिया र मिडियाकर्मीले काम गर्नुपर्छ । यो हुँदै आएको पनि छ । त्यसकारण पत्रकारहरूले आफ्नो धर्म छोड्नु हुँदैन । गल्ती, अन्याय र अनियमितताका विरुद्ध लेख्न, बोल्न छोड्नु हुँदैन । सार्वजनिक निकाय वा ओहोदामा रहेका व्यक्तिहरूले वा कुनै पनि पक्षबाट प्रेस स्वतन्त्रता हनन् हुने खालका कुनै पनि गतिविधि हुनु हुँदैन । यसो भएको खण्डमा प्रेस स्वतन्त्रता रहँदैन । जहाँ प्रेस स्वतन्त्रता रहँदैन, त्यहाँ निमुखाहरूको आवाज दबाइन्छ । आवाजविहीनहरूको आवाज राज्यको उपल्लो तहमा पुग्दैनन् । यसर्थ, प्रेस स्वतन्त्रता हनन् हुने कुनै पनि प्रकारका गतिविधि कुनै पनि पक्षबाट हुनुहुँदैन ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो मंगलबार, असोज ६, २०८३
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP