Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कुण्ठित नबनोस् प्रेस स्वतन्त्रता
कुण्ठित नबनोस् प्रेस स्वतन्त्रता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २१, २०७९
Hardik health
मंगलबार नेपाल पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको दिवसका असवसरमा सम्झना गरिन्छ । नेपालमा पनि समाचार लेखेकै कारण केही पत्रकार मारिएको इतिहास छ । अर्कोतिर, पत्रकारहरूको हकहित, सुरक्षा र पारिश्रमिकका विषयमा पटक-पटक आन्दोलन, धर्ना र विरोध प्रदर्शन भइरहन्छन् । यो अवस्था आजपर्यन्त छ । समाचार लेखेकै कारण पत्रकारले धम्की खेप्नुपर्ने, ज्यानको सुरक्षामाथि खतरा हुने, अनावश्यक मुद्दा, मामिलामा फस्नुपरेका  कैयौं घटना छन् । डेकेन्द्र थापादेखि वीरेन्द्र साह, उमा सिंहलगायतका पत्रकारहरूले समाचार लेखेकै कारण ज्यान गुगाउनुपर्‍यो । संविधानसभाबाट जारी भएको नेपालको संविधान,२०७२ को प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको विषय उल्लेख छ । तर, यसको कार्यान्वयन फितलो देखिन्छ । कुनै दस्तावेजमा लेखेर मात्र प्रेस स्वतन्त्रता हुँदैन भन्ने कुरा पटक-पटकका घटनाक्रमले देखाइसकेका छन् । खासगरी, राजनीतिक दल, व्यापारिक घरना वा कुनै स्वार्थ समूहले पत्रकारहरूलाई सधैँ अप्रत्यक्ष/अप्रत्यक्ष प्रयोग गर्न खोजिरहेको देखिन्छ । प्रभावित पार्ने कोसिस गर्ने, अनुचित दबाब दिने, मानसिक तथा भौतिक यातना दिनेजस्ता गतिविधि भइरहेका हुन्छन् । कुनै पनि पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन, लेखन र प्रकाशन/प्रसारण गर्न पाउनुपर्ने हो । तर, हामीकहा“ अनेक किसिमका दबाब र धम्कीको सामना गर्नुपरेका घटना छन् । कतिपय अवस्थामा पत्रकारहरूका पनि गल्ती होलान् । उनीहरूले आचारसंहिताविपरीत काम गर्दा नियमन गर्ने, सजाय दिने कानुनी बाटो छ । त्यसको प्रक्रिया छ । त्यता नलागेर सीधै उसमाथि मानसिक र शारीरिक हमला गर्नु पक्कै पनि राम्रो होइन । पत्रकारको भूमिका भनेको समाजमा रहेको उपेक्षित वर्ग र समुदायका पक्षमा आवाज बुलन्द गर्नु हो । सीमान्तकृत समुदायका आवाजलाई नीति, निर्माताको तहसम्म पुर्‍याउन पुलको काम गर्ने हो । राज्य र सार्वजनिक ओहोदामा रहेका व्यक्तिबाट हुने अनियमितताका बारेमा लेख्ने, बोल्ने हो । अनियमितता हुन नदिने, भएमा त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नका लागि राज्यलाई घच्घच्याउने काम प्रेस जगतको हो । अर्थात्, ‘वाचडग’का रूपमा मिडिया र मिडियाकर्मीले काम गर्नुपर्छ । यो हुँदै आएको पनि छ । त्यसकारण पत्रकारहरूले आफ्नो धर्म छोड्नु हुँदैन । गल्ती, अन्याय र अनियमितताका विरुद्ध लेख्न, बोल्न छोड्नु हुँदैन । सार्वजनिक निकाय वा ओहोदामा रहेका व्यक्तिहरूले वा कुनै पनि पक्षबाट प्रेस स्वतन्त्रता हनन् हुने खालका कुनै पनि गतिविधि हुनु हुँदैन । यसो भएको खण्डमा प्रेस स्वतन्त्रता रहँदैन । जहाँ प्रेस स्वतन्त्रता रहँदैन, त्यहाँ निमुखाहरूको आवाज दबाइन्छ । आवाजविहीनहरूको आवाज राज्यको उपल्लो तहमा पुग्दैनन् । यसर्थ, प्रेस स्वतन्त्रता हनन् हुने कुनै पनि प्रकारका गतिविधि कुनै पनि पक्षबाट हुनुहुँदैन ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP