Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
विविध
  • Home
  • विविध
  • लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार
लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २०, २०७९
Banira giri
Hardik health
काठमाडौं-  दुई दशकदेखि नेपाली नाटक लेखन, निर्देशन तथा अभिनयमा सक्रिय रंगकर्मी पुरु लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार २०७९ प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले लम्साललाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कवि काइँलाले नेपाली सहित्यमा युवा सहभागिता उत्साहजनाक रूपमा रहेकाले साहित्यले मूल बाटो समात्न थालेको बताए । युवा जोस, जाँगर र अनुसन्धानले नै नेपाली साहित्यको फाँट हराभरा बनाउने उनको भनाइ छ । अघिल्लो पुस्ताले सुरु गरेका केही अभियान युवाले पूरा गर्नुपर्ने र नयाँ नयाँ आयामको ढोका खोल्नुपर्ने उनले बताए । कायक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपपूर्वकुलपति एवम् कवि डा विष्णुविभू घिमिरेले युवा अवस्था साहित्यका लागि उर्वर समय भएको बताए । ‘यसकारण पनि युवाले नै नेपाली साहित्यलाई निर्देश गर्नुपर्छ,’ उनले भने, ‘पुरु लम्साल युवा छ, सक्रिय छ र केही न केही गरिरहन्छ । उसको सक्रियता लोभलाग्दो छ ।’ यस्ता प्रतिभालाई बचाएर राख्नुपर्ने उनको सुझाव छ । लम्सालले नाटक मात्र नलेखेर अग्रज पुस्ताका लेखकको खोजी गरेर अहिलेको पुस्तामा चिनाउने काम पनि गरिरहेको घिमिरेले बताए । ‘अनि हरिभक्त फर्किएनन् वृत्तचित्र हरिभक्त कटुवाललाई अहिलेको पुस्तामा चिनाउने पुरुको एउटा उदाहरणीय कार्य हो,’ उनले भने । कार्यक्रममा वनिताश्री कथा रत्न सम्बुद्ध अभिनन्दन डा. दयाराम श्रेष्ठ सम्भवलाई र वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीलाई प्रदान गरियो । देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार बाल साहित्यकार प्रभा भट्टराईलाई र बाल साहित्यकार रामदेव पाण्डेलाई प्रदान गरिएको छ । वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान, समालोचक डा. शैलेन्दुप्रकाश नेपालले पाएका छन् । त्यसैगरी, वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार कथाकार मातृका पोखरेल (२०७८) र कथाकार इल्या भट्टराई (२०७९) लाई प्रदान गरिएको छ । कार्यक्रममा व्यथित काव्य वनिताश्री पुरस्कार कवि मनोज न्यौपाने (२०७९)लाई तथा वनिता शिक्षा र साहित्य पुरस्कार शिक्षासेवी गायत्री श्रेष्ठ (२०७८)लाई प्रदान गरियो । वनिता बहुआयामिक प्रतिभा पुरस्कार मोहन अभिलाषीलाई (२०७९), वनिताश्री उन्नति गीतसंगीत पुरस्कार गायिका संगीता थापा शाक्य (२०७८)लाई र नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगर (२०७९) लाई प्रदान गरिएको छ । वनिता विशेष वसुश्री–मधु पुरस्कार सञ्चारकर्मी भगवती बस्नेत (२०७८), वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार गायक जुजुकाजी रञ्जित (२०७८) र साहित्यकार धनकुटे कान्छा (२०७९)लाई, वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार राइजिङ स्टार बोर्डिङ स्कुलका साना नानीहरू र प्रिभा रेग्मी (२०७८ र २०७९ को संयुक्त)ले पाए । वनिता बाल कलाकार पुरस्कार कृशला श्रेष्ठ (२०७९) लाई प्रदान गरिएको छ । वनिता साहित्यिक त्रैमासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा समाजसेवी एवम् साहित्कार भद्राकुमारी घलेले शुभकामना मन्तव्य र प्राडा उषा ठाकुरले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम वनिता साहित्यिक त्रैमासिक पत्रिकाकी सम्पादक तथा प्रकाशक लक्ष्मी उप्रेतीको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप विविध
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP