Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • चेतावनी मात्रले पुग्दैन
चेतावनी मात्रले पुग्दैन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २०, २०७९
Ncell
Hardik health
यही ३० वैशाखका लागि तय स्थानीय निर्वाचनको तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ । धेरै जिल्लामा मतपत्र पुगिसकेको छ । छ वटा महानगर र भक्तपुरका लागि आयोगले मतपत्र छापिरहेको छ । यी क्षेत्रमा पनि केही दिनमा मतपत्र पुगिसक्नेछ । मतदान केन्द्र र मतदानस्थलका लागि सुरक्षाकर्मीले सुरक्षाको काम अघि बढाइसकेका छन् । निर्वाचन आयोगले पनि उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गरिसकेको छ । चुनाव चिह्न वितरणपछि उम्मेदवारहरू चुनावी घरदैलोमा व्यस्त बनेका छन् । जसरी चुनावी प्रचारको क्रम बढेको छ, उति नै आचारसंहिता उल्लंघनका घटना र अन्य अवाञ्छित गतिविधि पनि बढिरहेका छन् । आयोगले निर्वाचनका लागि यसअघि नै आचारसंहिता जारी गरिसकेको छ । जहाँ निकै कडाइ पनि गरिएको छ । तर, आचारसंहिता पालनामा उम्मेदवार र राजनीतिक दल सचेत देखिएनन् । उनीहरूले अटेर गरेको घटनाक्रमले देखाएको छ । आयोगले आचारसंहिताविपरीत काम गरेको भन्दै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, एमालेको तर्फबाट काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापित, नेपाली कांग्रेसका नेता शेखर कोइराला र स्थापितको विरोध गर्दै विज्ञप्ति जारी गरेको गैरसरकारी संस्था ओरेकलाई पनि सचेत गराउनु नै आचारसंहितामा दल र उम्मेदवार संवेदनशील छैनन् भन्ने पुष्टि हुनु हो । आयोगले आचारसंहिताविपरीतका काम गरे उम्मेदवारी रद्द गर्ने चेतावनी दिएको छ । तर, अब यस्तो चेतावनीले मात्र नपुग्ने देखिएको छ । आयोग चेतावनी दिँदै जाने तर, दल एवं उम्मेदवारबाट यसको परिपालना नहुने हो भने आचारसंहिताको कुनै अर्थ छैन । त्यसकारण आयोगले कारबाही गर्नैपर्छ । चेतावनी मात्र दिएर हु“दैन । जब आयोगले कानुनअनुसार कारबाही गर्छ, तब त्यो नजिर बन्छ । अनि, आचारसंहिताविपरीतका गतिविधि गर्ने जोकोही पनि सचेत हुन्छन् । आयोगले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन रोक लगाएको छ । तर, दिनदिनै यस्ता गतिविधि भइरहेका पाइएको छ । अनुगमनका क्रममा जथाभावी पोस्टर टाँसेको, झण्डा राखेको र भित्तेलेखन गरिएको पाइएको आयोगले नै स्वीकारीसकेको छ । निर्वाचन आयोगले कार्यान्वयनमा ल्याएको आचारसंहिता, २०७८ अनुसार सार्वजनिक भवन, उद्यान तथा सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न हुँदैन । कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र साइनबोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न पाइ“दैन भने पनि यस्ता गधिविधिहरू भइरहेको पाइएको छ । त्यसकारण आयोगले यसमा कदम चाल्नैपर्छ । आयोग स्वच्छ, स्वस्थ र भयरहित वातावरणमा निर्वाचन गराउन तयार छ । आयोग कुनै पनि प्रकारको दबाब र प्रभावमा छैन भन्ने जनतालाई विश्वास दिलाउन पनि आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने सन्दर्भमा आयोग निर्मम हुनैपर्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो मंगलबार, असोज ६, २०८३
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP