Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • श्रमिकको अधिकार सुनिश्चित गर
श्रमिकको अधिकार सुनिश्चित गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १९, २०७९
Ncell
Hardik health
आइतबार देशभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । नेपालको सन्दर्भमा पनि हरेक परिवर्तनहरूमा श्रमिक वर्गको अतुलनी योगदान छ । श्रमिक वर्गको उल्लेख सहभागिताले नै परिवर्तन ल्याउन भूमिका खेलेको बिर्सिन हु“दैन । २००७ को राणा शासनविरुद्ध, २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२/६३ को जनआन्दोलनमा श्रमिक वर्गको योगदान उल्लेखनीय रहेको थियो । त्यसैको जगमा देशमा गणतन्त्र स्थापना भयो । संविधानसभाबाट संविधान जारी भयो । तर, संविधानमा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरियो । संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ । श्रमिकको पारिश्रमिकको हकको सुनिश्चितता भएको छ । युनियन खोल्न पाउने र सामूहिक सौदाबाजीको हकको सुनिश्चितता गरिएको छ । औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ ।तर, संविधान र ऐनमा सुन्दर व्यवस्था गरिए पनि वास्तविकतामा भने श्रमिकको जीवन निकै कठिनपूर्ण छ । अहिले पनि ज्यालादारी मजदुरहरूको जिन्दगी सा“झबिहानको छाक कसरी टार्ने भन्नेमै बितिरहेछ । ठूलो किसिमको बिमार लाग्यो भने वा घरका कुनै सदस्य बिरामी परे भने आर्थिक जोहो गर्न निकै गाह्रो पर्ने स्थिति छ । संविधान र कानुनमा भएका कुरा व्यवहारमा पूर्णरूपमा लागू हुन सकेका छैनन् । अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौं श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम परिश्रमिकबाट वञ्चित छन् । दिनदिनै महँगी बढिरहेको छ । तर, श्रमिकको ज्याला बढेको छैन । अर्कोतिर स्वदेशमा कामको अभावमा युवा शक्ति विदेशिन बाध्य छ । श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतका श्रम अधिकार सार्थकरूपमा कार्यान्वयन हुन सकेका छैनन् । त्यसकारण, सबैभन्दा पहिले यसलाई कार्यान्वयन गर्नुपर्छ । विशेषगरी श्रमिक र रोजगारदाताको सम्बन्धमा आउने चिसोपनाले पनि समस्या हुने गरेका देखिन्छ । रोजगारदाताले कम सेवा सुविधामा बढी काम गराउन खोज्ने गरेका कारण समस्या हुने गरेको बताइन्छ । श्रमसम्बन्धी अन्य सुरक्षा कारण पनि यस्तो हुने गरेका पाइन्छ । खासमा रोजगारदाता र श्रमिकको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ । किनकि, श्रमिकविना कुनै पनि रोजगारदाता निकायको काम हुँदैन भने, रोजगारदाता निकायविना श्रमिकले काम पाउँदैनन् । यी दुईबीच अन्योन्याश्रित सम्बन्ध छ । तसर्थ, श्रमसम्बन्धी समस्याको समाधानका लागि यी दुवै पक्षबीच समझदारी नभई हुँदैन । औद्योगिक सम्बन्धको विकास एवं आर्थिक क्षेत्रका चुनौतीको सामना गर्न पनि रोजगारदाता र श्रमिकको सम्बन्ध समधुर हुन जरुरी छ । त्यसकारण सर्वप्रथम श्रमिकको सुरक्षा र अधिकारमा ध्यान दिन जरुरी छ । जब श्रमिकलाई सुरक्षाको प्रत्याभूति हुन्छ तब उसले आफ्ना सीप र श्रमलाई उपयोग गर्ने र निखार्ने अवसर पाउ“छ । राज्य र रोजगारदाताले यसमा ध्यान दिऔं ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो मंगलबार, असोज ६, २०८३
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP