Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचन सुरक्षामा ध्यान देऊ
निर्वाचन सुरक्षामा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १८, २०७९
Hardik health
वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचन आउन अब १२ दिन बाँकी छ । जसका लागि निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ भने उम्मेदवार र राजनीतिक दलहरूले पनि प्रचारप्रसारलाई तीव्र पारेका छन् । निर्वाचन कार्यक्रमअनुसार नै आयोगले शनिबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । दलीय उम्मेदवारले सम्बन्धित दलकै चुनाव चिह्न पाएका छन् भने बागी र स्वतन्त्र उम्मेदवारले लौरी, भूँइकटहर, गुलाफको फूल, खसीको टाउको, बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कंगारू, बँदेल, काग, चील, हाँस आँप, केरा, लालटिन, मुढा, घण्टाघर, ग्यास सिलिण्डर, प्रेसर कुकर, गिलास, चुलेसी र कपप्लेटलगायतका चुनाव चिह्न पाएका छन् । चुनाव चिह्न पाएसँगै अब प्रचारप्रसारको काम झन् तीव्र हुनेछ । नेपालमा संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक स्थानीय निर्वाचन हुँदै छ । आवधिक निर्वाचन भनेको लोकतन्त्रको सौन्दर्य हो । अझ स्थानीय तहलाई ‘गाउँका सिंहदरबार‘ पनि भन्ने गरिएको हुँदा नागरिकले आफ्नो सरकारको नेतृत्व आफैं चुन्ने अवसर दोस्रोपटक पाउँदै छन् । जुन समय संघारमा छ । बितेका पाँच वर्षमा नागरिकले स्थानीय तहलाई आफ्नो सरकारका रूपमा अनुभूत गर्न पाए, पाएनन् ? त्यो समीक्षाको विषय होला । तर, देश संघीयताको अभ्यासका चरणमा रहेकाले केही कमी कमजोरी पक्कै भएका होलान् । ती कमजोरीलाई अबको नेतृत्वले पक्कै सच्याउनेछ । सच्याउनुपर्छ । त्यसकारण पनि मतदाताले योग्य, सक्षम र सफल नेतृत्व चयनका लागि आफ्नो मतको सदुपयोग गर्नुपर्छ । अघिल्ला निर्वाचनहरू सम्झिने हो भने निर्वाचन प्रचारप्रसारका क्रममा विभिन्न अवाञ्छित गतिविधि हुन्छन् । मतदातालाई प्रभावमा पार्ने, धम्की दिने, प्रलोभन देखाउनेलगायतका गतिविधि हुन सक्छन् । चुनाव प्रचारप्रसारका क्रममा फरक-फरक उम्मेदवारका समर्थकबीच अस्वस्थ प्रतिस्पर्धा हुने, झैझगडा हुने र ज्यानै जानेसम्मका घटना भएका इतिहास छन् । त्यसकारण अब थप चनाखो हुनुपर्ने बेला आएको छ । आजदेखि चुनाव प्रचारको काम तीव्र हुने भएकाले यस्ता अवाञ्छित गतिविधि बढ्ने सम्भावना रहन्छ । यस्ता गतिविधि हुन नदिन शान्ति, सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्छ । राजनीतिक दल, उम्मेदवार र तिनका समर्थकहरू संयम हुन जरुरी छ । आफ्ना नीति, कार्यक्रम, योजना र विचार प्रस्तुत गरेर मतदातालाई भोटका लागि प्रेरित गर्नुपर्छ । त्योबाहेक डर, धाकधम्की वा प्रलोभन देखाउने काम गर्नुहुँदैन । यो गैरराजनीतिक मात्र होइन, गैरकानुनी पनि हो । चुनावी सुरक्षामा सहयोग पुर्‍याउन भनेर देशभर म्यादी प्रहरी पनि भर्ना गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत निर्वाचन सुरक्षाका लागि खटिने छन् । त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागले पनि निर्वाचन सुरक्षाका लागि निगरानी र रिपोर्टिङ गर्ने काम गर्नेछ । विगतबाट पाठ सिक्दै, सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाउनुपर्छ । कुनै अप्रिय घटना नघटोस् भन्नका लागि चनाखो हुनैपर्छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको प्रमुख जिम्मेवारी हुने भएकाले यसमा ध्यान दिनैपर्छ । शान्ति, सुरक्षामा खलल् नपुगोस् भन्नका लागि चनाखो हुनैपर्छ । यसमा सबैको ध्यान पुगोस् ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP