Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचन सुरक्षामा ध्यान देऊ
निर्वाचन सुरक्षामा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १८, २०७९
Ncell
Hardik health
वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचन आउन अब १२ दिन बाँकी छ । जसका लागि निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ भने उम्मेदवार र राजनीतिक दलहरूले पनि प्रचारप्रसारलाई तीव्र पारेका छन् । निर्वाचन कार्यक्रमअनुसार नै आयोगले शनिबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । दलीय उम्मेदवारले सम्बन्धित दलकै चुनाव चिह्न पाएका छन् भने बागी र स्वतन्त्र उम्मेदवारले लौरी, भूँइकटहर, गुलाफको फूल, खसीको टाउको, बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कंगारू, बँदेल, काग, चील, हाँस आँप, केरा, लालटिन, मुढा, घण्टाघर, ग्यास सिलिण्डर, प्रेसर कुकर, गिलास, चुलेसी र कपप्लेटलगायतका चुनाव चिह्न पाएका छन् । चुनाव चिह्न पाएसँगै अब प्रचारप्रसारको काम झन् तीव्र हुनेछ । नेपालमा संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक स्थानीय निर्वाचन हुँदै छ । आवधिक निर्वाचन भनेको लोकतन्त्रको सौन्दर्य हो । अझ स्थानीय तहलाई ‘गाउँका सिंहदरबार‘ पनि भन्ने गरिएको हुँदा नागरिकले आफ्नो सरकारको नेतृत्व आफैं चुन्ने अवसर दोस्रोपटक पाउँदै छन् । जुन समय संघारमा छ । बितेका पाँच वर्षमा नागरिकले स्थानीय तहलाई आफ्नो सरकारका रूपमा अनुभूत गर्न पाए, पाएनन् ? त्यो समीक्षाको विषय होला । तर, देश संघीयताको अभ्यासका चरणमा रहेकाले केही कमी कमजोरी पक्कै भएका होलान् । ती कमजोरीलाई अबको नेतृत्वले पक्कै सच्याउनेछ । सच्याउनुपर्छ । त्यसकारण पनि मतदाताले योग्य, सक्षम र सफल नेतृत्व चयनका लागि आफ्नो मतको सदुपयोग गर्नुपर्छ । अघिल्ला निर्वाचनहरू सम्झिने हो भने निर्वाचन प्रचारप्रसारका क्रममा विभिन्न अवाञ्छित गतिविधि हुन्छन् । मतदातालाई प्रभावमा पार्ने, धम्की दिने, प्रलोभन देखाउनेलगायतका गतिविधि हुन सक्छन् । चुनाव प्रचारप्रसारका क्रममा फरक-फरक उम्मेदवारका समर्थकबीच अस्वस्थ प्रतिस्पर्धा हुने, झैझगडा हुने र ज्यानै जानेसम्मका घटना भएका इतिहास छन् । त्यसकारण अब थप चनाखो हुनुपर्ने बेला आएको छ । आजदेखि चुनाव प्रचारको काम तीव्र हुने भएकाले यस्ता अवाञ्छित गतिविधि बढ्ने सम्भावना रहन्छ । यस्ता गतिविधि हुन नदिन शान्ति, सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्छ । राजनीतिक दल, उम्मेदवार र तिनका समर्थकहरू संयम हुन जरुरी छ । आफ्ना नीति, कार्यक्रम, योजना र विचार प्रस्तुत गरेर मतदातालाई भोटका लागि प्रेरित गर्नुपर्छ । त्योबाहेक डर, धाकधम्की वा प्रलोभन देखाउने काम गर्नुहुँदैन । यो गैरराजनीतिक मात्र होइन, गैरकानुनी पनि हो । चुनावी सुरक्षामा सहयोग पुर्‍याउन भनेर देशभर म्यादी प्रहरी पनि भर्ना गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत निर्वाचन सुरक्षाका लागि खटिने छन् । त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागले पनि निर्वाचन सुरक्षाका लागि निगरानी र रिपोर्टिङ गर्ने काम गर्नेछ । विगतबाट पाठ सिक्दै, सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाउनुपर्छ । कुनै अप्रिय घटना नघटोस् भन्नका लागि चनाखो हुनैपर्छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको प्रमुख जिम्मेवारी हुने भएकाले यसमा ध्यान दिनैपर्छ । शान्ति, सुरक्षामा खलल् नपुगोस् भन्नका लागि चनाखो हुनैपर्छ । यसमा सबैको ध्यान पुगोस् ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो मंगलबार, असोज ६, २०८३
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP