Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बन्द गरौं गालीको राजनीति
बन्द गरौं गालीको राजनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १५, २०७९
Ncell
Hardik health
भनिन्छ, राजनीति पनि समाजको ऐना हो । राजनीतिक नेतृत्व समाजका ‘आइडल’ हुन् । उनीहरूले गर्ने व्यवहार, उनीहरूको बोली जनताले हेरिरहेका हुन्छन् । नेताहरू कहाँ जान्छन्, कोसँग भेट्छन्, के बोल्छन्, के गर्छन् आदि इत्यादि कुरा आमजनको चासो हुन्छ । उनीहरू यसलाई नियालिरहेका हुन्छन् । भलै तत्काल प्रतिक्रिया नदेलान् । कुनै पनि राजनीतिक दलका नेताहरूले विपक्षीको आलोचन गर्नु स्वाभाविक हो । आफ्ना मुद्दालाई स्थापित गर्न विपक्षीले बोकेका मुद्दामाथि आलोचना गर्नुलाई राजनीतिक रूपमै स्वीकार्न सकिन्छ । तर, हाम्रा नेताहरू कस्ता भए भने विपक्षी नेता र पार्टीप्रति निकै अनुदार । निकै तल्लो स्तरमा झरेर गैरराजनीतिक टिप्पणी, लाञ्छना र गालीमा रमाउन थाले । मंगलबारमात्रै काठमाडौंमा भएको एउटा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरूप्रति अराजनीतिक टिप्पणी गरे । उनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले हालै सार्वजनिक गरेको घोषणापत्रप्रति कटाक्ष गर्दै ‘पागलहरूको प्रलाप’ भन्दै हियाए । यो अभिव्यक्तिले कुनै अमुक स्वास्थ्य समस्यासँग गुज्रिरहेकाहरूको आत्मसम्मानमा ठेस पुग्ने काम त गर्‍यो नै एउटा नेताले हामीलाई कस्तो संस्कार सिकाइरहेका छन् भन्ने चिन्ता पनि थप्यो । ओलीले यसरी आफ्नो पार्टी र घोषणापत्रप्रति टिप्पणी गरेपछि कांग्रेसका नेताहरूले मंगलबार नै जवाफ फर्काए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै एमालेको जस्तो ‘उडन्ते सपनाहरूको गफको पुलिन्दा’ लेख्न कांग्रेसलाई नआएको बताए । ओलीकै अभिव्यक्तिको जवाफ दिन बुधबार अर्का महामन्त्री गगन थापाले कार्यक्रम नै गरे । जहाँ उनले पनि ओलीप्रति कटाक्ष गरे । बूढो हुँदै गएको उनको शरीरमाथि टिप्पणी गरे । कुनै नेताले विपक्षीप्रति आक्षेप लगाउनु र अर्को पक्षले त्यसको खण्डन, प्रतिवाद गर्नु राजनीतिमा सामान्य रूपमै लिन सकिएला । तर, हामी आक्षेप पनि कस्ता लगाउँछौं, प्रतिवाद कसरी गर्छौं, जवाफ कसरी फर्काउ“छौं भन्ने कुरा निकै अर्थपूर्ण रहन्छ । माथि पनि चर्चा ग¥यौं कि राजनीति समाजको ऐना हो । राजनीतिज्ञ आइडल हुन् । जहा“ राजनीतिक चित्र र चरित्र प्रस्ट देखिन्छ । अरूको अनुहारमा लागेको धुलो औंल्याउ“दै गर्दा हाम्रो अनुहारको फोहोर के गर्ने ? यसतर्फ नेताहरू सचेत हुनैपर्छ । हामीलाई आदर्श मानेको पुस्ता वा साना नानीहरूले हाम्रा भाषण, टिप्पणी, अन्तर्वार्ता हेरेर, सुनेर के सिक्छन् भन्ने कुरामा सचेत हुनैपर्छ । हामी उनीहरूका अघोषित पथप्रदर्शक हौं । उनीहरूले हाम्रै अनुशरण गर्ने हुन् । अहिले त झन् चुनावको चटारो चलिरहेको छ । राजनीतिक दल र उम्मेदवारहरूका दैनिक सभा, सम्मेलन भइरहेका छन् । त्यहाँ उनीहरूले आफ्ना योजनाहरू सुनाउनुपर्ने हो । आफूलाई भोट किन हाल्ने र निर्वाचित भएपछि के गर्छु भन्ने कुराको विश्वासयोग्य आधारसहित जनतामा जानुपर्ने हो । तर, हाम्रा नेताहरू गालीलाई प्राथमिकता दिइरहेका छन् । आलोचनामा समय खर्चिरहेका छन् । यसले क्षणिक आनन्द र रमाइलो त प्रदान गर्ला तर, दीर्घकालीन रूपमा हित गर्दैन । जनतालाई आफूप्रति आकर्षित गर्न योजना सुनाउनुहोस् । त्यसको मार्गचित्र देखाउनुहोस् । जनतालाई विश्वस्त हुने आधार दिनुहोस् । जनतालाई ‘कन्भिन्स’ गर्नुहोस् । तर, नेताज्यू † गालीको राजनीति बन्द गरिदिनुहोस् । गालीको राजनीतिले न समाज सभ्य बन्छ, न देश । तसर्थ, सभ्य समाज निर्माणका लागि पनि गालीको राजनीति बन्द गरौं ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो
‘सिण्डिकेट’ रोक्न कूटनीतिक सक्रियताको खाँचो मंगलबार, असोज ६, २०८३
नागोया एसियाडमा स्वर्ण सपना
नागोया एसियाडमा स्वर्ण सपना आइतबार, असोज ४, २०८३
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर
छानबिन प्रतिवेदनहरु निष्पक्ष सार्वजनिक गर शुक्रबार, असोज २, २०८३
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज !
सडक सञ्जाल छिटो खोल, बेपत्ता खोज ! बिहीबार, असोज १, २०८३
बाढीप्रभावित बालबालिका जोगाऔं
बाढीप्रभावित बालबालिका जोगाऔं बुधबार, भदौ ३१, २०८३
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता
घरपझोङ जलवायु सम्मेलनको सान्दर्भिकता मंगलबार, भदौ ३०, २०८३
उपभोग्य वस्तुमा नियमन बढाऊ
उपभोग्य वस्तुमा नियमन बढाऊ सोमबार, भदौ २९, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP