Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
शनिबार, असोज १३, २०८०
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पाल्दोर_आरोहण
  • #शुभप्रवा_सेभिङ
  • #मनाङ_भ्याली_वाइन
  • #बाइक_राइडर
  • #गोल्डेन ट्रायांगल बाइक टुर
  • #सांकेतिक_भाषा_दिवस
  • #केएफसी रेष्टुरेन्ट
  • #विश्‍व_मुटु_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • प्रविधिमय स्थानीय तह
प्रविधिमय स्थानीय तह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १२, २०७९
IT_Local-Level
RBB RBB
पछिल्लो समयमा सरकार प्रविधिमैत्री बन्दै गएको छ । आजको दिनमा हरेक सरकारी कार्यालय, विभाग तथा केन्द्रहरूमा प्रविधिमैत्री सेवा दिन थालिएको छ । संघीय सरकारको यो प्रभाव स्थानीय सरकारले पनि अंगीकार गरेका छन् । मानव सभ्यताको विकास हुँदै आजको दिनसम्म आइपुग्दा प्रविधिले फड्को मारेको छ । मानिसको दैनिकीलाई सहज बनाउँदै, मानिसका आवश्यकताहरू पूरा गर्दै सुरु भएको प्रविधिको विकासक्रमले आज प्रविधि मानव जीवनको महत्वपूर्ण र अभिन्न अंग बन्न पुगेको छ । आजको दिनमा प्रविधि बिना मानिसको जीवन कल्पना पनि गर्न सकिन्न । प्रविधिमा मानिस अभ्यस्त भइसकेको छ । विश्वव्यापी रूपमा प्रविधि विकास यति छिटो गरी भइरहँदा नेपालजस्तो विकासोन्मुख देश पनि प्रविधिको विकासबाट अछुतो नरहनु राम्रो पक्ष हो । झन् बढ्दै गएको सूचना प्रविधि क्षेत्रको सचेतना र जागरुकताले सरकार पनि प्रविधिमा अभ्यस्त हुन बाध्य भएको छ । पछिल्लो समयमा सरकार प्रविधिमैत्री बन्दै गएको छ । आजको दिनमा हरेक सरकारी कार्यालय, विभाग तथा केन्द्रहरूमा प्रविधिमैत्री सेवा दिन थालिएको छ । संघीय सरकारको यो प्रभाव स्थानीय सरकारले पनि अंगीकार गरेका छन् । प्रविधिको द्रुत विकाससँगै यसलाई व्यवस्थित गर्न संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ निर्देशिका ल्याएको छ । गत वर्षको भदौ महिनादेखि सञ्चार मन्त्रालयले सरकारी वेबसाइट व्यवस्थापन गर्न उक्त निर्देशिका जारी गरेको थियो । जसअनुसार सम्पूर्ण सरकारी कार्यालयले अनिवार्य वेबसाइट निर्माण गरी सरकारी कार्यालयको वेबसाइटमा राखिने विषयवस्तु, वेबसाइटको निर्माण तथा प्रकाशन, वेबसाइटको प्रचारप्रसार, वेबसाइटको मूल्यांकन, अद्यावधिक गर्नुपर्छ । यो नियम संघीय सरकार मातहतका कार्यालयहरूमा मात्र होइन, स्थानीय तहको लागि पनि बनाइएको हो । आज हरेक प्रदेश सरकार र स्थानीय तहको आफ्नो छुट्टै वेबसाइट र मोबाइल एप देख्न सकिन्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागका अनुसार अहिले ७५३ वटै स्थानीय तहका मोबाइल एप्लिकेसनहरू उपलब्ध छन् । विभागले स्थानीय तहलाई प्रविधिमैत्री बनाउनको लागि २०७५ सालको साउन १८ गतेबाट सुरु गरेको सबै स्थानीय तहका लागि निर्मित एउटै मोबाइल एप्लिकेसनलाई अहिले सबै स्थानीय तहमा कार्यान्वयन गरिसकिएको छ । उक्त मोबाइल एप्लिकेसनबाट सम्बन्धित स्थानीय तहबाट नागरिकलाई प्रदान गरिने सेवा, कार्यक्रम, परियोजना, पालिकाको ऐन, नियम, वडाको विवरण, सहजै हेर्न सकिन्छ । कतिपय स्थानीय तहहरूको कर अनलाइनबाटै तिर्न सकिने व्यवस्था पनि गरिएको छ । हाल २० भन्दा बढी स्थानीय तहहरूमा विद्युतीय माध्यमबाट कर भुक्तानी गर्न सकिने व्यवस्था छ । जसमा काठमाडौं महानगरपालिका, नवलपुरस्थित मध्यबिन्दु नगरपालिका, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका, दाङको तुलसीपुर नगरपालिका, वीरगञ्ज नगरपालिका, बनेपा नगरपालिकालगायत छन् । केही स्थानीय तहले अनलाइन माध्यमबाटै नक्सा पास गर्ने सेवा पनि दिन थालेका छन् । यसमा तनहुँको व्यास नगरपालिका, रूपन्देहीको तिलोत्तमा नगरपालिका आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ । अनलाइन सेवा दिनेमात्र होइन स्थानीय तहले डेटा (तथ्यांक) सुरक्षामा पनि ध्यान दिन थालेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका, बुटवल उपमहानगरपालिकालगायतले ‘ओपन डेटा सोर्स’ प्रणालीलाई कार्यान्वयन गर्दै डेटाको व्यवस्थापन गर्न सुरु गरेको छ ।
प्रविधिको विकासलाई अँगाल्ने एउटा उदाहरणीय स्थानीय तहमा पर्छ, चाँगुनारायण नगरपालिका । ‘ओपन डेटा सोर्स’ प्रविधिको प्रयोग गर्दा चाँगुनारायण नगरपालिका विश्वमै चिनिन सफल भएको छ । मुलुकको सबैभन्दा सानो जिल्ला भक्तपुरमा पर्ने चाँगुनारायण नगरपालिका ‘ओपन डेटा प्लेटफर्म’ बनाउने विश्वकै १० उत्कृष्ट सहरभित्र पर्छ ।
स्थानीय तहहरू अनलाइन प्रणालीमा गएसँगै सेवाग्राहीले निकै राहत महसुस गर्न थालेका छन् । सूचना र प्रविधिको विकासले दुर्गम गाउँका बासिन्दाको स्थानीय तहमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकासलगायतका क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका साथै सूचनामा पहुँच बढेको छ । प्रविधिको विकासलाई अँगाल्ने एउटा उदाहरणीय स्थानीय तहमा पर्छ, चाँगुनारायण नगरपालिका । ‘ओपन डेटा सोर्स’ प्रविधिको प्रयोग गर्दा चाँगुनारायण नगरपालिका विश्वमै चिनिन सफल भएको छ । मुलुकको सबैभन्दा सानो जिल्ला भक्तपुरमा पर्ने चाँगुनारायण नगरपालिका ‘ओपन डेटा प्लेटफर्म’ बनाउने विश्वकै १० उत्कृष्ट सहरभित्र पर्छ । न्यूयोर्क विश्वविद्यालयअन्तर्गतको सिटी इन्क्युबेटर प्रोग्रामले आयोजना गरेको ‘ओपन डेटा पोलिसी ल्याब’ कार्यक्रमअन्तर्गत विश्वका अन्य नौ सहरसहित चाँगुनारायण नगरपालिका सूचीकृत भएको हो । यो आफैंमा गौरवशाली उदाहरण हो । यतिमात्र होइन, यस नगरपालिकाले भक्तपुरको दुवाकोटदेखि काठमाडौंको चन्द्रागिरिसम्म जिपीएस जडान गरिएको बस सञ्चालनमा ल्याएको छ । मोबाइल एपमार्फत नै यात्रुले यो बसलाई ट्र्याक गर्न सक्ने व्यवस्था गरिएको छ । यसले यो रुटमा गाडी चढ्ने यात्रुलाई बस ट्र्याक गरेर आफ्नो यात्रा तय गर्न सक्ने सुविधा दिएको छ । यस्तै स्थानीय तहमा प्रविधिको प्रयोगमा अर्काे राम्रो उदाहरण हो बुटवल नगरपालिका । गत चैतदेखि बुटवल नगरपालिकाले विद्युतीय घर नम्बरिङ प्रणाली सुरु गरेको छ । यो प्रणालीमार्फत सेवाग्राहीले सार्वजनिक कार्यालय, अस्पताल, शैक्षिक संस्था, पार्क, कृषि फार्म, बैंक, प्रहरी कार्यालय, सार्वजनिक शौचालय, घुम्न जाने ठाउँ अथवा निजी घरलगायतको ठेगाना गुगल अथवा मोबाइल एपमा सहजै पत्ता लगाउन सक्छन् । नगरपालिका मात्र होइन साना वडाहरूले पनि प्रविधिमार्फत दिइने सेवामा फड्को मारिरहेका छन् । अर्घाखाँचीस्थित मालारानी गाउँपालिकाको वडा नं. २ ले आफ्नो छुट्टै आधिकारिक एप बनाएको छ । यो एपमार्फत उक्त वडाभित्रका स्थानीयले वडाको विभिन्न कार्यक्रम, वडाबाट प्रदान गर्ने सेवा सुविधा, सेवा लिन चाहिने दस्तावेज, प्रक्रिया, शुल्क विवरणलगायतको जानकारी लिन सक्छन् ।
प्रविधिले सहज त बनाएको छ तर दुर्गम ठाउँहरूमा पुगेको यो अनलाइन सेवा त्यहाँका जनताहरूका लागि कति उपयुक्त छ वा छैन भन्ने कुरा मूल्यांकन गर्न जरुरी छ । स्थानीय तहहरूले मोबाइल एप तथा वेबसाइटबाट दिने सेवा सेवाग्राहीको लागि सहज भएको छ कि छैन त भन्ने विषयमा अध्ययन पनि हुनुपर्छ ।
यसमा मुख्य भूमिका नेपाल दूरसञ्चार प्राधिकरणले पनि खेलेको छ । दूरसञ्चारले सुरु गरेको ग्रामीण दूरसञ्चार परियोजनाअन्तर्गत सञ्चालनमा रहेको ब्रोडब्याण्ड कार्यक्रममार्फत् देशको दुर्गम ठाउँहरूमा फाइबर सेवा पुर्‍याइसकेको छ । अधिकांश ठाउँमा इन्टरनेट पहुँच पुगिसकेको छ । केही ठाउँमा भने अझै पुग्न बाँकी छ । यद्यपि, कुनै सेवा प्रदायकले ती दुर्गम ठाउँमा सेवा दिन चाहेको खण्डमा पूर्वाधारको कमी भने हुने छैन । यही परियोजनाअन्तर्गत इन्टरनेटमा सबै स्थानीय तहको पहुँच पुगेको छ । सुरुआत त भर्खर हुँदै छ तर कार्यान्वयन राम्रोसँग गर्न सकेन भने यो सुरुआतको कुनै औचित्य हुने छैन । नेपालमा अझै पनि आवश्यकताभन्दा लोकप्रियताका लागि निर्णय लिने प्रचलन यथावत नै छ । त्यसमाथि एउटा कुनै निकायले केही गर्‍यो भने अर्काले पनि त्यस्तै गर्ने चलन छ । हुन त जनताको सहजताका लागि स्थानीय तहहरूलाई प्रविधिमैत्री बनाइएको हो । तर हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पाटो हुन्छ भनेझैँ प्रविधिमैत्री बन्दै गइरहेको स्थानीय तहहरू आफैंले दिने सेवा आजको दिनमा कतिको प्रभावकारी छ, भोलिको दिनमा कसरी अगाडि बढ्छ र प्रविधिले निम्त्याउने चुनौतीहरूको विषयमा राम्रोसँग अध्ययन/विश्लेषण गरेको छ कि छैन भन्ने विषय महत्वपूर्ण छ । प्रविधिले सहज त बनाएको छ तर दुर्गम ठाउँहरूमा पुगेको यो अनलाइन सेवा त्यहाँका जनताहरूका लागि कति उपयुक्त छ वा छैन भन्ने कुरा मूल्यांकन गर्न जरुरी छ । स्थानीय तहहरूले मोबाइल एप तथा वेबसाइटबाट दिने सेवा सेवाग्राहीको लागि सहज भएको छ कि छैन त भन्ने विषयमा अध्ययन पनि हुनुपर्छ । त्यस्तै यी माध्यमहरू झन्झटिलो नभएको निक्र्याेल गर्नुपर्छ । होइन भने मोबाइलबाट कर तिर्न कुनै सेवाग्राही अरूको ढोकाढोकामा गई यो कसरी गर्ने भन्दै सहयोग खोज्न जाने स्थिति नआउला भन्न सकिन्न । आज पनि देशका कति जनता साक्षरसम्म पनि छैनन् । मोबाइल फोन त प्रयोग गर्छन् तर मोबाइलमा भिडियो हेर्नु र कुनै सरकारी कामको लागि फाराम भर्नुमा धेरै फरक छ । अनलाइनमा पनि कागजी दस्तावेज जस्तो लामो–लामो फाराम भर्नु सबैका लागि सहज नहुन सक्छ । अनलाइनभन्दा भौतिक रूपमा कार्यालय गएर काम गर्नु नै सजिलो भन्ने खालको प्रतिक्रिया आउनु भनेको सम्बन्धित निकायको असफलता हुनेछ । मोबाइल एप बन्नुमात्र प्रविधिमैत्री हुनु पक्कै होइन । अर्को कुरा सरकारले प्रत्येक स्थानीय तहको फरक-फरक मोबाइल एपभन्दा पनि सबै स्थानीय तहको एकीकृत प्रणाली विकासमा ध्यान दिनुपर्छ । एक जना सेवाग्राहीले सहजताको नाममा मोबाइलमा कतिवटा एप इन्स्टल गर्ने ? अनि एप इन्स्टल गरे पनि अनलाइन फाराम भर्न आएन अथवा सहज भएन भने के गर्ने ? यस्ता थुप्रै चुनौतीहरू अझै पनि छन् । भोलिका दिनमा अझ नयाँ-नयाँ चुनौती थपिनेछन् । प्रविधिको प्रयोगसँगै स्थानीय तहहरूले बुझ्नुपर्ने अर्काे कुरा डेटाको सुरक्षा पनि हो । सुविधा दिएर मात्र पुग्दैन, त्यसबाट हुनसक्ने साइबर असुरक्षाको विषयमा पनि स्थानीय तहहरूले ध्यान दिन आवश्यक छ । (प्रभाव दैनिकको नवौं वार्षिकोत्सव विशेषांकमा प्रकाशित)
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १३:५३
#अर्पना_मगर #स्थानीय-तह #वार्षिकोत्सव_विशेष
Adv Space Adv Space
प्रतिक्रिया दिनुहोस्
थप विचार
पत्रकारिताको अवस्था, चुनौती र सम्भावना
पत्रकारिताको अवस्था, चुनौती र सम्भावना शुक्रबार, असोज १२, २०८०
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलवाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलवाड बिहीबार, असोज ११, २०८०
विश्व मुटु दिवस  ‘मन लगाऔँ मुटु बचाऔँ’
विश्व मुटु दिवस  ‘मन लगाऔँ मुटु बचाऔँ’ बिहीबार, असोज ११, २०८०
क्रोधकला शिरोमणि कालु कुमाले
क्रोधकला शिरोमणि कालु कुमाले बुधबार, असोज १०, २०८०
सिंहदरबार भित्र धोकेबाज
सिंहदरबार भित्र धोकेबाज मंगलबार, असोज ९, २०८०
गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता
गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता बुधबार, असोज ३, २०८०
मान्छे हराउँदै गरेको देश
मान्छे हराउँदै गरेको देश मंगलबार, असोज २, २०८०
लोकप्रिय
  • Week
  • Month
बुबाको पदचापमा सुहाङ ! 
बुबाको पदचापमा सुहाङ ! 
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
मैतीदेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मैतीदेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शुभप्रवा को-अपरेटिभको १४औं वार्षिक साधारणसभा सम्पन्‍न
शुभप्रवा को-अपरेटिभको १४औं वार्षिक साधारणसभा सम्पन्‍न
बुबाको पदचापमा सुहाङ ! 
बुबाको पदचापमा सुहाङ ! 
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - सम्झना राई
- आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
- राजेन्द्र राना
- सुरज शाक्य
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2023 Prabhab Online. All Rights Reserved.