Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
वार्षिकोत्सव विशेष
  • Home
  • वार्षिकोत्सव विशेष
  • वैदेशिक रोजगारीको कहर
वैदेशिक रोजगारीको कहर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १३, २०८०
Surendra Paudel
सुरेन्द्र पौडेल - कसैले अनुमान लगाउन सक्छ पछिल्लो ३० वर्षमा कति जना नेपाली रोजगारी खोज्दै विदेशिए होलान् ?अधिकांशको जवाफ यस्तै हुन्छ, ‘धेरै गए ।’म यहाँ अनुमान होइन, तपाईंलाई यकीन तथ्यांक पेस गर्छु । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो ३० वर्षमा ६८ लाख ९५ हजार ४०१ जना नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । यो वैधानिक तरिकाले जानेको आँकडा हो । अवैध तरिकाले जानेको संख्या यहाँ जोडिएको छैन ।
पछिल्लो वर्षहरुमा एउटा गज्जबको ट्रेन्ड देखिएको छ– जुन देशमा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीको सिलासिलामा जाने गरेका छन्, तिनै देशसँग नेपालको व्यापार घाटा बढ्दो छ । अझ स्पष्ट भन्नुपर्दा ती देशसँग नेपालको आयात व्यापार ह्वात्तै बढेको छ । यसले के देखाउँछ भने– नेपालीलाई रोजगारी दिने देशले उनीहरुलाई प्रयोग गरी उत्पादन बढाइरहेका मात्र छैनन्, ती उत्पादन बिक्री गर्ने थलो नेपाललाई नै बनाइरहेका छन् ।
२०५० सालदेखि २०७९ चैत मसान्तसम्मको अवधिमा उनीहरुले वैदेशिक रोजगारबाट श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगारीमा जाने कूल संख्यामध्ये महिलाको संख्या ४.३२ प्रतिशत रहेको छ । बाँकी ९५.६८ प्रतिशत पुरुष छन् ।२०४६ सालको राजनीतिक परिवर्तनसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढ्न थालेको हो । देशभित्र रोजगारीको अभाव, भएका उद्योग कलकारखाना बन्द हुँदै जानु र राजनीतिक अस्थिरता हुँदा युवाहरु रोजगार खोज्न विदेश जानेक्रम बढ्दै गयो । र, २०७९ सालको अन्त्यसम्म आइपुग्दा यो संख्या करिब ६९ लाख पुग्यो ।राष्ट्रिय जनगणना २०७८ ले १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना नेपाली नेपालमा अनुपस्थित रहेको देखाएको छ । अर्थात् उनीहरु धेरैजसो रोजगार खोज्दै विदेशिएका छन् । यसरी देशमा अनुपस्थित जनसंख्यामा १७ लाख ९९ हजार ६७५ पुरुष र तीन लाख ९० हजार ९१७ जना महिला छन् ।वैदेशिक रोजगार विभागको तथ्यांकले स्पष्ट के देखाउँछ भने २०५० सालबाट वैदेशिक रोजगारीमा जानेको संख्या त्यसअघिको तुलनामा बढेको छ । आर्थिक वर्ष २०५०/५१ देखि २०६२/६३ सम्म सात लाख ५८ हजार ६७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । यसपछि वैदेशिक रोजगारीमा जानेको संख्या झन् ह्वात्तै बढेको छ । तथ्यांकले प्रत्येक राजनीतिक परिवर्तन वा उतारचढावपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झन् बढ्ने गरेको देखाएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि वैदेशिक रोजगारीमा जानेक्रमको सुरुआत भयो । २०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र विद्रोह सुरु गरेपछि यसले झन् गति लियो । २०६२/६३ को जनआन्दोलनपछि त वैदेशिक रोजगारीमा जानेको संख्या उत्कर्षमा पुग्यो । अर्थात् कुनै पनि राजनीतिक परिवर्तनले युवाहरुलाई देशभित्र रोक्न सकेको देखिँदैन । देशमा गणतन्त्र आएपछि अर्थात् आर्थिक वर्ष २०६३/६४ देखि २०७९ चैत मसान्तसम्ममा ६१ लाख ३६ हजार ७२९ जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा मात्र छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्ष २०७९/८० मा यो संख्या अझै बढ्ने देखिन्छ । यो तथ्यांकले स्पष्ट देखाउँछ वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । वैदेशिक रोजगारीमा गएकाहरुले देशमा पठाउने रेमिट्यान्सले नै अहिले नेपालको अर्थतन्त्र जोगाइराखेको छ । मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा करिब २५ प्रतिशत हिस्सा रेमिट्यान्सको रहेको छ । अर्थात् रेमिट्यान्सले अर्थतन्त्रलाई धानिरहेको छ ।कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो १४ वर्षमा ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०६५/६६ देखि २०७/७९ सम्मको अवधिमा उक्त रेमिट्यान्स नेपाल भित्रिएको हो । सो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा नौ खर्ब ८६ अर्ब रुयैयाँ भित्रिएको देखिन्छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०६५/६६ मा दुई खर्ब नौ अर्ब सात करोड रुपैयाँ, २०६६/६७ मा दुई खर्ब ३१ अर्ब सात करोड रुपैयाँ, २०६७/६८ मा दुई खर्ब ५३ अर्ब छ करोड रुपैयाँ, २०६८/६९ मा तीन खर्ब ५९ अर्ब छ करोड रुपैयाँ, २०६९/७० मा चार खर्ब ३४ अर्ब छ करोड रुपैयाँ, २०७०/७१ मा पाँच खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा छ खर्ब १७ अर्ब रुपैयाँ र २०७२/७३ मा छ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा छ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४/७५ मा सात खर्ब ५५ अर्ब रुपैयाँ, २०७५/७६ मा आठ खर्ब ७९ अर्ब तीन करोड रुपैयाँ, २०७६/७७ मा आठ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७/७८ मा नौ खर्ब ६१ अर्ब एक करोड रुपैयाँ र २०७८/७९ मा नौ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ । १४ वर्षमा करिब ११ हजार काठको बाकसमा फर्किए रेमिट्यान्स भित्रेको कुराले मनलाई क्षणिक पुलकित त बनाउँला तर त्यो रेमिट्यान्स कसरी भित्रिरहेको छ भन्ने जान्दा मनलाई तर्साउँछ । वैदेशिक रोजगारीमा जानु कति जोखिम छ त्यो जानेहरुलाई मात्र थाहा छ । रेमिट्यान्सको हिसाब मात्र गर्नेले यसलाई बुझ्न कठिन छ । वैदेशिक रोजगारीमा जानेको दुःख र पीडा मृत्युको आँकडाले देखाउँछ । वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १० हजार ९३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २७० जना महिला र १० हजार ६६२ जना पुरुष रहेका छन् । आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । सबैभन्दा बढी एक हजार ३९५ जनाको मृत्यु गत आर्थिक २०७८/७९ मा भएको थियो । बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा ९०, २०६६/६७ मा ४१८, २०६७/६८ मा ५४९, २०६८/६९ मा ६४६, २०६९/७० मा ७२७, २०७०/७१ मा ८८८, २०७१/७२ मा एक हजार छ र २०७२/७३ मा ८१३ जनाको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको छ । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५५, २०७४/७५ मा ८२२, २०७५/७६ मा ७५३, २०७६/७७ मा ६५८, २०७७/७८ मा एक हजार १४६ र २०७८/७९ मा एक हजार ३९५ जनाको मृत्यु भएको देखिन्छ । सोही अवधिमा विभिन्न दुर्घटनामा परी दुई हजार १२५ जना नेपालीको अंगभंग भएको तथ्यांक छ ।

मृत्यु कारण के हो ? वैदेशिक रोजगारी कति सहज छ भन्ने वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको ‘कारण’ले स्पष्ट देखाउँछ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार पछिल्लो १४ वर्षमा एक हजार ४७४ जनाको मृत्यु मुटुसम्बन्धी रोगका कारण भएको छ । हृदयघातका कारण ७३३ जनाको मृत्यु भएको छ । सडक दुर्घटनामा मृत्यु हुनेको संख्या सानो छैन । उक्त अवधिमा एक हजार ३५९ जना नेपालीको मृत्यु सडक दुर्घटनामा भएको छ ।

यस्तै, वैदेशिक रोजगारीका क्रममा पछिल्लो १४ वर्षमा एक हजार १८७ जनाले आत्महत्या गरेका छन् । कार्यस्थल दुर्घटनामा परी ७५४ जनाले ज्यान गुमाएका छन् भने कोरोना भाइरसको संक्रमण हुँदा २०७ जनाको मृत्यु भएको छ । प्राकृतिक मृत्यु मात्र दुई हजार ७७ जनाको भएको छ । अन्य कारणले मृत्यु हुने नेपालीको संख्या दुई हजार ८७५ रहेको छ ।

वैदेशिक रोजगारीमा जानुअघि आवश्यक तालिम तथा गन्तव्य राष्ट्रबारे जानकारी नहुँदा धेरैले ज्यान गुमाउने गरेका छन् । ठूला र तीव्र गतिमा गाडी गुड्ने सडकमा बाटो काट्न नजान्दा बर्सेनि धेरै नेपाली सडक दुर्घटनामा पर्ने गरेका छन् । गन्तव्य राष्ट्रको मौसम तथा हावापानीबारे ज्ञान नहुँदा पनि ज्यान जाने गरेको छ । मुटुसम्बन्धी रोग, हृदयघात र आत्महत्याका कारण मृत्यु हुनेको संख्या ठूलो छ । यसले वैदेशिक रोजगारीमा गएकाहरु कति तनाव लिएर बाँचेका छन् भन्ने स्पष्ट देखाउँछ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने मलेसियामा सबैभन्दा बढी नेपालीले आत्महत्या गरेका छन् । तीन वर्षमा मलेसियामा ८०, साउदी अरबमा ७८, कतारमा ५०, युनाइटेड अरब इमिरेट्स (युएई)मा ५८ र कुवेतमा १३ जना नेपालीले हात्महत्या गरेका छन् ।

यस्तै, हृदयघातका कारण मलेसियामा १४, साउदी अरबमा २३, कतारमा ३५, युनाइटेड अरब इमिरेट्समा २६ र कुवेतमा १७ जना नेपालीको मृत्यु भएको छ । सडक दुर्घटनामा परी मलेसियामा ४०, साउदी अरबमा १२९, कतारमा ६६, युनाइटेड अरब इमिरेट्समा ५२ र कुवेतमा १४ जना नेपालीले ज्यान गुमाएका छन् ।

मृतकको परिवारलाई आर्थिक सहायता वैदेशिक रोजगार बोर्डले पछिल्लो चार वर्ष (२०७५ साउनदेखि २०७९ असारसम्म) मा वैदेशिक रोजगारी क्रममा मृत्यु भएका पुरुष चार हजार ४१ र महिला ११३ गरी कूल चार हजार १५४ जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । ती परिवारलाई कूल दुई अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ बोर्डले आर्थिक सहायता उपलब्ध गराएको छ । सोही समयमा बोर्डले विदेशमा अलपत्र परेका नेपालीको शव झिकाउन तीन करोड ९७ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । विदेशबाट झिकाइएका शव सम्बन्धित परिवारसमक्ष पु¥याउन सात करोड ४२ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, बोर्डले वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परी अंगभंग भएका तथा गम्भीर बिरामीलाई क्षतिपूर्तिबापत पछिल्लो चार वर्षमा कूल ३१ करोड नौ लाख १० हजार रुपैयाँ प्रदान गरेको छ । वैदेशिक रोजगारीका क्रममा विदेश गई अलपत्र परेका नेपालीको खोजतलास र तथा उद्धारमा उक्त अवधिमा दुई करोड ८१ लाख ४५ हजार रुपैयाँ खर्च भएको बोर्डको तथ्यांकले देखाउँछ । कोही कोमामा, केही बेपत्ता वैदेशिक रोजगारीमा गएकाहरुमध्ये केही गम्भीर दुर्घटनामा परी कोमामा रहेका छन्, जसको उपचार सम्बन्धित देशमा भइरहेको छ । पछिल्लो तीन वर्ष (आर्थिक वर्ष २०७६/७८ देखि २०७८/७९ सम्म) मा मात्र युएई, कतार, साउदी अरब, ओमान, दक्षिण कोरिया र मलेसियामा ५९ जना नेपाली कोमामा रहेको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाउँछ । सबैभन्दा ठूलो संख्यामा नेपाली कोमामा कतारमा रहेका छन् । कतारमा ३४ जना नेपाली पछिल्लो तीन वर्षदेखि कोमामा रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न राष्ट्रमा पुगेका नेपाली उतै हराउने पनि गरेका छन् । नेपालमा रहेको परिवार उनीहरु फर्कने आशमा बसिरहेको हुन्छन् तर उनीहरु जिउँदो छन् वा छैनन् केही अत्तोपत्तो हुँदैन । अर्थात् उनीहरु सम्पर्कविहीन छन् । पछिल्लो तीन वर्षमा वैदेशिक रोजगारीमा गएका ९४६ जना नेपाली यसैगरी बेपत्ता छन् । उक्त अवधिमा मलेसिया मात्र ६५५ जना नेपाली बेपत्ता भएका छन् । उनीहरुको नेपालमा रहेका परिवारसँग कुनै सम्पर्क भएको छैन । जुन देशमा रोजगार खोज्दै नेपाली जान्छन्, तीनै देशसँग व्यापार घाटा बढ्दो पछिल्लो वर्षहरुमा एउटा गज्जबको ट्रेन्ड देखिएको छ– जुन देशमा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीको सिलासिलामा जाने गरेका छन्, तिनै देशसँग नेपालको व्यापार घाटा बढ्दो छ । अझ स्पष्ट भन्नुपर्दा ती देशसँग नेपालको आयात व्यापार ह्वात्तै बढेको छ । यसले के देखाउँछ भने– नेपालीलाई रोजगारी दिने देशले उनीहरुलाई प्रयोग गरी उत्पादन बढाइरहेका मात्र छैनन्, ती उत्पादन बिक्री गर्ने थलो नेपाललाई नै बनाइरहेका छन् । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत)मा नेपालको सबैभन्दा बढी व्यापार घाटा रहेका १४ राष्ट्रमध्ये छ वटा वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली जाने राष्ट्र छन् ।नेपालको सबैभन्दा बढी वैदेशिक व्यापार घाटा रहेका १४ राष्ट्रमा छन्– भारत, चीन, इण्डोनेसिया, युएई, अर्जेन्टिना, मलेसिया, युक्रेन, अस्ट्रेलिया, कतार, बेल्जियम, ओमान, साउदी अरेबिया, थाइल्याण्ड र जोर्डन । यीमध्ये युएई, मलेसिया, कतार, ओमान, साउदी अरेबिया र जोर्डन वैदेशिक रोजगारीका लागि नेपालीहरुको आकर्षक गन्तव्य हुन् । यी छ देशसँग मात्र पछिल्लो नौ महिनामा नेपालको व्यापार घाटा ७९ अर्ब ८४ करोड ६३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७५/७६ सम्म नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेका प्रमुख १४ राष्ट्रमा वैदेशिक रोजगारीका प्रमुख गन्तव्य राष्ट्रमध्ये युएई र मलेसिया मात्र पर्थे । तर, अहिले छ वटा राष्ट्र यो सूचीमा छन् । हामी रोजगारीका लागि जुन देशसँग निर्भर छौं वस्तुको आयातमा तिनै देशसँग निर्भरता बढाइरहेका छौं । दोहोरो मारमा नेपाल परेको छ ।  


प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १५:२२
#वार्षिकोत्सव_विशेष #सुरेन्द्र पौडेल
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वार्षिकोत्सव विशेष
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का बुधबार, वैशाख १३, २०८०
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र बुधबार, वैशाख १३, २०८०
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा बुधबार, वैशाख १३, २०८०
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन बुधबार, वैशाख १३, २०८०
सीमा सुरक्षामा बिओपीको भूमिका
सीमा सुरक्षामा बिओपीको भूमिका मंगलबार, वैशाख १२, २०८०
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम मंगलबार, वैशाख १२, २०८०
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP