Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
शनिबार, असोज १३, २०८०
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पाल्दोर_आरोहण
  • #शुभप्रवा_सेभिङ
  • #मनाङ_भ्याली_वाइन
  • #बाइक_राइडर
  • #गोल्डेन ट्रायांगल बाइक टुर
  • #सांकेतिक_भाषा_दिवस
  • #केएफसी रेष्टुरेन्ट
  • #विश्‍व_मुटु_दिवस
Search Here
वार्षिकोत्सव विशेष
  • Home
  • वार्षिकोत्सव विशेष
  • लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १२, २०८०
kumar yatru
RBB RBB
रामेछाप र सोलुखम्बु जिल्लाको सीमा भएर बग्ने लिखु खोलामा निर्माणाधीन लिखु जलविद्युत् आयोजनाले त्यस भेगको वातावरणीय तथा सामाजिक जोखिमलाई बढाएको छ । रामेछापको उमाकुण्ड र सोलुखम्बुको लिखुपिके गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासिन्दासँग केही साता अगाडि यो स्तम्भकारले गरेको अन्तक्र्रियाका क्रममा आयोजनाले स्थानीयबासिन्दाको मानवस्वास्थ्यमा गम्भीर हानि पु¥याएको आरोप लगाएका थिए । [caption id="attachment_62063" align="alignleft" width="300"] कुमार यात्रु[/caption]

उनीहरुले जलविद्युत्का कारण जैविक विविधतामा ह्रास ल्याएको, जलचरको विनास भएको, पानीका स्रोतहरु सुकेको र उपलब्ध खानेपानीसमेत प्रदूषित भएको बताएका थिए ।

तथापि, सो जलविद्युत् आयोजना निर्माण गरिरहेको एमडी दुगड ग्रुपका अधिकारीहरुले भने वातावरणीय विनासलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको दाबी गरेका थिए ।देशको प्राकृतिक स्रोतको अधिकतम प्रयोग गर्नका लागि खेर गएको जलस्रोतबाट विद्युत् उत्पादन हुनु सकारात्मक पक्ष हो । तर, जलविद्युत् आयोजनाले सामाजिक तथा वातावरण संरक्षणमा केही योगदान दिनुपर्ने हो ।खास गरेर आइएलओ महासन्धि नम्बर १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा भएको प्रावधानअनुसार स्वतन्त्र, पूर्वसुसूचित सहमति (एपपिक) लिने र स्थानीय तहसँग भएका सहमति तथा समझदारीको पालना गर्नुपर्नेमा आयोजनाले यी न्यूनतम कार्य पनि नगरेको पाइएको छ ।

वन्यजन्तु विस्थापित एमभी दुगड ग्रुपले पान हिमालय इनर्जी प्रालि, ग्लोबल हाइड्रोपावर एसोसिएट्स प्रालि र नुम्बुर हिमालय हाइड्रोपावर प्रालि नामको तीनवटा सहायक कम्पनीमार्फत १५७ मेगावाटको तीन फरक जलविद्युत् आयोजना लिखु खोलामा निर्माण गरिरहेको छ । तर, ती तीनवटै जलविद्युत् आयोजनाले वातावरण प्रभाव मूल्यांकनले औंल्याएका सुझाव कार्यान्वयन नगरेको तथा स्थानीय तह र स्थानीय सरकोकारवालासँग गरेको सहमति तथा सम्झौतासमेत कार्यान्वयन नगरी आयोजना निर्माण कार्य गरिरहेको स्थानीयको आरोप छ । स्थानीयले मात्र नभएर वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील अगुवाहरुले पनि जलविद्युत् आयोजनाबाट वन तथा वातावरणमा क्षतिपूर्ति नै नहुनेगरी विनास भएकोमा चिन्ता व्यक्त गरेका छन् । गौरीशंकर संरक्षण क्षेत्रमा कार्यरत हाकिम बस्नेतले जलविद्युत् आयोजनाका कारण रामेछाप र सोलुका संरक्षण क्षेत्रमा रहेका वन्यजन्तु विस्थापित भएको, जैविक विविधताका सहयोगी जीवहरु मासिएको तथा संरक्षित जलचरहरु लोप भएको आरोप लगाएका छन् । ‘लिखु क्षेत्रमा प्रसस्तै वन्यजन्तुहरु थिए । यो जलविद्युत् निर्माण सुरु भएपछि दिनहुँ अनियन्त्रित ब्लास्टिन पड्केको आवाजले वन्यजन्तु यस क्षेत्रबाट स्थानान्तरण भएका छन् ।’ संरक्षण क्षेत्रसँग सम्बन्धित बस्नेतले भने, ‘यहाँ उपलब्ध हुने लोपोन्मुख हिउँचितुवा, कस्तुरी मृग, हाब्रे, ब्वाँसो, ध्वाँसे चितुवा, सालक, चरीबाघलगायतका वन्यजन्तु रामेछापको क्षेत्रमा पाउन छोडिएको छ । त्यसैगरी संरक्षित चराहरु डाँफे, मुनाल पनि नदेखेको धेरै भइसक्यो ।’ यसरी संरक्षित क्षेत्रबाट नै वन्यजन्तु विस्थापित हुनु गम्भीर विषय हो । त्यतिमात्र नभएर लिखु खोलामा अत्यधिक रसायनको प्रयोगबाट जलचर जीवको अस्तित्व समाप्त भएको स्थानीय उमाकुण्ड गाउँपालिका वडा नम्बर २ की वडा सदस्य ईश्वरी कार्कीको आरोप छ । यो खोलाको तीतेमाछा यसअघि एक लाख ३० हजारमा ठेक्का लाग्ने गरेको थियो । दुई वर्षयता औषधिका रुपमा खोज्दा पनि तीते माछा पाउन छोडिएको कार्कीको भनाइ छ । तीते माछालगायतका जलचरहरु पूर्णरुपमा लोप भएको र त्यसको विकल्पबारे आयोजनाले हालसम्म कुनै उपाय नगरेको भनाइ उनको थियो । घाँस पनि पखालेर दिनुपर्छ सबैभन्दा बढी त आयोजना आसपासमा कृषि तथा पशुपालन गरेर बस्ने किसानलाई मर्का परेको छ । स्थानीय कृषक नरेन्द्र बस्नेतको अनुभवमा जलविद्युत् परियोजनाको निर्माण कार्यका कारण अत्यधिक वायु प्रदूषण बढेको छ । धुलोले स्थानीयको दैनिक जनजीवनमा कठिनाइ आएको छ । ‘गाईभैँसी तथा बाख्रालाई दिने घाँस पानीले पखालेर दिनुपर्छ । घरपालुवा पशुहरु जंगलबाट ल्याएको घाँस त्यसै खाँदैनन् । सबै माटो नै माटो हुन्छ,’ स्थानीय किसान बस्नेतले भने, ‘हामीले खाने खानेकुरा खानै नसक्ने अवस्थामा हुन्छ । सुत्ने ओछ्यान हामीभन्दा अगाडि घुलो आएर राज गरिरहेको हुन्छ । अब यस क्षेत्रमा जीविका मात्र होइन, सामान्यरुपमा बसेर खानसक्ने अवस्था छैन । हामीलाई बसाइँ हिँड्न बाध्य वनाउँदै छ, हाइड्रो ।’ भीरमाहुरी कता गए ? लिखु नदी आसपासका वन तथा भीरपहरामा भीरमाहुरी प्रशस्त पाइनेमा अहिले पाइन छाडेको स्थानीय चुलेभीर सामुदायिक वन उपभोक्ता महासंघका कोषाध्यक्ष केदारकुमार कार्कीको आरोप छ । चुलेभीर सामुदायिक वन तथा लिखु आसपासका पहरा, वन तथा जंगलको विशेषता भीरमाहुरी थियो । अहिले भीरमाहुरी पाइन छाडेको छ । भीरमाहुरी वनजंगलको सोभा तथा जैविक उत्पादनको सेतु हो । भीरमाहुरी जैविक विविधताका लागि नभई नहुने जीव हो । वनमा फुल्ने फूल, रुख बिरुवा तथा अनेक प्रकारका वनस्पतिहरुबीच पराग सेवा भीरमाहुरीले दिन्छ । अन्नबालीको उत्पादनसँग पनि भीरमाहुरीको प्रत्यक्ष र अप्रत्यक्ष योगदान जोडिन्छ । तर, लिखु नदी किनारमा भीरमाहुरी शून्यको अवस्थामा छ । यो सबै यहाँको बढ्दो वायु प्रदूषणका कारण हो । घाट हरायो यहाँको हरियाली तथा जैविक विविधता संरक्षणका लागि स्थानीय चुलेभीर वन उपभोक्ता महासंघसँग लिखु जलविद्युत् आयोजनाले १३ बुँदे सम्झौता गरेकोमा कुनै पनि कार्यान्वयन नगरेको महासंघका अध्यक्ष उमेश बस्नेतले जानकारी दिएका छन् । महासंघले वन तथा वातावरणको संरक्षण तथा जलचर तथा वन्यजन्तु संरक्षणका लागि आयोजनाको नेतृत्वसँग पटक–पटक आग्रह गरिरहँदा कुनै सुनुवाइ नगरेको उनको आरोप थियो । आयोजनाले स्थानीय संस्कृतिअनुसार घाट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । अहिले घाट हुने ठाउँमा ड्याम छ, कि त पानीविनाको बगर छ । खानेपानीसहितको धारा भनेको थियो । तर, अहिले पानीको धारा होइन, सुरुङका कारण भएका पानीका स्रोत पनि सुकेका छन् । आयोजना जाने सडक त खनिएको छ । तर, जनताले सडकबाट दुर्दशा खेपिरहेका छन् । सोलुखम्बु लिपुलेक वडा नम्बर ४ का वडाध्यक्ष हिक्मत बस्नेत आयोजनाले वन उपभोक्ता महासंघ, स्थानीय तह, स्थानीय जनतासँग गरेको सम्झौता तथा प्रतिबद्धता कार्यान्वयन नगरेको बताए । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन जनताका सामु आएको छैन । स्थानीय तहका साना योजनामासमेत होर्डिङ बोर्ड राखेर सूचना दिने गरेकोमा यति ठूलो परियोजनाले सबै सूचना लुकाएर कानुनको उल्लंघन गरेको आरोप लगाए । लिखु नदीबाट लगातार गिट्टी बालुवाको प्रयोग भइरहेको छ । तर, त्यसको राजस्वसमेत स्थानीय तहमा नबुझाएको बताउँदै उनले परियोजनाले ध्वनी प्रदूषण, वायु प्रदूषण, वन जंगलको विनास, वन्यजन्तुलाई खेदेको तथा स्थानीय जनतासँग कुनै सहमति नगरेर हेपाहा व्यवहार गरेको आरोप लगाए । उनले नदीको प्राकृतिक बाटो परिवर्तन गरेको र यसबाट आसपासका बस्तीहरु असुरक्षित बनेको पनि आरोप लगाए । यसबाट वातावरणीय जोखिम बडेको, जनताको जीविकोपार्जनमा असर पारेको एवं जलवायुजन्य विपद्लाई निम्त्याएको पनि बताए । तर, लिखु जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत रोकट बस्नेतले परियोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन (इआए)ले औंल्याएका वातावरणसँग सम्बन्धित सिफारिसलाई कार्यान्वयन गरेको दाबी गरेका छन् । परियोजना स्वीकृत हुँदा नेपाल सरकारका नीति तथा कानुनको पालना गर्नुपर्ने विषयलाई परियोजनाले ध्यान दिएको उनको भनाइ थियो । लिखु खोला जलविद्युत् आयोजना निजी क्षेत्रबाट बन्न लागेको आयोजना हो । राष्ट्रिय अर्थतन्त्रमा यसको महत्व हुँदाहुँदै स्थानीयस्तरमा परेको वातावरणीय तथा सामाजिक प्रभावलाई नजरअन्दाज गर्न सकिन्न । क्षति न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यसतर्फ परियोजनाले ध्यान नदिनु पक्कै पनि सकारात्मक सूचक मान्न सकिन्न ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १५:५३
#कुमार_यात्रु #वार्षिकोत्सव_विशेष
Adv Space Adv Space
प्रतिक्रिया दिनुहोस्
थप वार्षिकोत्सव विशेष
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का बुधबार, वैशाख १३, २०८०
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र बुधबार, वैशाख १३, २०८०
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा बुधबार, वैशाख १३, २०८०
वैदेशिक रोजगारीको कहर
वैदेशिक रोजगारीको कहर बुधबार, वैशाख १३, २०८०
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन बुधबार, वैशाख १३, २०८०
सीमा सुरक्षामा बिओपीको भूमिका
सीमा सुरक्षामा बिओपीको भूमिका मंगलबार, वैशाख १२, २०८०
लोकप्रिय
  • Week
  • Month
बुबाको पदचापमा सुहाङ ! 
बुबाको पदचापमा सुहाङ ! 
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
मैतीदेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मैतीदेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शुभप्रवा को-अपरेटिभको १४औं वार्षिक साधारणसभा सम्पन्‍न
शुभप्रवा को-अपरेटिभको १४औं वार्षिक साधारणसभा सम्पन्‍न
बुबाको पदचापमा सुहाङ ! 
बुबाको पदचापमा सुहाङ ! 
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
जनआन्दोलनको ‘फ्रन्टलाइनर’ भक्तकुमारी लामा उपसचिवको उम्मेदवार
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - सम्झना राई
- आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
- राजेन्द्र राना
- सुरज शाक्य
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2023 Prabhab Online. All Rights Reserved.