Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
वार्षिकोत्सव विशेष
  • Home
  • वार्षिकोत्सव विशेष
  • वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १३, २०८०
Uttam Ghimire frame
Hardik health
उत्तम घिमिरे - वैदेशिक रोजगार नेपालको अर्थतन्त्रको एउटा प्रमुख स्तम्भ हो । हाम्रो अर्थतन्त्रको वार्षिक बजेट झण्डै १८ खर्बको छ । वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्सले नै वार्षिक बजेटको एकतिहाइ हिस्सा ओगटेको विषय सर्वविदितै छ । वार्षिक छ लाखभन्दा बढी नेपालीहरू विभिन्न श्रम गन्तव्य मुलुकमा रोजगारीका लागि बाहिरिन्छन् । सरकारले हालसम्म यति ठूलो संख्यामा देशभित्र वार्षिक रोजगारी सिर्जना गर्न सकेको छैन । कल्पना गरौं, यदि यो जनशक्ति वैदेशिक रोजगारमा नगएको भए हाम्रो देशको अर्थतन्त्र डामाडोल हुन्थ्यो होला । कति ठूलो नकारात्मक प्रभाव पथ्र्यो होला । वैदेशिक रोजगारबाट लामो समयपछि फिर्ता भएका केही जनशक्तिले देशभित्र ज्ञान र सीप भित्र्याएर नयाँ रोजगारी सिर्जना गरेका उदाहरण पनि प्रशस्तै छन् । हाम्रो देशमा विधिसम्मत ढंगले वैदेशिक रोजगारीमा पठाउन भनी हालसम्म ८११ वटा वैदेशिक रोजगार व्यवसायीहरूले सरकारबाट स्वीकृति पाएका छन् । यी मध्ये धेरैले तुलनात्मकरूपमा राम्रैसँग आफ्नो व्यवसाय चलाएका पनि छन् । यद्यपि केही म्यानपावर कम्पनीहरू बेलाबेलामा विभिन्न खाले विवादमा पनि पर्दै आएका छन् । यसै विषयलाई आधार बनाई एकथरी मान्छेहरू भन्दछन्– म्यानपावर कम्पनीहरू बन्द गरिनुपर्छ । वैदेशिक रोजगारमा युवाहरूलाई पठाउने काम सरकारले बन्द गर्नु पर्दछ । यदि त्यसो हो भने देशको आन्तारिक परिस्थिति त्यसको लागि परिपक्व हुनुप¥यो नि ! फेरि, वैदेशिक रोजगार भन्नेबित्तिकै झन् नकारात्मक धारणा बनाइहाल्नु पनि हुँदैन । किनकि, यो व्यवसाय हाम्रो देशको मात्र सरोकारको विषय होइन । संसारभरि कुनै न कुनै रूपमा यो व्यवसाय प्रचलित छ । कारण के भने आजको युग ग्लोबलाइजेसन (विश्वव्यापीकरण)को युग हो । सिंगो विश्व अत्याधुनिक प्रविधि तथा सञ्चार क्षेत्रको तीव्र विकासले गर्दा एउटा गाउँमा परिणत भइसकेको कुरा अब कसैबाट छिपेको छैन । अब म यहाँ वैदेशिक रोजगारसँग जोडिएको एउटा गम्भीर विषय उठान गर्न चाहन्छु । यसतर्फ वैदेशिक रोजगार व्यवसायी, श्रम तथा रोजगार मन्त्रालय दुवैको तत्काल सूक्ष्म ध्यान जान आवश्यक ठान्दछु । त्यो के भने वैदेशिक रोजगार व्यवसायी ८११ वटा छन् । उनीहरू त सरकारको नीति, नियम, कानुन मातहतमा चलेका हुन्छन् । तीमध्ये कसैले गम्भीर गल्ती गरेछ भने पनि रेकर्डमा आउँछन् । आवश्यक कारबाही गर्न पनि सजिलो हुन्छ । यहाँ त वैदेशिक रोजगारका नाममा म्यानपावर कम्पनीको नाम जोडेर होस् अथवा नजोडिकनै व्यक्तिगतरूपमा चाँडै मालामाल हुने कु–मनसाय राखेर हजारौं व्यक्तिहरू देशभरि सलबलाइराखेका छन् । जसलाई हामी सरल भाषामा वैदेशिक रोजगार एजेण्ट भन्दछौं । यो लेख नियमानुसार लाइसेन्स प्राप्त एजेन्टतर्फ लक्षित छैन । मात्र ठगी नियत भएका व्यक्तितर्फ लक्षित छ । यस्ता हजारौं व्यक्तिहरूले एकातिर वैदेशिक रोजगार व्यवसायको बद्नाम गराएका छन् भने अर्कोतर्फ दशौं हजार सोझा, सीधा मानिसहरूलाई ठगी गरी ऋणमा डुबाउने र विदेशमासमेत अलपत्र पार्ने काम निर्लज्जरूपमा गरिरहेका छन् । तसर्थ यस्तो मानव बेचविखनको जघन्य अपराधलाई रोक्न वैदेशिक रोजगार व्यवसायी, सरकार र अन्य सरोकारवाला सबैको ऐक्यबद्धता र भूमिका महŒवपूर्ण हुन्छ । यसै सन्दर्भमा म यहाँ एउटा ताजा खबर लेख्न सान्दर्भिक ठान्दछु । मिति २०८०–०१–०८ शुक्रबार दिनको २ बजेदेखि ५ बजेसम्म चावहिल मित्रपार्कस्थित टेक्सास कलेजको हलमा शान्ति सुरक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । यो कार्यक्रममा म पनि पूरा समय उपस्थित थिएँ । नागरिक सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित उक्त अन्तक्रियामा काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर कार्की उपस्थित हुनुहुन्थ्यो । उहाँको भनाइलाई आधार मान्दा आर्थिक लेनदेनका आपराधिक मुद्दाहरू काठमाडौंमा मात्र दैनिक ५० वटा दर्ता हुँदा रहेछन् । यो तथ्यांक भयावह हो । वैदेशिक रोजगारसँग सम्बन्धित आर्थिक लेनदेनका मुद्दाहरू मात्र कति वटा दर्ता हुन्छन् भनी मैले उहाँलाई प्रश्न गरेँ । उहाँले यसबारे अहिले नै ठ्याक्क भन्न नसकिने हुनाले मलाई प्रहरी परिसर टेकुमा आएर बुझ्न आग्रह गर्नुभयो । जे होस्, हामी सबै सरोकारवालाहरू अर्थात् नागरिक समाज, वैदेशिक रोजगार विभाग, प्रहरी र म्यानपावर कम्पनीहरू एकदमै चनाखो र सचेत हुनुपर्ने बेला भइसकेको मैले महसुस गरेँ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १५:४२
#वार्षिकोत्सव_विशेष #उत्तम घिमिरे
प्रतिक्रिया दिनुहोस्
थप वार्षिकोत्सव विशेष
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का बुधबार, वैशाख १३, २०८०
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा बुधबार, वैशाख १३, २०८०
वैदेशिक रोजगारीको कहर
वैदेशिक रोजगारीको कहर बुधबार, वैशाख १३, २०८०
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन बुधबार, वैशाख १३, २०८०
सीमा सुरक्षामा बिओपीको भूमिका
सीमा सुरक्षामा बिओपीको भूमिका मंगलबार, वैशाख १२, २०८०
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम मंगलबार, वैशाख १२, २०८०
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP