Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
वार्षिकोत्सव विशेष
  • Home
  • वार्षिकोत्सव विशेष
  • सीमा सुरक्षामा बिओपीको भूमिका
सीमा सुरक्षामा बिओपीको भूमिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १२, २०८०
Narayan Babu thapa frame
कहिल्यै समाधान नहुने सीमा समस्या दार्चुलाको उत्तरी भेग लिम्पियाधुराको हो । जहाँको ३७० वर्ग किलोमिटर जमिन नेपालको हो । हाम्रो यो दाबी वर्षौंदेखिको हो । यो अन्तहीन समस्याको रुपमा छ । सुस्ताको समस्या त्यस्तै छ । सबैले जाने÷बुझेकै छन् । लिम्पियाधुराको समस्या पनि ज्युँका त्युँ छ । उता लिपुलेकको समस्या पनि हल भएको छैन । [caption id="attachment_62076" align="alignleft" width="285"]सीमा सुरक्षामा बिओपीको भूमिका नारायणबाबु थापा (पूर्वएआइजी, सशस्त्र प्रहरी बल) नारायणबाबु थापा,(पूर्वएआइजी, सशस्त्र प्रहरी बल)[/caption] तर, सरकारले यी भूमिमा देखिएका समस्याहरूको समाधान गर्नेतर्फ अर्थपूर्णरूपमा कूटनीतिक पहल गर्न सकेन । जबकि, देशको संविधान संशोधन गरेर लिम्पियाधुरा, लिपुलेकसहितका भूमि समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएको दुई वर्ष नाघ्यो । भूमि प्राप्तिको कूटनीतिक पहलै भएन । यतिसम्म कि, कति नेपालको जमिन हो, कति भारतको हो ? स्पष्ट सीमांकन गरिएकै छैन । यो छिटो टुंग्याउनुपर्ने दुई देशको दायित्व हो । नटुंग्याएकै कारण सीमा क्षेत्रबाट अन्तरदेशीय अपराध, अन्तर्राष्ट्रिय आतंकवादलगायत समस्या निम्तिन्छ । यी त भए खुला सीमाले निम्त्याएका मूल समस्या ।     सीमा क्षेत्रमा खुला सीमाकै कारण छिटपुट अन्य समस्या देखिँदै आएका छन् । सिमानाका कारण बढी देखिने भनेको सीमावर्ती अपराध हो । जुन अहिलेसम्म निमिट्यान्न पार्नै सकिएको छैन । तर, पहिलेका तुलनामा धेरै कम भएको सत्य हो । यद्यपि, खुला सिमाना रहुञ्जेलसम्म यी समस्याहरू देखिइरहन्छन् । नियन्त्रण गर्न राज्यलाई गाह्रो हुन्छ ।
सीमा क्षेत्रमा सडक सञ्जाल विस्तार गर्नुपर्ने अर्को टड्कारो आवश्यकता छ । छिमेकी देश भारतमा सबैतिर सडक सञ्जाल छ । एक पोस्टबाट अर्को पोस्टमा जान सवारी छ । हामीकहाँ त्यस्तो छैन । हिउँदमा एउटा बिओपीबाट अर्कोमा जान केही सहज छ । तर, बर्खामा एउटै जिल्लाको एउटा बिओपीदेखि अर्को बिओपीमा जान सम्भव छैन ।
खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले चोरी पैठारी गरिरहेका छन् । यो नियन्त्रण गर्न सरकारले सशस्त्र प्रहरीको बाक्लो संख्या सीमा क्षेत्रमा तैनाथ गर्नैपर्छ । तर, सशस्त्र प्रहरीको जनशक्तिको सिमानामा ज्यादै अभाव छ । एउटै जनशक्तिले देशको आन्तरिक सुरक्षा, ७७ वटै जिल्लाको सुरक्षा र सीमामा सुरक्षा गर्नुपर्ने अवस्था छ । यति हुँदाहुँदै पनि सरकारले छिटो देशको दक्षिणी सीमामा सीमा सुरक्षा बलको रूपमा सशस्त्र प्रहरी बलको जनशक्तिलाई खटाउनुपर्छ । यसअघि सशस्त्र प्रहरीले गरेको एक अध्ययनअनुसार १० हजार जनशक्तिको अभाव छ । अहिले पहाडी जिल्लाबाट पनि सीमामा खटाइएका छन् । तर, झापादेखि कञ्चनपुरसम्मको खुला सीमामा अब मजबुत सुरक्षा स्थिति बनाउन उक्त संख्यामा सशस्त्र प्रहरी बल चाहिन्छ । फेरि, अहिलेको सुरक्षा भनेको जनशक्तिमात्रै उभ्याएर हातेमालो गर्ने खालको होइन । अहिले सरकारले प्रविधिमा पनि अधिक लगानी गर्नुपर्छ । अब त सीमा अनुगमन गर्न सिसिटिभी क्यामरा र टाढाबाट सीमा अनुगमन गर्न सकिने अन्य प्रविधि चाहिन्छ । धेरै देशले यस्तो अभ्यास गरेका छन् । कुनै देशले त सीमामा पर्खाल लगाएका छन् । कुनैले चाहिँ काँडेतारको घेराबारा गरेका छन् । हामीले यति गर्न नसके पनि कम्तीमा सिसिटिभी क्यामरा र टाढादेखि सीमाको रेखदेख गर्नसक्ने प्रविधिसँगै सशस्त्र प्रहरीको उपस्थिति अझै बढाउनुपर्छ । सीमा क्षेत्रमा सडक सञ्जाल विस्तार गर्नुपर्ने अर्को टड्कारो आवश्यकता छ । छिमेकी देश भारतमा सबैतिर सडक सञ्जाल छ । एक पोस्टबाट अर्को पोस्टमा जान सवारी छ । हामीकहाँ त्यस्तो छैन । हिउँदमा एउटा बोर्डर आउट पोस्ट (बिओपी) बाट अर्कोमा जान केही सहज छ । तर, बर्खामा एउटै जिल्लाको एउटा बिओपीदेखि अर्को बिओपीमा जान सम्भव छैन । त्यही भएर सडक निर्माणलाई तीव्रता दिनुपर्छ । यसतर्फ सरकारले विनाकञ्जुस लगानी बढाउनुपर्छ । फेरि, सीमाकै एउटा प्रसंग जोडौं– देशको उत्तरतिरको खुला सीमालेचाहिँ देशको राष्ट्रिय सुरक्षामा असर गरेको छैन । यसो भनेर सीमा सुरक्षा नगर्ने भन्ने हुँदैन । सीमामा सुरक्षा उपस्थिति हुनैपर्छ । अहिले दक्षिणी सीमामाभन्दा केही उत्तरी सीमामा बिओपी छन् । तर, समस्याचाहिँ त्यहाँ बस्नका लागि छ । छिटो उत्तरी क्षेत्रमा वातानुकूलित घरहरू बनाइनुपर्छ । बनाउँदा महँगो पर्न जान्छ । महँगो परे पनि देशको सुरक्षाको अगाडि यो गौण हुन्छ । अझै धेरै नाकामा बोर्डर आउट पोस्ट (बिओपी) राख्नुपर्ने भएको छ । धेरै नाका खाली छन् । जस्तोः गोरखा, बझाङलगायत अरु हिमाली जिल्लाहरूमा बिओपी अझै खाँचो छ । यी जिल्लाहरूको सीमामा सुरक्षाकर्मी बढाउनु जरुरी छ ।र, बिओपी देशको सीमा सुरक्षादेखि सीमा स्तम्भहरूको रक्षा, नेपालीमाथि हुने ज्यादती न्यूनीकरण गर्न र सीमा क्षेत्रबाट हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी देखिएको छ । याद गर्नुपर्ने के हो भने सीमा सुरक्षा सीधै राष्ट्रिय सुरक्षासँग जोडिएको सवाल हो । यो स्थानीय समस्या होइन । देशको सार्वभौमसत्तासँग जोडिएको समस्या हो । भौगोलिक अखण्डतासँग जोडिएको समस्या हो । उदाहरणका लागि वीरगञ्ज, भैरहवा, जोगबनीमा सीमा सुरक्षा फितलो भयो भने राजधानीमा सीधा असर देखिन्छ । अन्तर्राष्ट्रिय आतंकवादले प्रश्रय पाउँछ । अहिले नेपाल–भारतबाट जो पनि आउन र जानसक्ने अवस्था छ । यही फाइदा लुट्दै आतंकवादीहरू भारत वा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने, लुक्ने, अवैध हातहतियार भित्र्याउने र विष्फोटक पदार्थ ल्याउनसक्ने सम्भावना हुन्छ । हालै पञ्जाबलाई शिखहरूका लागि छुट्टै देश ‘खालिस्तान’को माग गर्दै आन्दोलनको अगुवाइ गरेका अमृतपाल सिंह नेपाल आएर लुकेको भारतीय दूतावासले भनेको थियो । अन्ततः सिंह आइतबार पञ्जाबबाटै गिरफ्तारीमा परे । सीमाबाट देशभित्र अवाञ्छित गतिविधि गर्नेहरू सीमा वारपार गर्नसक्ने सम्भावना हुन्छ । यो खुला सीमाले जहिल्यै निम्त्याउनसक्ने समस्या हो । यही कारण खुला सिमानामा कडाइ पार्नैपर्छ । र, खुला सिमानाले देशकै अर्थतन्त्रमा गम्भीर क्षति पुर्‍याउँछ पनि । जस्तोः अन्तरदेशीय चोरी तस्करी हुँदा राजस्व घट्छ । अहिले सरकारले राजस्व घटेको पनि जनाएको छ । खास कारण के हो ? तर, कतै न कतै यसको पनि प्रभाव हुनेमा दुई मत नहोला ।सरकारले सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने भनेको बिओपीमै हो । सीमा सुरक्षामा यसको धेरै फाइदा छ । अहिले देशभर २२७ वटा बिओपी छन् । ५०० बिओपी पुर्‍याउने लक्ष्य गृह मन्त्रालयको छ । अहिलेसम्म बिओपीले धेरै राम्रो काम गरेको देखिएको छ । अन्तरदेशीय अपराध रोक्न, चोरीपैठारी तुलनात्मक रूपमा केही कम गर्न, अवाञ्छित गतिविधि हुन नदिन, सीमा, सीमा स्तम्भ र दशगजाको निगरानी गर्दै सीमा क्षेत्रका नेपालीलाई सुरक्षाको प्रत्याभूति दिलाउन बिओपीको अहम् भूमिका छ ।तर, दुःखद के छ भने अहिलेसम्म ‘सशस्त्र प्रहरी सीमा सुरक्षा ऐन’ छैन । ऐन चाहिन्छ । यो पहिलेदेखि टड्कारो उठाइएको विषय पनि हो । विडम्बना ऐन अझैसम्म बनेको छैन । सीमा सुरक्षाबारे सशस्त्रलाई कानुनीरूपमा मजबुत बनाउन ऐन अपरिहार्य छ । ऐन भए सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप सहज हुन्छ । त्यहाँ सशस्त्र प्रहरीको काम, कर्तव्य र अधिकार उल्लेख गरिनुपर्छ । यसका लागि सरकारले ढिलाइ गर्न हुँदैन । (कुराकानीमा आधारित)
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १६:३३
#वार्षिकोत्सव_विशेष #नारायणबाबु थापा
प्रतिक्रिया दिनुहोस्
थप वार्षिकोत्सव विशेष
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का बुधबार, वैशाख १३, २०८०
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र बुधबार, वैशाख १३, २०८०
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा बुधबार, वैशाख १३, २०८०
वैदेशिक रोजगारीको कहर
वैदेशिक रोजगारीको कहर बुधबार, वैशाख १३, २०८०
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन बुधबार, वैशाख १३, २०८०
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम मंगलबार, वैशाख १२, २०८०
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP