Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • युद्ध मैदानकी चेली
युद्ध मैदानकी चेली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ८, २०७९
Hardik health
काठमाडौं – युद्धको मैदानामा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुनपुग्छ अकस्मात् । गोली ताक्दै जब भाइ नजिक पुग्छन् तब आफ्नै दिदी देख्छन् र झस्किन्छन् । कस्तो दुर्भाग्य ! गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी । दिदीले सहनसक्ने कुरै भएन । दिदीभाइको बोलचाल बन्द हुन्छ तर सम्बन्ध विस्तारको प्रयास भाइले राखी नै रहन्छन् । उनका अनेकन प्रयास सफल हुँदैनन् । शान्ति सेनामा जाने तयारीसम्मै खुसी हुदैन सिपाहीको मन । मनभरि अशान्ति बोकेर शान्ति खोज्न जानु पो कहाँ ? भाइलाई छटपटी हुन्छ । लगत्तै आएको भाइटीकामा दिदीको घर पुग्छन् भाइ तर दिदीले भाइटीका लगाइदिन्नन् । ‘अचानक भएको मुठभेडमा कर्तव्य निर्वाह मात्र गरेको थिएँ, सक्छेउ भने माफ देउ’, त्यस दिनको घटना परिबन्दमा परेर भएको कुरा भाइले सुनाउँछन् र घरबाट निस्किन्छन् । ‘भाइ !’, अली पर पुगेपछि भाइको कानमा दिदीको आवाज गुञ्जिन्छ । भाइ फरक्क पछि फर्किन्छन्, यत्तिकैमा कथा सकिन्छ । त्यसपछि के होला ? यही कौतुहल जगाएर सकिने लघु चलचित्र ‘सेनाको चेली’ द्वन्द्वको परिघटनालाई स्मरणमा ल्याइदिने एउटा प्रतिविम्ब हो । जसले नेपालको दश वर्षे सशस्त्र द्वन्द्व र त्यसले उत्पन्न गरेका सामाजिक घाउहरुलाई पुनः एकपटक सम्झाइदिन्छ । चलचित्रका शब्द र दृश्यमा जताततै भावना झल्किन्छ । सामाजिक वाध्यता, देशको परिवेशसँगै मानिसका सम्बन्ध र शान्तिका सन्देश छरपष्ट पाइन्छन् सेनाकी चेलीमा । यही कथावस्तु बोकेर लघु चलचित्र प्रतियोगितामा प्रवेश गरेको सेनाकी चेलीले मुल्याङ्कन समितिको ध्यान आकर्षण गर्न सक्यो । जसले यसपालि उत्कृष्ट लघु चलचित्र घोषित हुँदै नेपाली सेनाबाट रु दुई लाख पुरस्कार लिन सफल भयो । शान्तिका लागि दौडिरहेको एक कर्तव्यनिष्ट सैनिक जवानको मनभित्रको अशान्तिलाई उधिन्ने लघु चलचित्र सेनाको चेलीमा जनयुद्धको कालखण्ड छुँदै अघि बढेको मर्मस्पर्शी कथावस्तु छ । कलाकार इँगिहोपो कोइँचले उक्त चलचित्रको लेखक, निर्देशक तथा निर्माण गरेका हुन् । चलचित्रमा सेना र विद्रोहीको अवस्थालाई समेत झल्काइएको छ । उनले आफ्ना हजुरबुबा ब्रिटिस लाहुने, दाइहरु आर्मी भएकाले पनि सेनाको भावनामा चल्ने चित्रमा खेल्न मन लागेको सुनाए । गतसाल उत्कृष्ट भएको चलचित्रमा मुख्य भूमिका निभाएका कोइँचले यसपालि लघु चलचित्र निर्माण गरेरै सफलता प्राप्त गरे । सेनाका जवान घरबाट टाढा हुनुपरेको आफ्नै कथा हुन्छ होला भन्ने कल्पना उनमा जाग्यो । त्यसभित्र आफ्ना परिवार इष्टमित्रसँगको सम्बन्ध कति विछोडिन पुग्छ । अझ दिदीभाइको सम्बन्धमा आघार पुग्दा के होला, यस्तै यसतै कुरा मनभित्र छचल्किँदै जाँदा उक्त चलचित्रको कथा तयार भएको उनले सुनाए । मुख्यत दिदीभाइका भावनालाई उनले उनेका छन् । मुलुकको कर्तव्यनिष्ट व्यक्तिले कर्तव्य पालनाका सिलसिलामा के सम्म गर्नुपर्ने हुन्छ भन्ने सन्देश यो सानो चलचित्रले दिन खोजेको छ । भाइले ल्याएको उपहारसमेत नलिने गरी दिदीभाइको सम्बन्धमा आएको दरार र सम्बन्ध विस्तारमा भाइले गरेको प्रयास मन छुनेका खालको छ । चलचित्रका केही दृष्य दर्शकको आँसु खसाउने खालको छ । ‘विगतको जनयुद्ध एउटा घटना हो, तर जुनसुकै बेला मानिस आफैँमा अशान्त हुन्छ नी त्यो कुरालाई शान्ति सेनाका माध्यमबाट शान्त बनाउने प्रयास गरेको छु’, चलचित्रको कथाबारे कोइँचले भने । कथामा सशस्त्र द्वन्द्व सकिन्छ, त्यसपछि विद्रोही योद्धामा के समस्या आउला, उसले पाउने दुःख के होला, दुःख समस्या मात्रै होइन त्यसले सुख पनि दिनसक्छ भनेर परिवर्तनको सन्देश समेत मिसिएको छ । विगतको सशस्त्र द्वन्द्वमा बाहिर नआए पनि यस्ता घटना नभएका होइन्न । अन्तत द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने खालको चलचित्र बनेको छ । ‘मैले तीन घण्टाबीचमा सोचेको कथा हो’, उनले भने, ‘हरेक काम यती हतारमा भएको छ की सम्झनै सकिन्न ।’ उनका अनुसार १५ दिन भित्रमा ‘स्क्रिप्ट’ तयार पारिएको हो । ‘टप टेन’मा छनोट भएपछि कलाकार टिम खोजेर उनले चार दिनमा छायाङ्कन सकेको सुनाए । शान्ति सेनामा जाने तयारीका एक सिपाहीका माध्यमबाट घर शान्ति ठूलो कुरा हो भन्ने सन्देश छरेका छन् । अरु देशमा शान्तिका लागि हिँड्न लागेको सेनाको जवानभित्र अशान्तिको भुङ्ग्रो छ, त्यसले मुटुमा हानिरहेको हुन्छ । खासमा त्यो परिबन्द र एक अर्कामा बुझाइमा आएको कमीले हो भन्ने कुरा कथाको अन्तिमतिरको दृष्यले बुझाउँछ । उनका अनुसार हरेक परिवारमा सम्बन्ध बिग्रिन्छ भने एक पटक कुरा गरेर कारण बुझाउन सक्नुपर्छ, एकपटक मात्रै संवाद भयो भने समस्या हल हुन्छ, तर समाजमा मानिस अरुको कुरा सुन्ने प्रवृत्ति र कुरा नबुझी व्यवहार गर्ने प्रवृत्ति जकडिएको छ, त्यसलाई चिर्न सक्नुपर्छ भनेर देखाउन खोजिएको छ । छोटो प्रयासमा बनेको लघु चलचित्र उत्कृष्ट भएर रु दुई लाख पुरस्कार पाउँदा उहाँमा खुसीको सीमा छैन । चलचित्रमका मुख्य भूमिका (दिदीको भूमिकामा कलाकार सङ्गीता थापा मगर र भाइको भूमिकामा किरण चाम्लिङ राई)ले जीवन्त अभिनय गरेका छन् । रासस
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP