Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
साहित्य
  • Home
  • साहित्य
  • गीतमार्फत निर्वाचनको वातावरण बनाउँदै कलाकार
गीतमार्फत निर्वाचनको वातावरण बनाउँदै कलाकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ४, २०७९
Ncell
Hardik health
काठमाडौं– सुन्छु हल्ला फेरि पनि चुनाव आउँदै छ रे लेखाजोखा राख्नुपर्छ आवश्यकता परे अरु त के भनौँ, हाम्रालाई होइन, राम्रालाई रोजौँ जनता आफैँ सचेत बनौ... यही वैशाख ३० गतेका लागि निर्धारण भएको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले प्रचार–प्रसार तीव्र पारेका छन् । नेपालको संविधान जारी भएपछि दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचन आफैँमा महत्वपूर्ण राष्ट्रिय अभियान पनि हो । त्यही राष्ट्रिय अभियानलाई केन्द्रमा राखेर गीत–संगीतका माध्यमबाट पनि जनतालाई आकर्षित गर्ने क्रम सुरु भएको छ । निर्वाचन घोषणा भएपछि लोकप्रिय कलाकार बद्री पंगेनी, विष्णु खत्री, सागर बिरही, अस्मिता डल्लाकोटी र यामप्रसाद निहुरेलगायतको सहकार्यमा माथिको गीत सार्वजनिक गरिएको हो । सो गीतमा निर्वाचनमा हाम्रालाई नभई राम्रालाई रोजेर आङ्खनो गाउँ ठाउँको विकासमा केन्द्रित हुन आह्वान गरिएको छ । गीतमा योग्य उम्मेदवारलाई मतदान गर्न अनुरोध मात्रै गरिएको छैन, ‘हाम्रालाई होइन, राम्रालाई रोजौँ, आफैँ सचेत बनौँ’ भनेर मतदातालाई अनुरोधसमेत गरिएको छ । स्थानीय सरकार जनताको घरदैलोको सरकार पनि भएकाले योग्य र सक्षम उम्मेदवारलाई मतदान गरेमात्रै आङ्खनो गाउँ ठाउँको विकास हुन्छ र समृद्धि आउँछ भन्ने चेतना गीत र संगीतका माध्यमबाट फैलाउन खोजिएको छ । त्यसो त निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक संगठन र मोर्चाहरूले पनि गीत–संगीतका माध्यमबाट स्थानीय निर्वाचनको पक्षमा वातावरण बनाएका छन् । सत्तारुढ नेपाली कांग्रेसले उत्कृष्ट चुनावी गीतको श्रव्य दृश्य सामग्री बनाउनेलाई रु दुई लाख ७५ हजार बराबरको पुरस्कार दिने घोषणा गरेको छ । कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले कांग्रेसको पक्षमा उत्कृष्ट गीत, संगीत तयार पार्नेलाई पुरस्कारको घोषणा गरेको हो । उपसमितिका संयोजक डिबी गुरुङका अनुसार चुनावी प्रचारलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यस्तो प्रस्ताव अगाडि सारिएको हो । नेकपा (एमाले)ले पनि निर्वाचन केन्द्रित टिकटक बनाउनेलाई पुरस्कृत गर्ने घोषणा यसअघि नै गरिसकेको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का तर्फबाट पनि चुनाव केन्द्रित श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको छ । गीत–संगीतले धेरैले मन जित्न सकिने भएकाले नयाँ–नयाँ सिर्जना गरिएको माओवादीसम्वद्ध कलाकारको मत छ । लोकलयमा निर्वाचन केन्द्रित गीत सार्वजनिक गरिएको गायक चेतन गोतामेको भनाइ छ । कलाकार चेतन सापकोटाले पनि स्थानीय तहको निर्वाचन केन्द्रित गीत–संगीत सार्वजनिक गरेका छन् । गोतामेले स्थानीय निर्वाचनमा किन मतदान गर्ने भन्ने प्रश्नको उत्तर खोज्न मतदातालाई आग्रह गर्दै श्रव्य दृश्य सामग्री सार्वजनिक गर्नुभएको छ । यस्तै, अर्का कलाकार नवीन खड्का र टीका पुनले पनि निर्वाचन केन्द्रित श्रव्य दृश्य सामग्री सार्वजनिक गरेका छन् । निर्वाचनलाई केन्द्रमा राखेर गायक खड्का र सूर्यकुमारी पुनको गीत पनि सार्वजनिक गर्नुभएको छ । माओवादीसम्वद्ध कलाकर्मीका तर्फबाट एक दर्जन बढी गीत–संगीत निर्वाचनलाई नै केन्द्रमा राखेर सार्वजनिक गरिएको छ । नेकपा (एमाले) सम्वद्ध कलाकारले पनि निर्वाचन केन्द्रित गीत–संगीतको प्रयोग गरेका छन् । नवराज वली, कोमल वली, गोविन्द मधुर आचार्यलगायतले निर्वाचन सफल बनाउन सबै मतदाता लाग्नुपर्नेमा जोड दिँदै श्रव्य दृश्य सामग्री सार्वजनिक गरेका छन् । माधव पण्डितको शब्दमा दिनेश श्रेष्ठ, भगवान् कार्की, सुमित्रा भट्टराईलगायतले पनि चुनावी गीत सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसको सांस्कृतिक सङ्घमा आवद्ध कलाकारले स्थानीय निर्वाचन केन्द्रित गीत–संगीत सार्वजनिक गरेका छन् । लोकप्रिय गायक विमलराज क्षेत्री र प्रिती आलेलगायतले ‘रानी फुलैमा’ बोलको श्रव्य दृश्य सामग्रीमार्फत निर्वाचनको प्रचार–प्रसार गरेका छन् । यसैगरी किरण भुजेल, अलिफ खान, सुयोग सापकोटालगायतले पनि निर्वाचन केन्द्रित गीत सार्वजनिक गरेका छन् । राधिका हमाल र सुजन बराइलीको जोड पनि स्थानीय निर्वाचन सफल बनाउनेमा केन्द्रित छ । ‘हामी आफैँ बनाउँछौँ, राम्रो हाम्रो देश’ बोलको गीत–संगीतमार्फत नेकपा (एकीकृत समाजवादी)ले पनि स्थानीय निर्वाचन केन्द्रित श्रव्य दृश्य सामग्री प्रकाशित गरेको छ । अन्य राजनीतिक दल आवद्ध कलाकारले पनि आ–आङ्खनै शैलीमा प्रचार–प्रसार सामग्री तयार पारेका छन् । निर्वाचन आयोगले गीत–संगीत, नाटक एवं कलाका विभिन्न स्वरूप प्रयोग गरेर निर्वाचनको वातावरण बनाउन पाउने व्यवस्था गरेको भए पनि कोही कसैप्रति आक्षेप लगाउन भने नपाउने प्रबन्ध गरेको छ । स्थानीय तह निर्वाचन आरसंहिता २०७८ ले ‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न÷नगराउन नहुने’ व्यवस्था गरेको छ । त्यस्तै ‘स्थानीय तहका सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोका माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी २४ घण्टामा बढीमा दुईपटक मात्रै प्रसारण गराउन सक्ने’ व्यवस्था आचारसंहितामा गरिएको छ । कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्रामजस्ता विद्युतीय माध्यमबाट प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहने प्रावधान सञ्चारमाध्यमका हकमा समेत आकर्षित हुने गरी आचारसंहितामा समेटिएको छ । राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नअङ्कित जयाकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, मास्क, लकेट वा अन्य कुनै किमिसको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न नपाउने व्यवस्था गरेको छ । रासस
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP