Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • पिपल चौतारी गजल साँझ सम्पन्न
पिपल चौतारी गजल साँझ सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २७, २०७८
Pipal Sajh
Hardik health
काठमाडौं– साउथवेस्टन साहित्य समाज, बसुन्धरा काठमाडौँले पिपल चौतारी गजल साँझ–०७८ आयोजना गरेको छ । साउथवेस्टन कलेज परिसरसँगै रहेको पिपलको चौतारीमा आयोजित गजल गायन र वाचनमा करिब सय जनाको उपस्थिति थियो । कार्यक्रममा २६ जना गजलकारले गजल वाचन गरेका थिए । गजल अरबी साहित्यमा सिर्जना भई उर्दू, फारसी, हिन्दीहुँदै नेपाली साहित्यमा प्रवेश गरेको कविता उपविधाअन्तर्गत पर्छ । नेपाली गजल भन्ने बित्तिकै गजलकार मोतीराम भट्ट र उनको मोतीमण्डलीलाई स्मरण धेरैले गर्छन । माया र प्रेम भाव व्यक्त हुने, श्रृंङ्गारिता प्रधान, लयबद्ध, अनुप्रासयुक्त, गायन र वाचन दुवै गर्न सकिने पद्यमय रचना गजल हो । काफिया, रदिफ, सेर, मिसरा, मतला, मकता, तखल्लुस यसका प्राविधिक पक्ष हुन् । गजल निकै पुरानो, लोकप्रिय र चर्चित रहेको छ । साउथवेस्टन साहित्य समाजद्वारा आयोजित पिपल चौतारी गजल साँझका वक्ताले पनि यिनै विचार व्यक्त गरेका थिए । साउथवेस्टन कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले शुभकामना मन्तव्य राख्दै साउथवेस्टन कलेज परिसरमा रहेको करिब डेढ सय वर्ष पुरानो पिपलको चौतारीमा साँझको समयमा चकटीमा बसेर माया प्रेम, अर्थ, राजनीति, व्यवस्थापन जस्ता विषय समेटिएका हार्दिकता, कोमलता र सुन्दरताका भावमय गजल वाचन गर्दा डेढ सय वर्ष पुरानो मोतीराम भट्ट र उनको भजन मण्डलीको सम्झना आएको बताए । कार्यक्रममा सिद्धिनारायण आचार्य, सन्तोष अमागाई, वसन्त वली वसन्ती, नारायण काँइलो, अल्पज्ञानी, शशी शर्मा मजगैया, उदास कार्की, एचके लामिछाने, राजेन्द्र घिमिरे सागर, रेणुका भण्डारी, मुकुन्दराज कँडेल, विप्लव निसानी, दुर्गाकिरण तिवारी, डा। प्रदीप मैनाली, विदुर अधिकारी देवदूत, प्रमोद थापा, देवेन्द्र अर्याल आँसु, धुव्रप्रसाद तिमल्सिना, बलराम दाहाल, भैरवी भूगोल, त्रिभुवनचन्द्र वाग्ले, शुसान्त न्यौपाने, रवि प्रञ्जल, ललितजङ रावल र रामबहादुर पहारीले गजल गायन तथा वाचन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP