Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • बेखारामको कलामा चिसो एष्ट्रे
बेखारामको कलामा चिसो एष्ट्रे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २४, २०७८
Chisoestray
Hardik health
काठमाडौं– मान्छे केही न केही गरिरहने प्राणी हो । त्यसमा पनि कलाकार भएपछि रचनात्मक हुने नै भयो । यस्तै रचनात्मक सोचलाई निर्वाणा आर्ट ग्यालरीका प्रमुख कलाकार बेखराम बलामीले एउटा कला सिर्जना गर्ने सोच फुराए, र खाएर फ्याँकिएको चुरोटको ठूटाहरूले बनाए चलचित्र चिसो एष्ट्रेका लेखक भूपि शेरचनको तस्बिर । कवि शेरचनको कवितामा आधारित चलचित्र ‘चिसो एष्ट्रे’ ले खुब चर्चा बटुल्यो । होलीको रमझमको अवसरमा प्रदर्शनमा आएको चलचित्र चिसो एष्ट्रेको कथा भन्ने तरिका, कलाकारको अभिनयलाई दर्शकले मन पराए । २०७१ सालदेखि नै उक्त चलचित्र बनाउने तयारीमा निर्माण समूह जुटेको थियो । २०७८ सालमा आएर दर्शकमाझ आएको उक्त चलचित्रको प्रचारमा पनि निर्माण समूहले नौलो अभ्यास गरेको चर्चा पनि राम्रै चलेको थियो । काठमाडौं उपत्यकालाई कवि शेरचनले एक एष्ट्रेको रूपमा बखान गरेका थिए, कविताका हरफहरूमार्फत । खाएर बाँकी रहेको चुरोट राख्ने भाँडा नै ‘एष्ट्रे’ हो । चलचित्र चिसो एष्ट्रे निर्माण समूहले चर्चित कवि शेरचनको पोट्रेट चित्र नै चुरोटको ठूटाले बनाउने निधो गर्दै कलाकार बिआर बलामीको सम्पर्कमा पुगे । कलाकार बलामीले पनि इन्स्लेसन (प्रतिस्थापन) कला अन्तर्गत कवि शेरचनको चित्र तयार गरी चलचित्र निर्माण समूहको सिर्जनात्मक प्रस्तावलाई पूरा गरिदिए । उनले यस सिर्जनाको काममा कलाकारहरू राहुल राई, सन्दीप गोले, लीलाधर केसीलगायतले सघाएको बताए । कवि शेरचनको पोट्रेट चित्रका लागि चुरोटका ठूटाहरू सन्तोष श्रेष्ठ यात्रीले उपलब्ध गराएका थिए । उनले चलचित्रको प्रचारका लागि यस किसिमको प्रयोग नौलो सोच अघि बढाएका हुन् । कलाकारिताको ३० वर्षमा यो फरक प्रयोग भएको उनले बताए । त्यसैगरी सन्तोषले पनि यात्राको क्रममा भेटिएको चुरोटको ठूटोलाई संकलन गरेर पहिलो प्रयोगको रूपमा कवि शेरचनको चित्रका लागि निःशुल्क उपलब्ध गराएका थिए । उनले करिब एक हजार ६०० वटा चुरोटको ठूटाले उक्त चित्र बनेको बताए ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP