Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #टाइगर कप
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #फ्रेन्च किस
  • #‘एलाइट’ कप
  • #नौमती_बाजा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘कवितामा आकाश’ कविता संग्रह प्रकाशित
‘कवितामा आकाश’ कविता संग्रह प्रकाशित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १७, २०७८
Kabitama Aakash-1
Hardik health
काठमाडाैं‌ - साहित्यकार आर. मानन्धरले रचना गरेको ‘कवितामा आकाश’ कविता संग्रह प्रकाशित भएको छ । साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको मञ्जरी प्रकाशन गृहले आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास कविताहरु संलग्न  ‘कवितामा आकाश’ पुस्तक  बजारमा ल्याएको हो । तीन खण्ड बनाएर प्रकाशित भएको पुस्तकमा कविता, चिन्तन र दर्शन छन् । ती कविताहरुलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ । दोस्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका छत्तीस कवितात्मक रचनाहरु छन् । त्यस्तै, तेस्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका तेत्तीस रचनाहरु छन् । समग्रमा यस कृतिलाई दर्शनको भावभूमिमा कविता र कवितात्मकताको प्रयोग भन्न सकिन्छ । साहित्यकार अमर न्यौपानेले ‘कवितामा आकाश’ पुस्तकलाई आकाश–काव्य भनेका छन् । मानव जीवन धरतीमा बाँचेपनि उभित्र आकाश, घाम, जून र ताराहरु उदाउने र अस्ताउने साहित्यकार न्यौपानेको तर्क छ । कवितामा भावना र विचार मात्र नभएर चिन्तन र दर्शन पनि संलग्न भएकोले सोही प्रभावमा आर. मानन्धरले ‘कवितामा आकाश’ रचना गरेको उनको दाबी छ । मूलतः नेपालभाषाका लेखक आर. मानन्धर पाँच वर्षअघि ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको पुस्तक लिएर नेपाली साहित्य क्षेत्रमा देखा परेका हुन् । ‘क्षितिजको स्पर्श’ मानन्धरको दोस्रो नेपाली भाषाको कृति हो । नेपालभाषा र अँग्रेजीमा पनि उनका कृतिहरु प्रकाशित भइसकेका छन् । ‘कवितामा आकाश’का रचनाहरुले आफ्नै विशिष्टतासहित अलग्गै प्रस्तुति दिएको छ । यहि विशेषता नेपाली साहित्यिक क्षेत्रको लागि सधैं स्मरणीय रहने आर. मानन्धरको दाबी छ । उनी नेतृत्व विकास र माइन्डफुलेसनका प्रशिक्षक हुन् । युवावस्थादेखि नै नेपालभाषा साहित्यमा अटुट रुपमा कमल चलाइरहेका उनी नेपाली हुँदै अँग्रेजीमा समेत विस्तार भएका छन् । उनी ‘द हिमालयन टाइम्ह’ दैनिकमा झण्डै एक दसक नेतृत्व विकाससम्बन्धी स्तब्ध लिडरसीप लिगका नियमित स्तम्भकार रहेका थिए । उनको अँग्रेजी पुस्तक कन्सियस लिडरसीप ः अ जर्नि विडईन पनि प्रकाशित छ । नेपालीमा उनको दर्शन–साहित्यको पुस्तक शितिजको स्पर्श प्रकाशित छ । उनले बाल्यकालमै पाँच वर्ष बौद्ध श्रमण भई थाइल्याण्डमा धर्म–दर्शनको अध्ययन गरेका थिए । उनी मनोविमर्शकर्ता हुनुका साथै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्ने संस्था काबुले–द वाइज लिडर का संस्थापक पनि हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि सोमबार, पुस १४, २०८२
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने आइतबार, पुस १३, २०८२
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम शुक्रबार, पुस ११, २०८२
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड आइतबार, पुस ६, २०८२
लोकप्रिय
  • Week
  • Month
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
दुई दिने वसन्त शास्त्रीय संगित महोत्सव सुरु
दुई दिने वसन्त शास्त्रीय संगित महोत्सव सुरु
काठमाडौं-२ बाट डा. विश्वास बस्नेतको स्वतन्त्र उम्मेदवारी दर्ता
काठमाडौं-२ बाट डा. विश्वास बस्नेतको स्वतन्त्र उम्मेदवारी दर्ता
फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन निर्देशन
फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन निर्देशन
 कठिन अभिभारासहित गगन मधेसमा
 कठिन अभिभारासहित गगन मधेसमा
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP