Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
साहित्य
  • Home
  • साहित्य
  • लखन थापाबारेको शोधग्रन्थ विमोचित
लखन थापाबारेको शोधग्रन्थ विमोचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ६, २०७८
Lakhan Thapa
काठमाडौं– लेखक तथा खोजकर्ता जीवन आले मगरले लेखेको शोधग्रन्थ नेपालका ‘प्रथम जनविद्रोही ‘सहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन गरिएको छ । काठमाडौंको प्रज्ञा भवनमा शनिबार आयोजित एक समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । सहिद लखन गाउँपालिका गोरखाले प्रकाशन गरेको उक्त शोधग्रन्थसंस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री प्रेमवहादुर आलेले विमोचन गरेका हुन् । उक्त पुस्तक विमोचन गर्दै मन्त्री आलेले राणा शासनको विरुद्धमा जनस्तरबाट राजनीतिक संगठन गरी लखन थापा मगरको नेतृत्वमा करिब दुई हजार जनसेना तयार गरी विसं १९२७ देखि १९३३ सम्म पहिलोपटक नेपाली जनताले विद्रोह गरेको स्मरण गरे । नेपाल सरकारले लखन थापा मगरलाई पहिलो सहिद घोषणा गरी उच्च सम्मान गरेको उनको भनाइ छ । उनले लखन थापालाई सम्मान गर्न र गोरखाको सहिद लखन गाउँपालिका–७ रहेको लखन स्मारक विद्रोही किल्लाको विकासका लागि सरकारले ध्यान दिने बताए । नेपालका प्रथम जनविद्रोही सहिद लखन थापा मगर नामक पुस्तकमा लेखक जीवन आले मगरले लखन थापा मगरको वीरतापूर्ण जीवनगाथाको सजीव चित्रण गरेकाले महत्वपूर्ण ऐतिहासिक दस्तावेज बन्ने विश्वास गरे । पुस्तक विमोचन कार्यक्रममा आदिवासी, जनजाति आयोगका अध्यक्ष माननीय रामबहादुर थापा मगरले राणा सरकारको आदेशमा १९३३ सालमा गोरखाको हालको सहिद लखन गाउँपालिका लखन थापा मगर, जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, अछामी मगर, अजपसिंह थापा मगर, विराज थापा मगर र जुठ्या थापा मगरलाई झुण्ड्याइएको स्मरण गरेका थिए । उनले सहादत प्राप्त गर्नु मानव जीवनको सबैभन्दा ठूलो देन भएको विचार राखे ।राष्ट्रियसभाका सदस्य सुरेश आले मगरले इतिहासमा मगरहरू शासक रहेको बताउँदै राष्ट्र निर्माणमा लखन थापालगायत हजारौँ मगर योद्धाहरूले बलिदानी प्रदान गरेको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले प्रथम सहिद लखन थापा मगरजस्तो ऐतिहासिक व्यक्तित्वको जीवनी लेखेर लेखकले राम्रो कार्य गरेको बताए । सहिद लखन गाउँपालिका, गोरखाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले मन्त्री आलेमार्फत नेपाल सरकारसमक्ष आठ बुँदे ज्ञापनपत्र पेस गरेका थिए । ज्ञापनपत्रमा लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गरी उनले सहादत प्राप्त गरेको दिन सार्वजनिक बिदा व्यवस्था गरी सरकारीस्तरबाट राष्ट्रियरूपमा मनाउनुपर्ने, उनीसँगै बलिदानी दिने अन्य छ जनालाई सहिद घोषणा गर्नुपर्ने, उक्त जनविद्रोहमा तत्काल मृत्युवरण नगरे पनि क्रान्तिकारी युद्धमोर्चामा सक्रिय हुनेहरूलाई प्रथम जनविद्रोहका योद्धाको रूपमा राज्यबाट सम्मान प्रदान गर्नुपर्ने माग गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले लखन थापा मगरको नामबाट गाउँपालिकाको नामाकरण हुनु गौरवपूर्ण भएको उल्लेख गर्दै आम जनमानसमा लखन थापाको योगदानबारे सञ्चार गर्न विमोचित पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुने विश्वास व्यक्त गरेका थिए । उक्त गाउँपालिकाककी उपाध्यक्ष इन्दिरा तिवारीले लखन थापा मगरको सम्मानमा सहादत प्राप्त गरेको स्मृति दिवसका अवसरमा०७५ सालबाट गाउँपालिकाले हरेक वर्ष स्थानीय बिदा दिने गरेको जानकारी दिइन् । लेखक तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले प्रथम सहिद लखन थापा मगरको बारेमा प्राप्त ऐतिहासिक दस्तावेज, लखन स्मारक किल्लाको भग्नावशेषको अवलोकन तथा ऐतिहासिक तथ्य एवं घटनाक्रमहरूको वस्तुगत तथ्य र प्रमाणका आधारमा उक्त शोधग्रन्थ तयार गरिएको बताएका थिए ।  
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप साहित्य
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने मंगलबार, जेठ २७, २०८२
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण आइतबार, जेठ २५, २०८२
योगीको गजलसङ्ग्रह ‘अनुराग’ सार्वजनिक
योगीको गजलसङ्ग्रह ‘अनुराग’ सार्वजनिक शुक्रबार, जेठ १६, २०८२
हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार
हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार बुधबार, जेठ ७, २०८२
“नायः खिं बाजा बोल” नामक  पुस्तक  सार्वजनिक
“नायः खिं बाजा बोल” नामक  पुस्तक  सार्वजनिक मंगलबार, जेठ ६, २०८२
मधुपर्कको ‘बन्दीपुर विशेषांक’ लोकार्पण
मधुपर्कको ‘बन्दीपुर विशेषांक’ लोकार्पण सोमबार, जेठ ५, २०८२
साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श
साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श सोमबार, वैशाख ८, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP