Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण
स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २, २०७८
tulsi sir news photo 6.6
Hardik health
काठमाडौं - स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण गरेका छन् । स्रष्टा तुल्सीहरि प्रजापतिले आफ्नो कृतिमार्फत सकारात्मक सन्देशका साथ  स्वनिगःया पलेस्वां, मेरो प्यारो मध्यपुर थिमि र अनबिटेबल नामक तीनवटा कृति शंखधर चोकस्थित थिमि बैंक्वेटमा लोकार्पण गरेका हुन् । नेपालभाषा, नेपाली र अंग्रेजी गरी तीनवटै भाषामा श्रृजना गरिएका कृतिलाई लोकार्पण पश्चात् बजारमा ल्याइएको छ । हरिसुन्दर लाखे र रोशन भासिमाले बनाएको सांगीतिक माहौलालाई प्रजापति परिवारले रौनक मात्र थपेनन् बरु सहभागी सबैलाई मन्त्रमुग्ध बनाएको थिए । कृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले स्रष्टाको सिर्जनाले मध्यपुरको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रजापतिको कृतिमा संलग्न रहेको गीतलाई राष्ट्रिय गान जस्तै स्थानिय सरकारको लागि नगर गान बनाउन सकिनेतर्फ उनले संकेत गरेका छन् । ‘झर्दा रमाइलो, चढ्दा रमाइलो, थिमिको उकालो । एकातिर वनदेवी छ, ज्ञानको मन्दिर पनि । अर्कोतिर शंखधर पार्कको भीर पनि । सुन्दा रमाइलो, हेर्दा रमाइलो, थिमिको उकालो ।’ स्रष्टा प्रजापतिले गाएको गीतमा उनकै छोराहरु जलज र तुलजले साथ दिएका थिए । कार्यक्रममा मध्यपुर थिमिसँग सम्बन्धित भनाइहरुको विषयमा समेत चर्चा गरिएको थियो । ‘कामकुरो एकातिर कुम्लो बोकी थिमितिर । मरेको बिरालो काखी च्यापी थिमिको उकालो चढ्नु । थिमिलेको नाकैमा दम ।’ यी प्रयुक्त भनाइहरु नयाँ होइन । स्थानिय भनाइलाई लेखक तारानाथ शर्मादेखि महाकवि लक्ष्मीप्रसाद देवकोटाले बहुदलीय प्रजातन्त्र पश्चात् राष्ट्रियस्तरमा प्रचार गरे । साहित्य आफैमा यस्तो सशक्त माध्यम हो जसले एउटै विषयलाई सकारात्मक वा नकारात्मक रुपमा सन्देश प्रवाह गर्ने ल्याकत राखेको  हुन्छ । सोही नकारात्मक पक्षलाई स्रष्टा तुल्सीहरि प्रजापतिले आफ्नो कृति ‘मेरो प्यारो मध्यपुर थिमि’ मार्फत सकारात्मक सन्देश दिन खोजको देखिन्छ । कतिपय लोप भइसकेका र संकटमा रहेका मूर्तअमूर्त सम्पदालाई संरक्षण गरेको दृष्टान्त प्रजापतिले कृति सार्वजनिक उजागर गरेका छन् । निश्चल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भजन गुरु तुल्सीबहादुर प्रजापति, उपमेयर अञ्जनादेवी मधिकर्मी, दिनेश चापागाई, लक्ष्मी श्रेष्ठ, समालोचक कृष्णमोहन जोशी लगायतको सहभागिता थियो ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP