Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
साहित्य
  • Home
  • साहित्य
  • दोसाँधमा कवि दुर्गाबहादुर शाह “बाबा”
दोसाँधमा कवि दुर्गाबहादुर शाह “बाबा”
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २६, २०७८
हिमालमा हिउँ नटुटे झैँ जिन्दगीका अनेकौँ मोडहरूमा एकपछि अर्को दोसाँध आइरहँदा रहेछन्
कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने एकपछि अर्को दोसाँधले मानिस स्वयंलाई अलमल्याइरहेको चित्रण गरिएको छ । हालै बजारमा आएको विभिन्न ५१ वटा कविताको यस सङ्ग्रहमा कविले जीवन र जगत्का विविध पक्षलाई उतारेका छन् । महामारीका रूपमा फैलिएको कोरोना भाइरस र यसले समाजमा पारेको प्रभाव, माया प्रेमदेखि मातृत्व र मातृभूमि आदिलाई कविताहरूमा समेटिएको छ । वर्तमानमा समाजमा कोरोनाले पारेको प्रभावबारे चर्चा गर्दै कवि शाहले ‘कोरोना’ शीर्षकको कवितामा भनेका छन्,

विश्व मानचित्रमा सन्त्रास फैलाउन सफल अदृश्य कोरोनाले मानव जीवनमा अविस्मरणीय घटना निम्त्याइरहेछ

यही कवितामा कोरोनाले विश्वलाई नै क्वारेन्टिन र आइसोलेशनमा ठप्प पारेको चर्चा गर्दै उनले लेखेका छन्,

विना सर्त, विना अनुमति

अदृश्य शक्तिका रूपमा

मानव क्षमता र घमण्डलाई

Ncell
Hardik health

चुनौती दिँदै

विश्वलाई आइसोलेशन

र क्वारेन्टिनमा ठप्प पार्न अग्रसर छ कोरोना

हिमाल, पहाड र तराईले भरिपूर्ण हाम्रो मातृभूमि गर्व गर्न लायक भएको उल्लेख गर्दै ‘मातृभूमि’ कवितामा उनले भनेका छन्

जन्मँदै सगरमाथाको चुचुरोबाट विश्वलाई नियाँल्न पाउनु हिउँ जलमा डुबुल्की मार्दै नेपाल आमाको काखमा प्राकृतिक छटासँग लुटुपुटु हुँदै रमाउन पाउनु हाम्रो अहोभाग्य

बढ्दो भ्रष्टाचारका विरुद्धमा आवाज उठ्न नसकेको भन्दै कविले बतासे विकास शीर्षकको कवितामा भनेका छन्–

योजनाको भ¥याङ चढेर विकासका नाममा भरिरहेछन् आङ्खना ढुकुटी चखाइरहेका छन् आसेपासेलाई लित्कोपित्को

त्यसैलेघूसखोरी र भ्रष्टाचारी

विरुद्धका अवाजहरू

उठ्न सकिरहेका छैनन्

५१ वटै गद्य कविता रहेको दोसाँधमा कविले विभिन्न विम्ब प्रतिविम्बको प्रयोग गरी जीवन र जगत्का हरेक पक्षलाई समेटेको पाइन्छ । ‘सिरानी’ शीर्षकको कवितामा कविले भने,

यसलाई मात्र थाह छ भूत, वर्तमान भविष्यको योजना यो दिमाग बिसाउने रातको चौतारी रहेछ सिरानी

विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील कवि शाह अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल, गण्डकी प्रदेश समिति, कस्केली अधिकृत समाज आदि संस्थामा अध्यक्षको जिम्मेवारीका साथै विभिन्न संस्थाको संस्थापक÷सल्लाहकार, एवम् पदाधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–७ देउरालीडाँडामा जन्मी हाल पोखरा–६ बैदाम बस्नुहुने उनका समयले कोरेका रेखाहरू (लेख सङ्ग्रह—२०६३), गौरव (आधुनिक गीति एल्बम–२०६४), दुई हरफ (कविता सङग्रह–२०६६), नेपाःश्री (आधुनिक गीति एल्बम–२०७१) आदि प्रकाशित छन् ।

शाहको नेपाः श्री गीति एल्बममा श्रीलङ्काका प्रसिद्ध गायक, सङ्गीतकार डा. प्रवात निलन्त पेरिसको स्वर र सङ्गीतमा श्रीलङ्कामा नै रेकर्ड गरिएको थियो ।नेपाल राष्ट्र बैंकको उपनिर्देशकबाट सेवा निवृत्त भई हाल समाजिक सेवाका क्षेत्रमा क्रियाशील शाहले गद्दी आरोहण रजत पदक–२०५३, नेपाल स्काउट दीर्घ सेवा सम्मान–२०५८, नेपाल राष्ट्र बैंक सेवा पदक–२०६३, अन्नपूर्ण म्युजिक अवार्ड–२०६५, रिनाउन पिस पाएट–लिरिसिष्ट अफ नेपाल श्रीलङ्काबाट सम्मान–२०७२, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) छैटौँ साहित्य सम्मेलन सम्मान–२०७५ जस्ता दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

‘बाबा’ साहित्य साधक सम्मान कोषका संस्थापकसमेत रहेका शाहले २०६५ मा गुरुकुल काठमाडौँमा एकल कविता वाचन गरेका थिए भने २०६८ मा पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा टिकटकमा एकल कविता वाचन गरेका थिए । भारत, जर्मन, जापान, बेल्जियम लगायतका विभिन्न १२ देशको भ्रमणको अनुभव सँगालेका शाह साहित्य सिर्जनाका क्षेत्रमा विगत चार दशकभन्दा बढी क्रियाशील छन् । रासस


प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP