Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • दोसाँधमा कवि दुर्गाबहादुर शाह “बाबा”
दोसाँधमा कवि दुर्गाबहादुर शाह “बाबा”
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २६, २०७८
Dosadh
Hardik health
हिमालमा हिउँ नटुटे झैँ जिन्दगीका अनेकौँ मोडहरूमा एकपछि अर्को दोसाँध आइरहँदा रहेछन् कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने एकपछि अर्को दोसाँधले मानिस स्वयंलाई अलमल्याइरहेको चित्रण गरिएको छ । हालै बजारमा आएको विभिन्न ५१ वटा कविताको यस सङ्ग्रहमा कविले जीवन र जगत्का विविध पक्षलाई उतारेका छन् । महामारीका रूपमा फैलिएको कोरोना भाइरस र यसले समाजमा पारेको प्रभाव, माया प्रेमदेखि मातृत्व र मातृभूमि आदिलाई कविताहरूमा समेटिएको छ । वर्तमानमा समाजमा कोरोनाले पारेको प्रभावबारे चर्चा गर्दै कवि शाहले ‘कोरोना’ शीर्षकको कवितामा भनेका छन्, विश्व मानचित्रमा सन्त्रास फैलाउन सफल अदृश्य कोरोनाले मानव जीवनमा अविस्मरणीय घटना निम्त्याइरहेछ यही कवितामा कोरोनाले विश्वलाई नै क्वारेन्टिन र आइसोलेशनमा ठप्प पारेको चर्चा गर्दै उनले लेखेका छन्, विना सर्त, विना अनुमति अदृश्य शक्तिका रूपमा मानव क्षमता र घमण्डलाई चुनौती दिँदै विश्वलाई आइसोलेशन र क्वारेन्टिनमा ठप्प पार्न अग्रसर छ कोरोना हिमाल, पहाड र तराईले भरिपूर्ण हाम्रो मातृभूमि गर्व गर्न लायक भएको उल्लेख गर्दै ‘मातृभूमि’ कवितामा उनले भनेका छन् जन्मँदै सगरमाथाको चुचुरोबाट विश्वलाई नियाँल्न पाउनु हिउँ जलमा डुबुल्की मार्दै नेपाल आमाको काखमा प्राकृतिक छटासँग लुटुपुटु हुँदै रमाउन पाउनु हाम्रो अहोभाग्य बढ्दो भ्रष्टाचारका विरुद्धमा आवाज उठ्न नसकेको भन्दै कविले बतासे विकास शीर्षकको कवितामा भनेका छन्– योजनाको भ¥याङ चढेर विकासका नाममा भरिरहेछन् आङ्खना ढुकुटी चखाइरहेका छन् आसेपासेलाई लित्कोपित्को त्यसैले घूसखोरी र भ्रष्टाचारी विरुद्धका अवाजहरू उठ्न सकिरहेका छैनन् ५१ वटै गद्य कविता रहेको दोसाँधमा कविले विभिन्न विम्ब प्रतिविम्बको प्रयोग गरी जीवन र जगत्का हरेक पक्षलाई समेटेको पाइन्छ । ‘सिरानी’ शीर्षकको कवितामा कविले भने, यसलाई मात्र थाह छ भूत, वर्तमान भविष्यको योजना यो दिमाग बिसाउने रातको चौतारी रहेछ सिरानी विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील कवि शाह अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल, गण्डकी प्रदेश समिति, कस्केली अधिकृत समाज आदि संस्थामा अध्यक्षको जिम्मेवारीका साथै विभिन्न संस्थाको संस्थापक÷सल्लाहकार, एवम् पदाधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ देउरालीडाँडामा जन्मी हाल पोखरा–६ बैदाम बस्नुहुने उनका समयले कोरेका रेखाहरू (लेख सङ्ग्रह—२०६३), गौरव (आधुनिक गीति एल्बम–२०६४), दुई हरफ (कविता सङग्रह–२०६६), नेपाःश्री (आधुनिक गीति एल्बम–२०७१) आदि प्रकाशित छन् । शाहको नेपाः श्री गीति एल्बममा श्रीलङ्काका प्रसिद्ध गायक, सङ्गीतकार डा. प्रवात निलन्त पेरिसको स्वर र सङ्गीतमा श्रीलङ्कामा नै रेकर्ड गरिएको थियो । नेपाल राष्ट्र बैंकको उपनिर्देशकबाट सेवा निवृत्त भई हाल समाजिक सेवाका क्षेत्रमा क्रियाशील शाहले गद्दी आरोहण रजत पदक–२०५३, नेपाल स्काउट दीर्घ सेवा सम्मान–२०५८, नेपाल राष्ट्र बैंक सेवा पदक–२०६३, अन्नपूर्ण म्युजिक अवार्ड–२०६५, रिनाउन पिस पाएट–लिरिसिष्ट अफ नेपाल श्रीलङ्काबाट सम्मान–२०७२, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) छैटौँ साहित्य सम्मेलन सम्मान–२०७५ जस्ता दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् । ‘बाबा’ साहित्य साधक सम्मान कोषका संस्थापकसमेत रहेका शाहले २०६५ मा गुरुकुल काठमाडौँमा एकल कविता वाचन गरेका थिए भने २०६८ मा पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा टिकटकमा एकल कविता वाचन गरेका थिए । भारत, जर्मन, जापान, बेल्जियम लगायतका विभिन्न १२ देशको भ्रमणको अनुभव सँगालेका शाह साहित्य सिर्जनाका क्षेत्रमा विगत चार दशकभन्दा बढी क्रियाशील छन् । रासस
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP