Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • 'पैतालामा हिउँ,आँखामा हिमाल' नियात्रा कृतिकाे चर्चा
'पैतालामा हिउँ,आँखामा हिमाल' नियात्रा कृतिकाे चर्चा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २५, २०७८
Niyatra
Hardik health
काठमाडाै - अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर राजेन्द्रमान डङ्गोलकाे  नियात्रा कृति 'पैतालामा हिउँ,आँखामा हिमाल'को परिचर्चा कार्यक्रम भएकाे छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजधानीको सोह्रखुट्टेकाे होटल हिमालयन स्वीटमा  राजेन्द्रमान डङ्गोलकाे  नियात्रा कृति 'पैतालामा हिउँ,आँखामा हिमाल'को परिचर्चा कार्यक्रम सम्पन्न भएकाे हाे । उक्त  कृतिको चिरफार गर्दै प्रगतिवादी साहित्यकार तथा राजनीतिकर्मी केशव पुडासैनी 'बिमल'ले कलात्मक रुपमा कृति उत्कृष्ट भएको जिकिर गरेका छन् ।  कुण्ठा र स्वैर कल्पनाले नियात्रालाई वास्तविक अर्थमा नियात्रा नबनाउने दाबी गर्दै उद्वेलन भन्दा समाधान जरुरी भएको अभिमत व्यक्त गरेका छन्  । कृतिले समसामयिक समाजको अनुहार देखाउँदै परिवर्तनको सार्थकता प्रस्ट्याउनुपर्ने उनले अर्थ्याएका छन् ।त्यसरी नै अर्का प्रगतिशील साहित्यकार तथा समालोचक तेजविलाश अधिकारीले यात्रा सोद्देश्य हुने र नियात्रा लेखनले स्थान विशेषको संस्कृति र अर्थतन्त्र उत्थानमा भूमिका खेल्नुपर्ने अभिमत जाहेर गरेका छन्  । कृति वाङ्मय र पर्यापर्यटनको दिग्दर्शन भएको उनको भनाइ थियो। निबन्धकार एवं चर्चित समालोचक कुमारी लामाले कृतिकार डङ्गोलमा प्रश्न गर्ने सामर्थ्य भएको जिकिर गरिन्। प्रश्न नै प्रतिरोध हुने र क्रान्तिको कलिलो बीज हुने पनि दाबी गरिन् । कृतिमा प्रयुक्त केही शब्दप्रति खरो विमति राख्दै कृतिकारलाई आगामी दिनमा सच्याउन आग्रह गरेकी छन् । वरिष्ठ नियात्राकार दामोदर पुडासैनी 'किशोर'ले समालोचकले पथप्रदर्शन गर्न त सक्ला किन्तु के, कति र कसरी लेख्ने भन्ने निर्णय लेखकको हुने दाबी गरे। यात्रा लेख्नु भनेको जीवन लेख्नु हो भन्ने अभिमत राख्दै साहित्यकारले डोर्याउने डोरेटो अग्रगमन हुने र हुनुपर्नेमा उनको जोड थियो । भाववाद र भौतिकवादमध्ये भौतिकवाद रोज्नु राम्रो हुने उनको राय थियो । त्यसरी नै अखिल नेपाल लेखक सङ्घका अध्यक्ष, सह-प्राध्यापक तथा बहुआयामिक प्रगतिशील साहित्यकार डा.धनप्रसाद सुवेदीले अधिकांश नियात्रा भ्रमण प्रतिवेदनभन्दा माथि उठ्न नसकेको यथार्थता औँल्याउँदै यो कृति त्यसभन्दा माथि उठेको जिकिर गरे । साहित्य जीवन्त हुने विचार व्यक्त गर्दै कृतिले सूचना प्रदायन मात्र नगरी प्रशोधन र व्यवस्थापनसमेत गरेको उनले बताए। प्रासङ्गिक कतिपय कुरालाई संश्लेषण गरी प्रस्तुत गर्दा कृति अझ खँदिलो हुने उनको राय थियो । कृतिकार राजेन्द्रमान डङ्गोलले रचना-गर्भबारे सङ्क्षिप्त मन्तव्य राख्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकाे प्रभाव संवाददाताले बताएकाे छ  । कार्यक्रममा समीक्षक माधव घिमिरे 'अटल' र रामप्रसाद सापकोटाले पनि कृति र कृतिकारको व्यक्तित्वबारे आआफ्ना भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण कवि तथा समालोचक लक्ष्मी रूम्बाले गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP